डालसमा भबिस्यका कर्णधारहरुको पहिलो सफल यात्रा : पुनर्कुशलताको लागि पदयात्रा

जनवरी २९, डालस, टेक्सास।
डालस एभरेस्ट लियो क्लबले स्थापना भए पछि पहिलो पल्ट एक पदयात्रा कार्यक्रम आज सम्पन्न गरेको छ । नेपालमा करिब दुइ बर्ष अघि गएको महाभूकम्पमा भएको जन र धनको क्षतिलाइ आफ्नो तर्फबाट केहि सहयोग गर्न यो कार्यक्रम आयोजना गरिएको थियो । डालस एभरेस्ट लायन्स क्लबको भगिनी संगठन डालस एभरेस्ट लियो क्लबमा धेरै नेपाली भाषी र केहि बिदेशी समेत संलग्न छन् । कलिलो उमेरका यी बालबालिकाहरुले नेपालका लागि अमेरिकाका पुर्ब राजदुत स्कट डेलिसीले स्थापना गरेको सोरवे फाउन्डेसनको कल्याणकारी कामको लागि फन्ड रेजिंग गर्न यो उत्कृस्ट कार्यको शुरुवात गरेका हुन् ।

युलेस स्थित बियर क्रिक पार्कमा सम्पन्न उक्त पदयात्रामा सयौंको संख्यामा मानिसहरु सहभागी भए । डालस वरिपरि हुने हरेक नेपाली जमघटहरुमा पाका उमेरका मान्छेहरु मात्र सहभागी हुन्थे तर यसमा किशोर किशोरीहरु उपस्थित भए । उनीहरुले नै कार्यक्रमको समन्वय र संचालन गरे । पहिलो पटक भए पनि उनीहरुले धेरै राम्रो गरे । अनाबस्यक गफको भारी श्रोताहरुले बोक्नु परेन । औपचारिक कार्यक्रम अलि लामो भए पनि कुरा उत्साहबर्दक थिए । प्रमुख अतिथि सोरवे फाउन्डेसनका अध्यक्ष स्कट डेलिसीले आफ्नो अभियान बारे बिबेचना गरे, लियोहरुलाई प्रेरणा दिए । आफ्नो फाउन्डेसनले नेपालमा गरिसकेको, गर्न लागेको एबम गर्न चाहेको परियोजनाहरुको बेलिबिस्तार लगाए । “हामी नेपाल बनाउन सक्दैनौ, बनाउने नेपालीले नै हो तर हामी नेपालीहरुलाई सहयोग गर्न सक्छौं” उनले भने । सोरवे फाउन्डेसन नेपाल र नेपालीकै लागि बनेकोले सबैले सहयोग गर्न अपिल गरे ।

पदयात्रा शुरु हुनु अघि र पछि भिन्ना भिन्नै औपचारिक कार्यक्रमहरु भए । कार्यक्रमको प्रमुख आकर्षण नेपाली परम्परागत पन्चे बाजा रह्यो । युलेस निवासी समाजसेवी एबम कलाकार हरि थापाको पहल र प्रयासमा स्थापित पन्चे बाजा समूहको प्रस्तुतिले नै कार्यक्रमलाई भब्य, सभ्य, रमाइलो र औपचारिक बनायो । पन्चे बाजा हेर्न र सुन्न सबैमा उत्साह थियो । त्यस्तै पन्चे बाजामा नाच्ने काम पनि भयो । त्यस्तै इन्द्रेणी सांस्कृतिक साँझको कलाकार टोलिको नृत्य सदा झैं आकर्षक, शानदार र दमदार रह्यो । यी कलाकारहरुको प्रस्तुति बिना तालिम पनि दिनदिनै झन्झन् माँझिंदै गएको देखेर नेपाली समाज मक्ख छ ।

