एनआरएन अमेरिकाले पत्रकारहरुलाइ साधारण सभाको तयारी बारे जानकारी गरायो

जनवरी १, २०१७, आइतबार । एनआरएन अमेरिकाको ५ औ बार्षिक साधारण सभा यहीं आउँदो १४ गते शनिबार टेक्सासमा हुँदैछ। यसको लागि बिभिन्न कामहरु भइरहेका छन। स्थल ब्याबस्थापन, खाना ब्याबस्थापन लगायत थुप्रै कामहरु संपन्न हुने क्रममा छन। यो कुरा प्रस्ट पार्न र अन्य बिषयमा समुदायमा रहेका जिज्ञाषा मेटन आज यहाँ अभिंगस्थित नेपाली मन्दिरको सभा हलमा एनआरएन अमेरिकाले पत्रकारहरुसंग भलाकुसारी गरेको छ।

पत्रकार भेटघाट कार्यक्रम नाम दिइएको उक्त कार्यक्रममा भाग लिन एनआरएन अमेरिकाका अध्यक्ष डाक्टर केशव पौडेल न्यू मेक्सिको राज्यबाट डालस आइपुगेका थिए। साधारणसभा आयोजना गर्न गठित समितिका संयोजक तथा एनआरएन अमेरिकाका उपाध्यक्ष राम पोखरेल, एनआरएन टेक्सास च्याप्टर सभापति उत्तम लामिछाने, बोर्ड सदस्य बिनोद कुमार तिवारी, सल्लाहकारहरु गौरी जोशी र सुनील शाह कार्यक्रममा उपस्थित भएका थिए। कुन्नि के कारणले हो, कोशाध्यक्ष वेदराज बस्नेत कार्यक्रममा उपस्थित भएनन। 8

कार्यक्रममा पत्रकारहरुलाई स्वागत गर्दै संयोजक राम पोखरेलले बार्षिक साधारण सभा संपन्न गर्ने तयारीको अबस्था र उक्त कार्यक्रममा संपन्न गरिने फोरमहरु बारे मोटामोटी खाका प्रस्तुत गर्नु भएको थियो । सम्मलेन आयोजना गर्न आबस्यक पर्ने आर्थिक श्रोत जम्मा पार्न समाजसेवी तथा ब्यबसायी गौरीराज जोशी र सुनील शाह सम्मिलित प्रायोजक ब्यबस्था गर्न गठित समितिले गरेको काम बारे पनि सूचित गरिएको थियो । यस्ता दुइ चार वटा सम्मलेन आफ्नै खल्तीबाट पैसा निकालेर गर्न सक्ने हैसियत राख्ने यी दुइ ब्यक्तित्वहरुले आफुलाई सुम्पेको यति मसिनो जिम्मेवारी पूरा गर्न नसक्ने कुरै भएन । त्यस्तै एनआरएनले आयोजना गर्ने हरेक कार्यक्रममा हुने खानपिनको लफड़ालाइ ध्यानमा राखेर अर्का समाजसेवी, ब्यबसायी र जनसम्पर्क समिति टेक्सास वेस्ट च्याप्टरका सभापति हरिबोल भण्डारीलाइ त्यो ब्याबस्थापन गर्ने जिम्मेवारी दिइएको र सो कार्य समेत भैरहेको जनाइएको थियो ।

पत्रकार भेटघाट कार्यक्रममा डालस वरपर रहेका पत्रकारहरुको उपस्थिति थियो। स्थानीय पत्रकारहरु बाल जोशी, शैलेश पोखरेल, केदार तिमल्सिना, बिमल बराल, रामचंद्र भट्ट, बिकास राज न्यौपाने, सुरेश पोखरेल लगायतका उपस्थिति थियो । भेटघाटको पहिलो भागमा एनआरएन अमेरिकाको तर्फबाट साधारण सभाको तयारी बारे संयोजक राम पोखरेल, अध्यक्ष डाक्टर केशव पौडेल, बोर्ड सदस्य बिनोद कुमार तिवारी र टेक्सास च्याप्टर अध्यक्ष उत्तम लामिछानेले पत्रकारहरुलाई ब्रीफिंग गर्नुभएको थियो भने दोश्रो चरणमा पत्रकार तथा अन्य उपस्थित ब्यक्तीत्वहरुले जिज्ञाषा प्रस्तुत गर्नुभएको थियो । साधारण सभा सफल पार्न स्थानीय संघ संस्थाहरुको भूमिका महत्वपूर्ण हुने भएकोले सम्पूर्ण संस्थाहरुको तर्फबाट नेपाली समाज टेक्सासका अध्यक्ष कृष्ण लामिछानेले आफ्नो तर्फबाट भैरहेको सहयोगको जानकारी गराउनु भएको थियो ।

