डालस स्थित नेपाली पाठशालाको कक्षा आइतबार देखि: भर्नाको लागि अनुरोध
डालस नेपाली समुदायको एउटा ठुलो हबको रुपमा विकास हुँदैछ । आगामी केहि बर्ष भित्र डालस क्षेत्रमा नेपालीहरुको संख्या करिब १ लाख हुने अनुमान छ । बढ्दो आन्तरिक बसाइ सराइको कारण यो स्थिति सिर्जना हुन लागेको हो । एकपटक डालसको माटो टेके पछि अधिकांश अरु राज्यमा बस्ने नेपालीहरु यो ठाउंलाइ बिर्सिन सक्दैनन् र बसाइ सराइ गरिहाल्छन । साथै बिद्यार्थीहरुको लागि पनि यो स्वर्ण भुमि हो । साथसाथै आफ्ना बालबच्चा नेपालीमय बाताबरणमा नेपाली संस्कृति सिकाउंदै हुर्काउन चाहने अभिभावकको लागि यो अत्यन्त उर्बर भुमि हो । अधिकांश बिदेशिएका बालबालिकाहरु पराइ धर्म र संस्कृतिबाट प्रभावित भै आफ्नोपन भुलेको पनि यदाकदा देखिएको छ । तर डालस क्षेत्रमा बढ्दो नेपाली संख्या र सोहि अनुरुपको वाताबरणले गर्दा यो अभिभावकहरुको लागि पनि अत्यन्त आकर्षक आश्रयस्थलको रुपमा बिकास भैरहेको छ ।
हाम्रा बालबालिकालाई नेपालसंग जोड्ने सबभन्दा महत्वपूर्ण शुत्र भाषा अर्थात् नेपाली भाषा हो । बालबालिकाहरुलाई नेपाली बोल्न र बुझ्न सक्ने मात्र बनाउन सकियो हाम्रा धेरै कुरा बिस्तारै सिकाउन सकिन्छ । तर भाषाको तार चुंडीए पछि अरु कुरा ठाउँमा ल्याउन गाह्रो छ । त्यसकारण भाषा सबभन्दा महत्वपूर्ण छ ।
अंग्रेजीमा पिडित कतिपय अभिभावकहरु छोराछोरीको नेपाली भाषा प्रति असम्बदेंशील भएको पाइएको छ । छोराछोरीले अंग्रेजी बोलेकोमा नाक फुलाउने अभिभावकहरु नेपाली नसिकाएकोमा जिन्दगीमा फेरी पछुताएका छन् । त्यसमाथि दुइवटा वा त्यो भन्दा बढी भाषा जान्नु ठुलो सम्पति आर्जन गर्नु हो । अंग्रेजी त अमेरिकामा बसे पछि त्यसै पनि सिकिहाल्छन, अर्को दोश्रो भाषा अर्थात् हामी नेपालीहरुको लागि नेपाली भाषा सिक्नु ठुलो उपलब्धि हो । नेपाली भाषा सिकेर नेपालीमा कुराकानी गर्न मात्र सकिने होइन, एउटा अर्को राम्रो योग्यता हाँसिल गरे सरह नै हो । त्यसकारण नेपाली भाषा सिकाउनै पर्छ । यो वा त्यो नाममा आफ्ना बच्चाको नेपाली भाषा सिकाइमा ध्यान नदिनु उनीहरुलाई अनपढ राखे जस्तै हो । ठुलो भए पछि तपाईंलाइ ती बालकहरुले पक्कै पनि त्यसको दोषी देखाउने छन् ।
पहिले पहिले नेपालीहरुको संख्या कम थियो । नेपाली घरमा बाहेक बोल्नु पर्दैनथ्यो । तर अहिले परिस्थिति फेरिएको छ । धेरै नेपाली अमेरिका आएको हुनाले नेपाली भाषाको अपरिहार्यता समेत बढेको छ । पहिले जस्तो सिकाउने ठाउंको अभाव पनि अहिले छैन । अमेरिकाका बिभिन्न ठाउँमा खोलिएका नेपालीहरुका सामाजिक संस्थाहरुले नेपाली भाषाका कक्षाहरु संचालन गर्दै आएका छन् । अलिकति ध्यान दिने र बिदाको दिन आफ्नो भबिस्यका कर्णधारको सिप र गुण अभिवृद्धिमा समय लगाउने हो भने आफ्ना छोराछोरीहरुलाई नेपाली बोल्न र बुझ्न मात्र होइन लेख्न पनि सिकाउन सकिन्छ ।
अभिभावकहरुको त्यहि तिब्र चाहनालाइ पुरा गर्नको लागि नेपाली समाज टेक्सास जुन डालस फोर्ट वर्थ एरियामा रहेको छ, ले बिगत लगभग एक दशक देखि नेपाली भाषा, नैतिक सिक्षा र कम्जोर बिद्यार्थी लक्षित गणित बिषयको अध्यापन गराउंदै आएको छ । अर्भिंग स्थित नेपालीहरुको साझा थलो नेपाली मन्दिरमा ती कक्षाहरु संचालन हुँदै आएका छन् । त्यसबाट थुप्रै बालबालिका लाभान्वित पनि भएका छन् । नेपाली भाषा सिक्ने, नेपाली संस्कृति जान्ने र नेपाली साथि बनाउन सघाउने यो कक्षाको प्रमुख उद्धेश्य हो । स्कुलमा छोडेपछि मेरो उद्धेश्य पुरा भएको नठानी त्यहाँ बसेर स्वयंसेवा गर्दै आफ्नो बच्चाहरुको ज्ञान अभिवृद्धिमा ध्यान दिने हो भने यो कक्षाबाट तपाईंका बबुनानिहरुले धेरै कुरा प्राप्त गर्न सक्छन । भाषा, धर्म, ज्ञान सिकेर हाम्रा राम्रा कुराहरुको प्रबर्धन गर्न सक्छन ।
यसपटक पनि आगामी आइतबार अर्थात् जनवरी २२ देखि उक्त कक्षाहरु संचालन गरिने भएको छ । नेपाली समाज टेक्सासका उपाध्यक्ष कमल सापकोटाका अनुसार उक्त कक्षाहरु दिउसो १ देखि ४ बजेसम्म हरेक आइतबार संचालन गरिनेछ । १८ हप्तासम्म संचालन हुने उक्त कक्षाको लागि दर्ता गर्न, खाजा खर्च, नृत्य सिक्न, सिक्षण सामाग्री समेतको लागि जम्मा $१५० शुल्क तोकिएको छ । बेलाबेलामा भ्रमण गराउनुको साथै अध्यात्मिक गुरुहरुद्वारा प्रबचन समेत गराइन्छ । सिट संख्या सिमित भएकोले समय मै नेपाली पाठशालामा भर्ना गरी आफ्ना बालबालिका भबिस्य उज्ज्वल बनाउन समेत नेपाली समाज टेक्सासले सार्बजनिक अपिल गरेको छ ।