2

पदयात्रामा करिब ३ सय जना सहभागी भए । पन्चे बाजामा नाच्दै र “यो मन त मेरो नेपाली हो” भन्ने गीत गाउँदै नेपाली किशोर किशोरीहरु करिब एक माइलको पदयात्रा सम्पन्न गरे । कार्यक्रममा सबैलाई धन्यवाद दिंदै लियोका अध्यक्ष अर्पण काफ्लेले आफ्नो नेपाल प्रति बिशेष दायित्व रहेको कुरा व्यक्त गर्दै जहाँ काम गरे पनि लियोले मानबताको सेवा गर्ने विचार व्यक्त गरे । थोरै तिक्ष्ण बुद्धिका बिद्यार्थीहरुले एमआइटीमा पढ्ने अवसर प्राप्त गर्छन जसमा अर्पण पनि एक हुन् । दुनियाँमा तिक्ष्ण बुद्धि भएका धेरै मानिस आफ्नै चुलो चौकोमा सिमित भएर समाजलाइ केहि देन दिन नसकेको हामीले देखि राखेको परिबेशमा अर्पण र लियोका यी कलिला बिध्यार्थीहरुको उर्जा नै आउँदो बिस्वको भबिस्य हो भन्नेमा कुनै शंका छैन ।

यो सम्पूर्ण काम गर्न र यति ब्यबस्थित रुपमा राजदुत जस्तो व्यक्तित्व प्रमुख अतिथि रहेको कार्यक्रम गर्न पक्कै एक्लै सकिन्न । यसमा अर्पणको टोलीमा लियोका सबै सदस्यहरु रातदिन नभनी लागे । कार्यक्रमकी संचालिका कृतिका पन्तले मिठो बोलेर कार्यक्रम संचालन गरिन । उनको फिलिली अंग्रेजी देखेर सुन्नेहरु तीनछक परे । शुरुमा धेरैलो सोंचे, होइन यो बोल्ने पक्कै कुनै कुइरेनि हुनु पर्छ, तर पछि थाहा भयो उनि त उही गहुँ गोरो छाला भएकी कृतिका पन्त रैछिन। त्यस्तै उनलाई साथ दिने जयस पटेलले पनि राम्रो संग कार्यक्रम संचालन गरे । कार्यक्रममा बि एन पन्तले जोशिलो मन्तब्य दिए । बिज्ञान देवकोटा, योसी फेताही, स्वेता गौतम, राउल, आयुषा भण्डारी, साक्षि श्रेष्ठ, अभिशेख बज्राचार्य, रोजन सत्याल, बिभुति पन्त, प्रतिक्षा अधिकारी, बेन्जामिन रोद्रिगेज, क्रिस्टोफर, समिक्षा थापा, जैर, स्वीकृति भट्टराई र दर्शन पटेलले यो कार्यक्रमको आयोजना गर्ने भनेर निर्णय भएको दिनदेखि नै उत्तिकै सक्रियतापुर्बक काम गरे।

सम्पूर्ण कार्यक्रमभरि लियोको नेतृत्वमा भए पनि उनीहरुलाई डालस एभरेस्ट लायन्स क्लबले सहयोग गरिरह्यो । पहेंलो जाकेट लगाएका जुझारु सेवक लायनहरु भनेको बेला भनेको ठाउँमा पुग्न सक्ने गरि तम्तयार थिए । त्यसमध्य पनि लायन्सका अहिलेका अध्यक्ष राधाकृष्ण काफ्ले, सुरेश बस्याल, थलराज पन्त अग्र पंक्तिमा देखिए । यो कार्यक्रमलाइ सफल पार्न डालस एभरेस्ट लायन्स क्लबका पुर्ब अध्यक्ष शिव काफ्ले महिनौं देखि लागे। हरेक व्यक्तिलाइ व्यक्तिगत रुपमै निमन्त्रणा गर्दै यो कार्यक्रमलाई यो हदसम्म सफल पार्न उहाँको प्रमुख योगदान छ भन्दा कसैलाई आपत्ति नहोला। पैसा उठाउने योजनासाथ आयोजना भएको यो कार्यक्रममा खर्च कटाएर कति पैसा सोरवेमा जान्छ त्यो पछि नै थाहा होला तर हाम्रो भविस्यका कर्णधार लियोहरुले आयोजना गरेको यो पहिलो कार्यक्रम हरेक कोणबाट सफल रह्यो । ठिटाठिटीलाइ हामी सबैको बधाई छ ।

