अमेरिकाको फ्लोरिडामा अर्की नेपाली चेलीको दुर्घटनामा मृत्यु; सहयोगको लागि अपिल
म सकेसम्म मृत्युको खबर फैलाउन चाहन्न । हरेक मान्छेको मृत्यु सबैले थाहा पाउनै पर्छ भन्ने मेरो मान्यता छैन । यो संसारमा कुनै पनि चीज अमर छैन । सबै कुरा नाशवान छन । लडाइँ, झगड़ा र बैमनस्यताले भरिएको यो दुनियांमा ख़राब र नराम्रो कुराहरु हरेक दिन भै नै रहन्छन र त्यसको गर्वसाथ प्रचार गर्ने मान्छेहरु यत्रतत्र सर्बत्र छन । मृत्युको डर फैलाउने यस्ता समाचारहरु सकेसम्म गोप्य भएको राम्रो । तर जनचेतना र सहयोगको लागि कहिले काहिं गर्नै पर्छ ।
नेपाली समुदायमा केहि समय देखि लगातार दैब लागेको छ । यो हप्ता मात्र ३ वटा दुर्घटना हामीले ब्याहोर्न बाध्य भएका छौं । ममता कंडेल, अश्लेषा पंडित र आज भर्खर सरिता शाक्यको निधन भएको छ । यो हाम्रो लागि अपूरणीय क्षति मात्र होइन, एकचोटी के हुँदैछ भनेर निधार खुम्च्याएर सोंच्ने र समाधान तर्फ केहि गर्नै पर्ने अबस्था समेत सृजना भएको छ । ब्यापक रुपमा जनचेतना जगाउन आबस्यक सम्पूर्ण श्रोत प्रयोग गर्नै पर्ने भएको छ ।
केहि दिन अघि डालस निबासी बहिनी नर्बदा दहालले फोन गरिन । “दाई, फ्लोरिडामा ममता कंडेलसंग यात्रा गर्नेहरु मध्य अश्लेषा पंडित थिइन कि थिइनन, उनको बारेमा तपाइँलाइ केहि जानकारी छ कि” ? मैले भने “थाहा छैन तर म पत्ता लगाउँछु” । त्यसपछी खोज्दै जांदा त्यो गाडीमा सवार मध्य अरु सकुसल नै रहेको पाएं र उनलाई त्यही ब्यहोराको खबर मैले गरें । तर अफसोच, त्यसको केहि घण्टा पछि अर्को दुर्घटनामा उनी पनि दिबंगत भएको खबर आयो । मैले यो सब पत्याउन गाह्रो भयो । पढाइको शिलशिलामा अमेरिका आइपुगेकि अश्लेषाका बाबु आमालाइ यो समाचारले कस्तो भयो होला, अनुमान गर्न गाह्रो छ ।
१९ बर्षीय अश्लेषाका बुबा अछाम जिल्लामा जन्म घर भई अहिले काठमाण्डूमा प्राध्यापन गर्नु हुन्छ, । एक भाई र एक दिदीसँगै हुर्केकी अश्लेषा पढाइमा मेधावी र ब्यबहारमा अति सरल थिइन । साथीहरु बिच अत्यन्त मिलनसार अश्लेषा पढेर आफ्ना बुबा आमाको सपना साकार पार्न चाहन्थिन तर दैबको लिला उनका ती सबै रहर अपुरा रहे ।
यस्तो बिपद कसैलाई नपरोस । अहिले उनको शव अस्पतालमा अन्तिम संस्कारको लागि राखिएको छ र उनका बुबा सोही कामको लागि अमेरिका आउदै हुनुहुन्छ । शवको सम्पूर्ण ब्याबस्थापन र अन्य खर्चको अबस्यकता भएकोले उनका नजिकका मित्र रोजन महर्जनले गोफंडमी एकाउंट खोलेर सहयोग अभियान सञ्चालन गरेका छन । यसको लागि तपाइँ हामीले जति सकिन्छ सहयोग गर्नु परम धर्म हो । छोरी गुमाएका मातापिताको लागि पैसाले घाउमा मल्हम लगाउन त असंभव छ, तर यो बिपद्मा लाग्ने खर्चमा हाम्रो सहयोगले केहि योगदान पुर्याउँछ भने हामीले त्यसो किन नगर्ने ? सहयोग गर्न तलको लिंकमा जानु होला । सहयोगको लागि धन्यवाद ।
www.gofundme.com/help-for-asleshas-family