तमु ल्होसारको सबैमा शुभकामना

ल्होसार पर्ब तिब्बती नयाँ बर्ष हो। यो तिब्बत, भूटानमा भब्य रुपमा मनाउनुका साथै नेपाल र भारतका जनजाति समुदायमा धूमधामका साथ मनाइन्छ। नेपालका बिशेष गरि गुरुंग र तामांग समुदायमा यो चाड बहुचर्चित छ। यो नयाँ बर्ष भए पनि चाडकै रुपमा मनाउने गरिन्छ। तमु ल्होसार नेपाली पात्रो अनुसार पौष १५ मा मनाइन्छ र यो बर्ष डिसेम्बर ३० गते शुक्रबार परेको छ। तमु ल्होसार बिशेष गरी गुरुंग समुदायका नेपालीहरुले धूमधामसाथ मनाउँछन ।

ल्होसारमा दशैंमा जस्तै भेटघाट गर्ने गरिन्छ। टाढा टाढा बाट आफन्तहरु घर आउँछन। परदेशिएका छोराछोरी ल्होसारमा फर्किन्छन। बालक देखि बृद्ध सम्म भेला भएर रमाइलो गर्छन , शुभकामना र उपहारहरु आदान प्रदान गर्छन। सार्बजनिक स्थलमा जम्मा भएर आफ्ना सांस्कृतिक कुराहरु जस्तै पोशाक, खाना र गहना जस्ता संस्कृति झल्काउने बस्तुहरु प्रदर्शन गरिन्छ।

1

पौष १५ देखि जाड़ो याम जाने र न्यानो याम शुरू हुने हुनाले यो तमु ल्होसार त्यही दिन मनाउने गरिन्छ। पहिले पहिले घर आंगनमा जम्मा भएर यो चाड मनाइन्थ्यो भने अहिले ठुलठुला शहरहरुमा फराकिला चौरहरुमा मनाउने गरिन्छ। काठमांडूमा टुंडीखेलमा धूमधामसंग मनाइन्छ। पर्यटकहरुले गुरुंग समुदायका पोशाक, गहना र उनीहरुको संस्कृतिको बारेमा थाहा पाउनको लागि त्यो उपयुक्त समय पनि हो। उक्त अबसरमा खानाको रुपमा सेलरोटी र अचार सबभन्दा बढ़ी प्रयोग गरिन्छ ।

तिब्बती क्यालेण्डर अनुसार हरेक १२ बर्षको एक साइकल (cycle ) हुन्छ । १२ वटा जनावरको नाममा हरेक बर्षको एउटा नाम हुन्छ जसलाई बर्गा भनिन्छ । बर्षहरुलाइ सर्प, गरुड़, घोडा, च्यांग्रा, बांदर, चरा, कुकुर, जरायो, मूसा, गाई, बाघ र बिरालोको नाम दिइएको हुन्छ । कागजमा त्यो जनावरको चित्र बनाएर नयाँ बर्ष मनाउने गरिन्छ । नेपालमा त्यस दिन सर्बजनिक बिदा दिने गरिन्छ र मीठा मीठा खानेकुरा खाने, गीत गाउने, नाच्ने काम गरिन्छ ।

2
गुरुंग पुरुषहरु माथि भांगरा लगाउँछन र तल कछाड़। महिला र बालबालिकाहरु चोलो, फरिया र  घलेक लगाउनुको साथै प्रशस्त गहना लगाउँछन। सुन र ढुङ्गाले बनेको ठुलो नेकलेस उनीहरुको घाँटीमा देख्न सकिन्छ। गुरुंगहरु संस्कृतिका अत्यंत धनि नेपाली जनजाति हुन। उनीहरुको आफ्नै भाषा मात्र छैन, उनीहरुको आफ्नै चाडबाड, पोशाक, संस्कृति, सभ्यता छ। उनीहरुको संस्कृति नेपालका अन्य जातिहरुका संस्कृति संग फ्यूजन भएका पनि छन। अहिले ल्होसार राष्ट्रीय पर्बको रुपमा सबै जातिले मनाउने गर्छन।

 

नेपालको मध्य पश्चिममा मुख्य रुपमा बसोबास गर्ने गुरुंग समुदाय बहादुरी र इमान्दारीको लागि संसारभर चर्चित छ।पहिलो र दोश्रो बिस्व युद्धमा गोर्खाली बहादुरको नामले चर्चित नेपाली गुर्खामा गुरुंगहरुको बर्चस्व थियो र अहिले पनि लडाइँको अग्र पंक्तिमा उनीहरु नै रहने गरेका छन । ईराक, अफगानिस्तान जस्ता युद्ध ग्रस्त क्षेत्रहरुमा समेत नेपालीहरुले बहादुरी देखाएका छन जसमा उल्लेख्य मात्रामा गुरुंगहरुको उपस्थिति छ। यस्ता ईमानदार, बहादुर, संस्कृतिका धनि हाम्रो नेपाली जाती गुरुंगहरुको नयाँ बर्ष अर्थात तमु ल्होसारको यो अबसरमा हामी तमु समुदाय लगायत सम्पूर्ण नेपालीहरुलाई हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौं । (लेखनाथ गौतम)

3 4

सम्बन्धित समाचार

टिका पौडेलको सहयोगमा एनएसटीले कार्यक्रम आयोजना गर्ने

डालस, टेक्सास। युलेस सिटिको सिटि काउन्सिल पदका उम्मेदवार टिका पौडेलको चुनावी अभियानलाइ सघाउन नेपाली समाज टेक्सासले मार्च २१ आइतबार एक…

एनआरएनमा सहि मान्छे पहिल्याउने समय यहि हो, ढिला गरे पछुताउनु पर्छ

एनआरएन अमेरिकाको २०२१-२३ निर्बाचन संघारमा छ। सदस्य बनाउने अभियान सकिएको छ। यतिबेला सामाजिक संजालमा उम्मेद्वारीको लर्को लागेको छ। कोहि केहि…

बृहद डालस एसियन समुदायमा नेपालको पहिचान प्रस्तुत

बृहद डालस एसियन अमेरिकन च्याम्बर्स अफ कमर्सले आफ्नो बार्षिक एसियन फेस्टिवल सम्पन्न सम्पन्न गरेको छ । एसियन फेस्टिवलमा एसियामा अवस्थित…

एचडीएनपीको “चन्दा संकलन रात्रिभोज” डिसेम्बर १ मा हुने

डालस, टेक्सास। बिगत लामो समय देखि अमेरिकाको डालसमा सक्रिय “अति आबस्यकहरुको लागि सहयोग” अर्थात् एचडीएनपीले आगामी डिसेम्बर १ तारिकमा एक…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907