मित्र काफ्लेले पाए नेपालमा सम्मान
परदेशमा बसेर पनि मातृभूमिको सेवा गर्ने थोरै नेपालीहरु मध्ये अमेरिका र क्यानाडामा सुपरिचित नाम हो, मित्र काफ्ले। उहाँ नोर्थ अमेरिकाका नेपालीका माझ बहुचर्तित ब्यक्ती हुनुहुन्छ । नेपाल र नेपाली प्रति गौरव राख्ने काफ्लेले बिदेशिएका नेपालीहरुले शीप, कला र अनुशासन समेत सिकेर नेपालमा लागु गर्नु पर्छ भन्ने मान्यता राख्नु हुन्छ। उहाँले त्यहाँ समाजसेवामा फैलाएका हातको सर्वत्र प्रसंसा गरिने गरिएको छ । क्यानाडामा पनि उहाँका थुप्रै ब्यबसाय संचालित छन् ।उहाँलाइ नेपालमा आएको अवसरमा विभीन्न दलका नेताहरु वाहेक बरिष्ठ व्यक्तीहरु, पत्रकार, वैंकर्स, नागरिक समाजका प्रतिनीधी, ब्यापारि, विद्यार्थी नेताहरु, डाक्टर, कर्मचारी, ईन्जिनियर पाईलटहरुको ठुलो डफ्फाले भब्य स्वागत गर्दै सम्मानजनक सत्कार समेत भएको थियो ।
अमेरीकन नेप्लीज एशोसियसन ईन नर्थ अमेरीका ‘एएनए’ का उपाध्यक्ष, ब्रामटन माउन्ट एभरेष्ट लायन्स क्लबका अध्यक्ष, अन लिमीटेड ईन्टरनेश्नलका सिईओ समेत रहेका काफ्ले क्यानडा तथा अमेरीकामा रहेर समाजसेवामा समेत निरन्तर खटिने व्यक्ती हुनुहुन्छ । यसपटक नेपाल आएर उनले नेपालका दर्जन भन्दा वढि शिर्ष नेताहरुसँग भेटि नेपालको संविधान कार्यान्वयन चाडै गर्न र नेपालमा शान्ती सुव्यवस्था तथा व्यवसायीको शुरक्षा भएको खण्डमा आवश्यक रकम नेपाल भित्र्याउन सकिने बताउनु भएको छ ।
उहाँले एमाले अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओली, राप्रपा नेपालका अध्यक्ष कमल थापा, नेपाली काग्रेसका सभापति शेर वहादुर देउवा, मन्त्री दीपक बोहरा लगायतका नेताहरुसँग भेटी नेपालको स्थिती सुधारीएको खण्डमा क्यानडावाट लगानी नेपाल प्रवेश गराउन आफुले पहल गर्ने बताउनु भयो ।उहाँले भेटमा देश तथा परिस्थिती , बिदेसी को हस्तछेप तथा संविधान कार्यान्वयन र नेपाललाई आर्थिक हिसावले समृद्ध वनाउन नेताहरुले सके मात्रै देश अघि वढ्ने भएकाले यदि नेताहरुले पहल गर्नेहो भने विदेश वस्ने लाखौं नेपालीहरुले स्वत स्फुर्त जस्तोसुकै पहल पनि गर्न सक्ने बताउनु भयो ।
स्याङ्जा घर भई क्यानडामा वस्दै आएका समाजसेवी काफ्लेले रिपोर्टस क्लवमा समेत पत्रकार सम्मेलनको आयोजना गरि नेपालमा सम्भव सवै कुराको भएपनि राजनैतिक खिचातानी नरोकीएको र नेपालको स्थिती अझै पनि नसुध्रीएको कारण लगानी भित्रीन नसकेको भन्दै नेपाली पत्रकारहरुलाई समेत खवरदारी कलम चलाईरहन आग्रह गर्नु भएको थियो । (बुटवल बाट रामजी ज्ञवाली द्वारा तयार गरिएको)