फगत क्यालेण्डरको होइन, साँच्चिकैको नयाँ बर्षको शुभकामना

डिसेम्बर ३१ अर्थात २०१६ को अन्तिम दिन। त्यसो त प्रकृतिको चक्रमा यो एउटा अर्को दिन मात्र हो। अन्तिम वा शुरूको दिन हुन्न। यो त मान्छेले आफ्नो सजिलोको लागि, हिसाब किताब गर्न, भाड़ा उठाउन, तलब बुझ्न, बिल पठाउन र यस्तै अन्य कामको लागि निर्माण गरिएको शुत्र हो। मान्छेले आफुलाई ब्यबस्थित गर्न निर्मित यो क्यालेण्डरको प्रकृति संग कुनै साइनो छैन। समय उसै गरी बग्छ, सूर्य उसै गरी उदाउँछ र अस्ताउँछ। फरक हुन्छ त खाली क्यालेण्डरको अंक। फरक हुन्छ त मान्छेको उमेर।

1

Lekhnath Gautam

बिचार गरेर हेरौं, के नयाँ भनिने २०१७ पुरानो भनिएको २०१६ वा अन्य कुनै बर्ष भन्दा फरक होला ? प्रकृतिले गर्ने मौसम परिबर्तन बाहेक मान्छे परिबर्तन होलान ? मान्छेले आफ्नो बिचार नयाँ बनाउँलान? के मान्छेले नयाँ तरिकाले सोँच्लान ? के मान्छेले केहि सकारात्मक कार्य गरेर समाज परिबर्तन गर्ने हिम्मत गर्लान ? के मान्छे आफ्नो साँघुरो घेराबाट बाहिर निस्किन सक्ला ? यी र यस्ता कुरामा परिबर्तन भएन भने नयाँ बर्ष कसरी हुन सक्छ ? काम उहि गर्ने, बिचार उस्तै, बानी उस्तै भए सम्म नयाँ क्यालेण्डर भित्तामा झुंडाउँदैमा कसरी बर्ष नयाँ हुन्छ ?

अहिले संसारको परिस्थिति हेर्दा धर्मको नाममा युद्ध झन चर्किने स्थिति देखिन्छ । हिंसा र पैसाको भरमा धर्म परिबर्तन र आस्था परिबर्तनको लहर जारी रहने देखिन्छ । शान्तिमा बिस्वास गर्नेहरु प्रतिरक्षात्मक अबस्थाबाट अझै पछि धकेलिनेछन। कमजोर माथि अरु बढ़ी दबाब जारी रहनेछ। नयाँ बर्ष सकारात्मक परिबर्तनको होइन, नकारात्मक परिबर्तनको साछी बस्नु पर्ने छ। यी मेरा अनुमान हुन, चाहन्छु, त्यस्तो नहोस।

संसार बाहेक नेपाली जाती र बिशेष गरेर परदेसी नेपालीहरुले केहि नयाँ गर्लान ? के उनीहरुले परदेशमा आफ्नो धर्म, संस्कृति, भाषा र पहिचानको रक्षा गर्लान ? कि आधुनिक र बसाई सरेको समाजको अनुकूल हुने नाउँमा आफ्नो सारा अस्तित्व तिलांजलि देलान ? के उनीहरुले आफ्ना छोराछोरीलाई आफ्नो पहिचान र अस्तित्व स्थापित गर्ने भाषा र संस्कृति सिकाउलान ? कि आधुनिक हुने नाउँमा आफ्ना संततिहरुलाई छाड़ा छोड्दै आफ्नो पहिचान र अस्तित्व धरापमा पार्लान ? के नेपालीहरुले सयौं बर्ष भूटानमा बसेर पनि आफ्नो धर्म, संस्कृति र भाषा जस्ताको तस्तै राख्ने भूटानी नेपालीहरुको सुभ पथ अनुसरण गर्लान ? तेरो देश छोड्छौं तर हामी हाम्रो भाषा, धर्म र संस्कृति छोडदैनौं भन्ने हिम्मत गर्ने भूटानी नेपाली जस्तै चट्टानी इच्छा शक्ति बिदेशिएका नेपालीहरुले प्रदर्शन गर्लान ?

