ट्रंपका १०० दिन: के भने, के भनेनन्

अमेरिकी रास्ट्रपतिको चुनाव सकिएको दुइ हप्ता मात्र बितेको छ। चुनावी अभियानका दृश्यहरु धेरै मान्छेको मानसपटलमा अझै ताजै छन्। नबनिर्बाचित रास्ट्रपति डोनाल्ड ट्रंप अबको दुइ महिना पछि बिधिबत रुपमा पदभार ग्रहण गर्नेछन। ४५ औ रास्ट्रपतिको रुपमा उनले इतिहासमा आफ्नो नाम लेखाउने छन्।

डोनाल्ड ट्रंप अधिकांश अमेरिकी जनताका छनोट होइनन। त्यसो त हिलारी पनि त्यस्तो उम्मेदवार थिइनन। तर सर्बेक्षणहरु अनुसार उनलाई मन नपराउनेको संख्या हिलारी भन्दा बढी थियो। दुइ अलोकप्रिय उम्मेदवारहरुको प्रतिस्पर्धामा उनले बाजी मारे।

उनको यात्रा शुरु भएको छ। अहिले संक्रमणकालिन अबस्था छ। यो अबधि उनलाई अमेरिकी रास्ट्रपतिले गर्ने काम, कर्तब्य र जिम्मेवारीबारे तालिम दिनको लागि छुट्टाइएको हो। त्यस बिचमा अहिलेका रास्ट्रपतिले गम्भीर प्रकृतिका निर्णय गर्न पाउँदैनन् भने ट्रंपले आफ्नो मन्त्रिमण्डल निर्माण गर्दै काम शुरु गर्ने दिन अर्थात् जनवरी २० तारिकमा सम्पूर्ण रुपमा तयार हुनुपर्छ।

उनको पहिले १०० दिनको प्राथमिकता के हुन्छ भन्नेमा धेरैलाइ अन्योल भए पनि उनले चुनावी भाषणको क्रममा स्पस्ट रुपमा भनेका कुराहरु गर्लान भन्ने आम मान्छेहरुको अनुमान थियो। उनले चुनावी बहसको क्रममा धेरै पटक द्विविधा नराखी भनेका कुराहरु उनले केहि दिन अघि सार्बजनिक गरेको भिडियोमा उल्लेख गरेनन। उनले भन्दै आएको र अमेरिकन जनताको ठुलो चासो रहेको अध्यागमन सम्बन्धमा उनि केहि बोलेनन्। मेक्सिको संगको सीमामा पर्खाल लगाउने र त्यसको व्ययभार मेक्सिकोलाइ नै तिराउने उनको अभिव्यक्ति रिपब्लिकन पार्टीका अनाडी मतदाताहरुमा निकै चर्चित बन्न पुगेको थियो। तर त्यो मुद्धा पनि उनले तपसिलमा थनक्याइदिएका छन्। गैरकानुनि आप्रबाशी धपाउने उनको घोषणा पनि पानीको फोका साबित हुने पक्का छ। उनका हजुरबा आफै जर्मनीबाट गैरकानुनी रुपमा प्रवेश गरेको कुरा सार्बजनिक भएको अबस्थामा उनले अरु माथि डण्डा चलाउन कसरि नैतिक बल प्राप्त होला भन्ने अनुमान समेत गर्न थालिएको छ।

trump-speaking

अर्को मुस्लिमहरुलाई अस्थायी रुपमा प्रवेश गर्न रोक्ने उनको चुनावी नारा थियो। त्यसमा पनि उनले केहि बोलेनन् भने आइसिसलाइ एकै छिनमा ध्वस्त पार्छु भन्ने उनको भनाइले पनि उग्र मतदाताको प्रसस्त ध्यान खिचेको थियो। त्यो मुद्धामा पनि उनि मौन रहे।

त्यस्तै उनले भन्दै आएको र कतिपय अमेरिकी बीच अलोकप्रिय ओबामाकेयरको बर्खास्दगी हो। उनले पटक पटक आफ्नो पहिलो काम ओबामाकेयर हटाउने र त्यसको ठाउँमा त्यो भन्दा धेरै गुना राम्रो स्वास्थ्य नीति सार्बजनिक गर्ने भनेका थिए। तर उनको १०० दिनको योजनामा त्यसलाई पारेनन्। उनले आफुले जित्नुको कारण रहेको प्रमुख यो प्रमुख मुद्धा पनि तपसिल मै थनक्याइदिएका छन्।

