‘किराँत साझा धर्म’
इलाम, ५ माघ । रक्षामन्त्री बालकृष्ण खाँडले किराँत धर्म सबैको साझा धर्म भएकाले यसको संरक्षण र विकासमा सबै लाग्नुपर्ने बताउनुभएको छ ।
बाँझोस्थित माङसेबुङमा किराँतीको चाड खिवेक्वा याक्वा सेवाको आज उद्घाटन गर्दै उहाँले प्रकृतिपूजक किराँतीको छुट्टै संस्कृति र पहिचान भएकाले यसको संरक्षण र विकासमा राज्यले उचित कदम चाल्नुपर्नेमा जोड दिनुभयो ।
खिवेक्वायक्वा सेवा कार्यक्रमअन्तर्गत आज किराँत धर्मसँग सम्बन्धित पुस्तक ‘फुङसारे’को विमोचन तथा विभिन्न सांस्कृतिक झाँकी प्रदर्शन गरिएको छ । कार्यक्रमको उद्घाटन समारोहमा किराँत रिलिजन अमेरिकाका प्रतिनिधि भक्त तिगेला, नेपाली काँग्रेस इलामका प्रतिनिधि भेषराज आचार्य, सांसद नगेन्द्रकुमार कुमाललगायतले प्रकृतिसँग नजिक किराँतको संस्कार संस्कृतिले प्रकृतिसँग समायोजन हुँदै विकासलाई मद्दत पु¥याउने बताउनुभयो ।
शुक्रबारसम्म हुने कार्यक्रममा भारतका सिक्किम र आसाम, भुटान, म्यान्मा, अमेरिका, बेलायत, अस्ट्रेलिया लगायतका भक्तजन सहभागी छन् । (RSS)