भुकम्प गएको लामो समय पछि त्यसको नाममा पैसा संकलन गरिएको भन्ने गुनासो

नेपालमा महाभूकम्प गएको दुइ बर्ष हुन लाग्यो। भुकम्प पश्चात धेरै ठाउंबाट, धेरै देशबाट अनि धेरै व्यक्तिहरुबाट भुकम्प पिडितहरुको सहयोग र पुनर्स्थापनाको लागि आर्थिक सहयोग गरे। नगद हुनेले नगद दिए, पैसा हुनेले पैसा दिए। सक्नेले आफै गएर सहयोग गरे, जान नसक्नेले भगवानसंग भलो होस् भनि प्रार्थना गरे। त्यतिबेलाको पैसा र सहयोगको बाढी हेर्दा लाग्थ्यो, भुकम्प पीडितका पुराना घर भत्केका थिए तर नयाँ बन्ने भए।

तर सतिले सरापेको देश त्यसो भएन। पिडित खुल्ला आकास मुनि बस्न बाध्य भए भने पैसा बैंकमा कुहिएर बस्यो। पुनर्निर्माण प्राधिकरण जस्तो सबभन्दा पहिले गर्नु पर्ने काम पनि गर्न बर्ष दिन लगाइयो। अहिले पनि भुकम्प पिडितको नाममा राजनीति गरिंदैछ। दुइटा जाडो खुल्ला आकासमुनि भुकम्प पिडितले काटीसके। पैसा बैंकमा टन्न छ तर त्यसको सदुपयोग हुन सकेको छैन। अब सरकार संग पैसा छ, त्यसले गरिहाल्छ भनेर चुप लाग्नु मनासिब देखिन्न। जति सकिन्छ, जहाँ बाट सकिन्छ, त्यो काम जारी राख्नु नै हाम्रो दायित्व हो। दुइ बर्ष अघि नै थलिएर बसे पनि निको भएको छैन भने दुइ बर्ष भै सक्यो अब कति र किन उपचार गर्ने भन्न उपयुक्त हुँदैन। आमाको रोग निको नहुन्जेल आमालाई औषधि खुवाइरहनु पर्छ, हेरचाह गरिरहनु पर्छ। दाइले गरिहाल्छन भनेर पन्छिने हो भने आमाको दुधको भारा तिर्न सकिन्न।

उक्त अबसरमा लिइएका केहि तस्बिरहरु :

a1 a2 a3 a4 a5 a6 a7 a8 a9 a10 a11 a12 a13 a14 a15 a16 a17 a18 a19

सम्बन्धित समाचार

टिका पौडेलको सहयोगमा एनएसटीले कार्यक्रम आयोजना गर्ने

डालस, टेक्सास। युलेस सिटिको सिटि काउन्सिल पदका उम्मेदवार टिका पौडेलको चुनावी अभियानलाइ सघाउन नेपाली समाज टेक्सासले मार्च २१ आइतबार एक…

एनआरएनमा सहि मान्छे पहिल्याउने समय यहि हो, ढिला गरे पछुताउनु पर्छ

एनआरएन अमेरिकाको २०२१-२३ निर्बाचन संघारमा छ। सदस्य बनाउने अभियान सकिएको छ। यतिबेला सामाजिक संजालमा उम्मेद्वारीको लर्को लागेको छ। कोहि केहि…

बृहद डालस एसियन समुदायमा नेपालको पहिचान प्रस्तुत

बृहद डालस एसियन अमेरिकन च्याम्बर्स अफ कमर्सले आफ्नो बार्षिक एसियन फेस्टिवल सम्पन्न सम्पन्न गरेको छ । एसियन फेस्टिवलमा एसियामा अवस्थित…

एचडीएनपीको “चन्दा संकलन रात्रिभोज” डिसेम्बर १ मा हुने

डालस, टेक्सास। बिगत लामो समय देखि अमेरिकाको डालसमा सक्रिय “अति आबस्यकहरुको लागि सहयोग” अर्थात् एचडीएनपीले आगामी डिसेम्बर १ तारिकमा एक…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907