उनको उक्त भिडियोमा अमेरिकालाइ पहिलो नम्बरमा राख्ने आफ्नो पुरानो अभिव्यक्ति दोहोर्याउदै प्रमुख रुपमा दुइ वटा कुरा पहिलो १०० दिनको प्राथमिकतामा पारेका छन् । ट्रान्स प्यासिफिक पार्ट्नर्शिप ( टिपिपि) उनको पहिलो निशाना हुनेछ । १२ वटा देशहरु सम्मिलित यो सन्धि अमेरिकामा अलोकप्रिय थियो। सदस्य राष्ट्रहरुका निश्चित तर थुप्रै उत्पादनमा कर नलगाउने टिपिपि सन्धिले अमेरिकी उत्पादन उद्योगलाइ ध्वस्त पार्ने डर थियो। अमेरिका, चिली, जापान, मेक्सिको, मलेसिया, क्यानडा, न्युजिल्याण्ड, अस्ट्रेलिया, सिंगापुर, पेरु, ब्रुनाई र भियतनाम टिपिपिका सदस्यहरु हुन्। युरोपियन युनियन जस्तै एउटै तर ठुलो बजार निर्माण गर्ने उद्देश्यले यसको गठन भएको थियो। २०१८ भित्र कमसेकम ६ देशहरुले स्वीकृत गरे पछि र ८५% आर्थिक गतिबिधि समेटीए पछि मात्र यो लागु हुनेछ। अमेरिका र जापान मध्ये कुनै एक देश पनि संलग्न नहुँदा यो स्वत रद्ध हुन्छ। ट्रंपले यसबाट बाहिरिने घोषणा गरेपछि यसको भबिस्य अन्योलग्रस्त बनेको छ।

अर्को कुरा उनले आफ्नो १०० दिनको प्राथमिकतामा वातावरण सम्बन्धि आफ्नो योजना लागु गर्ने बताएका छन्। उनले वाताबरण बिभाग हटाउने र उद्योग खोल्न निश्चित वातावरणिय मापदण्ड पुरा गर्नु पर्ने शर्त खारेज गर्ने उद्घोष गरेका छन्। जलबायु परिवर्तनलाई मिथ्या र राजनीतिक नारा ठान्ने ट्रंपले कोइलाद्वारा उर्जा निर्माण गर्ने र ओबामाको वाताबरणिय नीतिका कारण बन्द भएका उर्जा उत्पादन कम्पनि पुन शुरु गर्ने भएका छन्।अमेरिका सहित १९६ देशले हस्ताक्षर गरेको पेरिस सन्धिको ठाडो उलंघन हुने गरी ट्रंपले बिग्रँदो वातावरणलाइ झन् बिगार्ने काममा आफुलाई उभ्याएका छन्। वातावरण सम्बन्धि मापदण्ड पुरा नगर्ने देशहरुलाई बिभिन्न खाले प्रतिबन्ध लगाउन सकिने उक्त सन्धिको प्राबधान अनुसार अमेरिकाले थुप्रै सुबिधाबाट बन्चित हुनुपर्ने देखिन्छ।

ट्रंपले आफ्नो मन्त्रिपरिषदका केहि सदस्य चुनेका छन्। ती नामहरु त्यति उत्साहप्रद छैनन्। अमेरिका जस्तो उदार प्रजातान्त्रिक देशमा अनुदार, संकीर्ण र कुण्ठित मान्छेहरुको नियुक्तिले संसारभर अमेरिका प्रति नकारात्मक संदेश जाने देखिन्छ। उनका बिभाजनकारी र विभेदकारी नारा लागु नगर्दा उनका कुण्ठित मतदाता चिढिने र लागु गर्दा अमेरिकाको ठुलो जनसंख्या र बिस्व नै चिढिने अबस्थामा उनि कसरि सफल बन्लान, यति बेला धेरैको मनमा यहि प्रस्न उब्जेको छ ।

 

सम्बन्धित समाचार

टिका पौडेलको सहयोगमा एनएसटीले कार्यक्रम आयोजना गर्ने

डालस, टेक्सास। युलेस सिटिको सिटि काउन्सिल पदका उम्मेदवार टिका पौडेलको चुनावी अभियानलाइ सघाउन नेपाली समाज टेक्सासले मार्च २१ आइतबार एक…

एनआरएनमा सहि मान्छे पहिल्याउने समय यहि हो, ढिला गरे पछुताउनु पर्छ

एनआरएन अमेरिकाको २०२१-२३ निर्बाचन संघारमा छ। सदस्य बनाउने अभियान सकिएको छ। यतिबेला सामाजिक संजालमा उम्मेद्वारीको लर्को लागेको छ। कोहि केहि…

बृहद डालस एसियन समुदायमा नेपालको पहिचान प्रस्तुत

बृहद डालस एसियन अमेरिकन च्याम्बर्स अफ कमर्सले आफ्नो बार्षिक एसियन फेस्टिवल सम्पन्न सम्पन्न गरेको छ । एसियन फेस्टिवलमा एसियामा अवस्थित…

एचडीएनपीको “चन्दा संकलन रात्रिभोज” डिसेम्बर १ मा हुने

डालस, टेक्सास। बिगत लामो समय देखि अमेरिकाको डालसमा सक्रिय “अति आबस्यकहरुको लागि सहयोग” अर्थात् एचडीएनपीले आगामी डिसेम्बर १ तारिकमा एक…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907