2

नेपाली भाषा, संस्कृति र पहिचानको निरन्तरताको लागि संसारका धेरै देशका धेरै ठाउँमा नेपाली संघ संस्थाहरु खोलिएका छन । आजको दिन सम्म ती संस्थाहरुमा तल्लो स्तरको राजनीति हुने गरेको छ। ती संस्थाहरुमा एक अर्कालाई कसरी सिद्ध्याउने भनेर योजना बनाईन्छ। समाजलाइ केको खांचो छ र कसरी त्यसको ब्याबस्थापन गर्ने भन्ने तिर ध्यान नदिई आफ्नो संकीर्ण स्वार्थ पूरा गर्न संस्थालाई नै दुरुपयोग गरिन्छ। केहि गर्न सक्ने, योजना र दृश्टिकोण भएका ब्यक्तिलाइ जिम्मेवारी दिइदैन। समाजमा नेतृत्व गर्नेहरु आफ्नो कमजोरी स्वीकार गर्न सक्दैनन। आफ्ना कमजोरीहरुको आलोचना गर्नेहरुलाइ उनीहरु कालो सुचिमा राख्छन। उनीहरु आफ्नो काममा रचनात्मक सहयोग गर्ने होइन त्यसलाई हूबहू स्वीकार गर्ने इमान्दार हनुमान खोज्छन। के २०१७ अर्थात नयाँ सालले उनीहरुको बुद्धिको बिर्को खुल्ला ? के नेपाली समुदायका सम्पूर्ण नेपालीहरुको बुद्धिको बिर्को खुल्ला ? के उनीहरु आफ्नो पहिचान प्रति सचेत बनेर आफ्ना संततिहरुलाई हाम्रो र राम्रो कुरा सिकाउने काम शुरू गर्लान ? त्यसो गर्न नसके नयाँ बर्षको के काम ? नयाँ बर्ष कहलिन केहि नयाँ गर्नु पर्छ ।

त्यसैले मेरो बिचारमा नयाँ बर्ष हामीले केहि नयाँ गरेर मनाउनु पर्छ । हाम्रा कमजोरी सुधार गर्ने र असल मार्गतिर अग्रसर हुने अबसर नयाँ बर्ष हुनुपर्छ । नयाँ बर्ष रचनात्मक हुनुपर्छ र सकारात्मक हुनुपर्छ। हाम्रो सोंच फराकिलो हुनुपर्छ। हाम्रो अस्तित्व र पहिचान प्रति नयाँ तरिकाले सजग हुनुपर्छ। उहि पारा, उहि ढर्रा र उहि संकीर्ण सोंचको भारी बोकेर नयाँ बर्षको यात्रा तय गर्न सकिन्न। त्यो त फगत क्यालेण्डरको नयाँ बर्ष हो। साँच्चैको नयाँ बर्ष मनाउने वा फगत क्यालेन्डरको नयाँ बर्ष मनाउने सम्पूर्ण जिम्मा तपाइँ पाठकहरुलाई नै सुम्पिदै तपाइँहरुको नयाँ बर्ष साँच्चिकै नयाँ बर्ष बनोस, मेरो यही शुभकामना।
http://go.ad2up.com/afu.php?id=958750

सम्बन्धित समाचार

टिका पौडेलको सहयोगमा एनएसटीले कार्यक्रम आयोजना गर्ने

डालस, टेक्सास। युलेस सिटिको सिटि काउन्सिल पदका उम्मेदवार टिका पौडेलको चुनावी अभियानलाइ सघाउन नेपाली समाज टेक्सासले मार्च २१ आइतबार एक…

एनआरएनमा सहि मान्छे पहिल्याउने समय यहि हो, ढिला गरे पछुताउनु पर्छ

एनआरएन अमेरिकाको २०२१-२३ निर्बाचन संघारमा छ। सदस्य बनाउने अभियान सकिएको छ। यतिबेला सामाजिक संजालमा उम्मेद्वारीको लर्को लागेको छ। कोहि केहि…

बृहद डालस एसियन समुदायमा नेपालको पहिचान प्रस्तुत

बृहद डालस एसियन अमेरिकन च्याम्बर्स अफ कमर्सले आफ्नो बार्षिक एसियन फेस्टिवल सम्पन्न सम्पन्न गरेको छ । एसियन फेस्टिवलमा एसियामा अवस्थित…

एचडीएनपीको “चन्दा संकलन रात्रिभोज” डिसेम्बर १ मा हुने

डालस, टेक्सास। बिगत लामो समय देखि अमेरिकाको डालसमा सक्रिय “अति आबस्यकहरुको लागि सहयोग” अर्थात् एचडीएनपीले आगामी डिसेम्बर १ तारिकमा एक…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907