आजको कार्यक्रममा जानकारी गराइए अनुसार १४ गते शनिबार ९ बजे देखि साधारण सभा शुरू हुनेछ र ६ बजे समापन हुनेछ । एकदिन मात्र संचालन हुने यो साधारण सभाको लागि दर्ता शुल्क अनलाइनबाट गर्दा चालीस डलर र ढोकामा गर्दा पचास डलर राखिएको र दर्ता शुल्कले सम्पूर्ण कार्यक्रममा सहभागीताको साथै सो दिनको लंच र डिनर समेत उपलब्ध हुनेछ ।

साधारण सभाको पहिलो कार्यक्रम उदघाटन हुनेछ । साधारण सभाको उदघाटन नेपाल सरकारका बिदेश मन्त्री डाक्टर प्रकाश शरण महतले गर्नेछन । उदघाटनको समारोह पछि एनआरएन अमेरिकाले बिगत १८ महिनामा गरेका काम बारे जानकारी गराउने,त्यसपछि आर्थिक प्रतिबेदन प्रस्तुत गर्ने, त्यसपछि एनआरएनका च्याप्टरहरुको गतिबिधि बारे जानकारी गराउने र अन्त्यमा अहिलेको बिधानमा देखिएका त्रुटि सच्च्याउन पर्ने बिंदु पत्ता लगाईं त्यसको मस्यौदा प्रस्तुत गर्न गठित समितिको सुझावहरु प्रस्तुत गरिनेछ र आबस्यक छलफल पछि आबस्यक र उपयुक्त निर्णयमा पुगिनेछ । त्यसपछि समापन गर्दै डिनर कार्यक्रम संपन्न हुनेछ। कार्यक्रममा उपस्थित हुन चाहनेहरुले छिटै होटल वा आफ्नो बसोबासको ब्यबस्था गरिहाल्न समेत आयोजकले सम्बद्ध सबैलाई अनुरोध गरेका छन।

1 23 56 7 8 9 10 11

सम्बन्धित समाचार

टिका पौडेलको सहयोगमा एनएसटीले कार्यक्रम आयोजना गर्ने

डालस, टेक्सास। युलेस सिटिको सिटि काउन्सिल पदका उम्मेदवार टिका पौडेलको चुनावी अभियानलाइ सघाउन नेपाली समाज टेक्सासले मार्च २१ आइतबार एक…

एनआरएनमा सहि मान्छे पहिल्याउने समय यहि हो, ढिला गरे पछुताउनु पर्छ

एनआरएन अमेरिकाको २०२१-२३ निर्बाचन संघारमा छ। सदस्य बनाउने अभियान सकिएको छ। यतिबेला सामाजिक संजालमा उम्मेद्वारीको लर्को लागेको छ। कोहि केहि…

बृहद डालस एसियन समुदायमा नेपालको पहिचान प्रस्तुत

बृहद डालस एसियन अमेरिकन च्याम्बर्स अफ कमर्सले आफ्नो बार्षिक एसियन फेस्टिवल सम्पन्न सम्पन्न गरेको छ । एसियन फेस्टिवलमा एसियामा अवस्थित…

एचडीएनपीको “चन्दा संकलन रात्रिभोज” डिसेम्बर १ मा हुने

डालस, टेक्सास। बिगत लामो समय देखि अमेरिकाको डालसमा सक्रिय “अति आबस्यकहरुको लागि सहयोग” अर्थात् एचडीएनपीले आगामी डिसेम्बर १ तारिकमा एक…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

युलेस टेक्सासमा दशैं तिहार मैत्रीपूर्ण भलिबल सम्पन्न

डालसमा अक्टोबर १८ शुक्रबार रिदम नाइट हुँदै

दशैंको सांस्कृतिक महत्व र वर्तमानमा यसको सान्दर्भिकता

मोमो फेस्टिबल २०२४ नोभेम्बर २ मा भव्य रुपमा हुँदै

चाम्स निर्देशित ‘अञ्जिला’का लागि गीतकार अधिकारीले लेखे शब्द




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907