डालसको नेपाली पाठशालाका बिद्यार्थीहरु ग्राजुएट भए

1

Photo Credit: Samriddha pokhrel

डिसेम्बर १८, आइतबार, डालस, अमेरिका। नेपाली समाज टेक्सासले बिगत लामो समय देखि नेपाली पाठशाला सञ्चालन गर्दै आएको छ। यो बर्ष पनि चलाएको थियो। ग्राजुएसनको यो मौसममा नेपाली समाज टेक्सासले पनि आफ्नो पाठशालामा अध्ययनरत बालबालिकाको ग्राजुएसन सम्पन्न गरेको छ। बिद्यालयमा ७७ जना कलिला बाबुनानीहरुले नेपाली भाषा, नेपाली संस्कृति र अन्य जीवनउपयोगी शिक्षाहरु लिईरहेका थिए। आज तिनै बालबालिकाहरुको ग्राजुएसन कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा सबै बालबालिका र अभिभावकहरु उपस्थित थिए। अभिभावकहरुले आफ्ना बाबुनानीहरुको प्रगति रूचि पुर्बक हेरेका र सुनेका थिए।

केहि दिन अघि यो पंक्तिकारको नेपाली समाज टेक्सासका उपाध्यक्ष कमल सापकोटासंग नेपाली पाठशालामा भैरहेको गतिबिधि र उनीहरुको प्रगति बारे कुरा भएको थियो। कुराकानीमा सापकोटाले अलि दिक्क मान्दै अभिभावकको भूमिका बारे असंतुष्टि पोखेका थिए। “हाम्रा अभिभावकहरु परिणाम त आशा गर्नु हुन्छ तर यो बुझ्नु हुन्न कि यो काम स्कुलले एक हप्तामा २ घण्टा सिकाएर सम्पन्न गर्न सक्दैन। यो त दुइ हातले बज्ने ताली हो, जुन एक हातले बज्न संभव छैन। अभिभावक गंभीर भएर नलाग्ने हो भने हामीले जतिसुकै मिहिनेत गरे पनि बालुवामा पानी हाले जस्तै हो” सापकोटाले भनेका थिए । महासचिव कमल सत्यालका अनुसार आजको कार्यक्रममा ती गुनासा सुनाउने अबसर पनि प्राप्त भयो। उहाँहरुले हाम्रा गुनासा मात्र सुन्ने अबसर पाउनु भएन आफ्ना नानीबाबुहरुले सिकेका केहि कुराहरु सुन्ने मौका प्राप्त गर्नु भयो। ग्राजुएसन कार्यक्रम बच्चाहरुको लागि भन्दा अभिभावकको ध्यान खिच्ने अबसर बन्यो।

2

Photo Credit: Samriddha Pokhrel

आज नेपाली पाठशालामा पढ़न आउने सबै बिद्यार्थी र उनीहरुका अभिभावक आए । बालबालिकाहरुले आफ्नो नाम, आफ्ना बाबुआमाको नाम र नेपाली स्कुलमा सिकेको राम्रो कुरा र मन परेको कुरा ब्यक्त गरे। अंग्रेजीमा बोल्न बानी परेका ती बिद्यार्थीहरु नेपाली भाषामा आफ्ना कुरा राख्दा रमाइलो बातावरण समेत निर्माण भएको थियो। ग्राजुएसन कार्यक्रममा नेपाली समाज टेक्सासका अध्यक्ष कृष्ण लामिछाने पुरै अबधि बसेर बिद्यार्थीहरुलाई बधाई र शुभकामना दिएका थिए भने नेपाली पाठशाला संचालनमा लामो समय देखि सक्रिय समाजसेवी तथा नेपाली सांस्कृतिक तथा आध्यात्मिक केंद्रका संस्थापक अध्यक्ष मुरली अधिकारी समेत प्रशन्न मुद्रामा उपस्थित थिए। अधिकारीले कलिला बालबालिकालाई संस्कार, भाषा र धर्मको माध्यमद्वारा नै सफल हुन सकिने उदाहरण प्रस्तुत गर्दै पाठशालाको लागि आबस्यक पाठ्यक्रमको पुस्तक प्रदान गरेका थिए।

कार्यक्रममा सभापति नेपाली समाज टेक्सासका अध्यक्ष कृष्ण लामिछाने थिए भने कार्यक्रमको सञ्चालन महासचिव कमल सत्यालले गरेका थिए। उक्त अबसरमा नेपाली समाज टेक्ससका उपाध्यक्ष कमल सापकोटा लगायत नेपाली समाज टेक्सासका सम्पूर्ण पदाधिकारी र डालस वरपर का समाजसेवी एबम गण्यमान्य ब्यक्तित्वहरुको राम्रो उपस्थिति थियो।बिरानो भूमिमा भाषाको संरक्षण र बिकास मात्र होइन हाम्रो मौलिक संस्कृति र धर्मको रक्षामा प्रबासमा रहेका संस्थाहरुको ठुलो महत्व छ। यस्ता कार्यहरु हाम्रो र हाम्रै संततिहरुको लागि असल बन्न आबस्यक तत्वहरु हुन भन्ने जानेर तन मन र धनले यस्ता अभियानलाई सहयोग गर्नु हामी सबैको परम कर्तब्य हो।

सम्बन्धित समाचार

टिका पौडेलको सहयोगमा एनएसटीले कार्यक्रम आयोजना गर्ने

डालस, टेक्सास। युलेस सिटिको सिटि काउन्सिल पदका उम्मेदवार टिका पौडेलको चुनावी अभियानलाइ सघाउन नेपाली समाज टेक्सासले मार्च २१ आइतबार एक…

एनआरएनमा सहि मान्छे पहिल्याउने समय यहि हो, ढिला गरे पछुताउनु पर्छ

एनआरएन अमेरिकाको २०२१-२३ निर्बाचन संघारमा छ। सदस्य बनाउने अभियान सकिएको छ। यतिबेला सामाजिक संजालमा उम्मेद्वारीको लर्को लागेको छ। कोहि केहि…

बृहद डालस एसियन समुदायमा नेपालको पहिचान प्रस्तुत

बृहद डालस एसियन अमेरिकन च्याम्बर्स अफ कमर्सले आफ्नो बार्षिक एसियन फेस्टिवल सम्पन्न सम्पन्न गरेको छ । एसियन फेस्टिवलमा एसियामा अवस्थित…

एचडीएनपीको “चन्दा संकलन रात्रिभोज” डिसेम्बर १ मा हुने

डालस, टेक्सास। बिगत लामो समय देखि अमेरिकाको डालसमा सक्रिय “अति आबस्यकहरुको लागि सहयोग” अर्थात् एचडीएनपीले आगामी डिसेम्बर १ तारिकमा एक…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

युलेस टेक्सासमा दशैं तिहार मैत्रीपूर्ण भलिबल सम्पन्न

डालसमा अक्टोबर १८ शुक्रबार रिदम नाइट हुँदै

दशैंको सांस्कृतिक महत्व र वर्तमानमा यसको सान्दर्भिकता

मोमो फेस्टिबल २०२४ नोभेम्बर २ मा भव्य रुपमा हुँदै

चाम्स निर्देशित ‘अञ्जिला’का लागि गीतकार अधिकारीले लेखे शब्द




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907