ट्रंपले ४५ औं अमेरिकी रास्ट्रपतिको रुपमा सपथ ग्रहण आज गर्दै
जनवरी २०, २०१७, संयुक्त राज्य अमेरिका। अमेरिकाको ४५ औं रास्ट्रपतिको रुपमा डोनाल्ड ट्रंपले आज सपथ ग्रहण गर्दैछन। सपथ ग्रहण गर्न हिजै उनि वाशिंगटन डिसी आइपुगेका छन् । उनको सपथको लागि सबै तयारी पुरा भएको छ।
चुनावी अभियानको दौरान उनले बाचा गरेका केहि कुराहरु उनले पहिलो दिनमै आफ्नो अधिकार प्रयोग गरि हस्ताक्षर गरेर पुरा गर्ने जनाइएको छ। त्यो संगै उनको बिरुद्ध डिसीमा प्रदर्शन समेत गरिने भएको छ।
जे होस्, ट्रंपको सेतो घरको यात्रा शुरु भएको छ। ३ मिलियन कम भोट ल्याएर पनि चुनाव जितेका ट्रंपलाइ उनले भनेका तर अमेरिकी जनताको अहितमा धनाढ्यहरुको लागि गर्ने काम गर्न भने गाह्रो छ। हिजो भएको जुलुशको क्रममा डकुमेन्ट्री निर्माता माइकल मूरले आफुहरु अल्पमत नभएर ट्रंप भन्दा ३ मिलियन बढी भोट ल्याएकोले बहुमत भएको र चुप नलाग्ने बताएका थिए। ओबामालाइ राम्रो वा नराम्रो जे गरे पनि काम गर्न नदिने कसम खाएका रिपब्लिकनहरुले जस्तै डेमोक्र्याटहरुले गर्छन कि गर्दैनन् हेर्न बानीक छ तर ट्रंपको काम गर्ने तौर तरिका हेर्दा अमेरिका र बिस्वमा नयाँ तरिकाले उथलपुथल हुने आंकलन गर्न सकिन्छ ।
अमेरिकी नीतिमा ओबामाकेयरको बर्खास्ती प्रमुख रहेको छ । त्यो उनले पहिलो दिनमै गर्ने मानिएको छ। त्यसबाट २० मिलियन अमेरिकनहरु लाभान्वित भएका थिए। अर्को र राम्रो बिकल्प दिने कुरा उनले बताएका छन् तर त्यसको कुनै डिटेल अहिले सम्म कहीं पनि प्रस्तुत गरिएको छैन। त्यसैले २० मिलियन अमेरिकी जो ओबामाकेयरबाट लाभान्वित भएका थिए, जोखिममा देखिन्छन। यदि त्यस्तो भयो भने अमेरिकामा ठुलै प्रदर्शन हुने सम्भावना छ।
विदेश नीतिमा उनको मनपरी भनाइले बिस्वमा राम्रो संदेश गएको छैन। रसियाको प्रशंशा र जर्मनीको आलोचना गरेर उनले अमेरिकाले अहिले सम्म अपनाई आएको विदेश नीति परिबर्तन हुने संकेत गरेका छन्। मेक्सिकोको सीमामा पर्खाल लगाउने, बिदेशमा उत्पादित सामानमा अतिरिक्त कर लगाउने घोषणा गरेका छन् जसले अमेरिका र बाँकी बिस्व बीच व्यापार विवादको शुत्रपात हुन सक्ने देखिन्छ।
जे होस् ट्रंपलाइ ठुलो चुनौती संगै शंकाको लाभ पनि छ। उनिसंग बास्तवमा कसैले केहि पनि आशा गरेका छैनन्। उनको अप्रुभल हेर्ने हो भने अहिले सम्मका सबै रास्ट्रपतिहरुको भन्दा कम छ। अर्थात् उनिबाट केहि राम्रो हुनेमा धेरैलाई शंका छ। धेरै आशा नभए पछि उनले थोरै गरे पनि ठुलो जस पाउने सम्भावना देखिन्छ। ४५ औं रास्ट्रपतिको रुपमा ट्रंपलाइ हाम्रो पनि शुभकामना।