डालस एभरेस्ट लायन्सको आँखा शिविर सम्पन्न

डालस एभरेस्ट लायन्स क्लबले गत सप्ताहन्त आइतबार सम्पन्न गरिएको आँखा शिविरमा बिभिन्न तरिकाले योगदान पुर्याउने सम्पूर्ण महानुभावहरुलाई धन्यवाद व्यक्त गरेको छ। डालस लायन्स क्लबका अध्यक्ष राधाकृष्ण काफ्लेद्वारा जारी सन्देशमा प्रत्यक्ष सेवा प्रदान गर्ने डाक्टरहरु, स्वयंसेवीहरु, नेपाली समाज टेक्सास, नेपाली सांस्कृतिक तथा सांस्कृतिक केन्द्र, लायन्स पदाधिकारी र सदस्यहरुलाई हृदयदेखि धन्यवाद दिंदै आगामी दिनमा लायन्सले गर्ने यस्ता समुदाय लक्षित र म सेवा गर्छु भन्ने नारामा साथ दिने आशा समेत व्यक्त गर्नु भएको छ। बृहद सहभागिता, सहयोग र सद्भावका कारण आगामी दिनमा यस्ता कार्यक्रमहरु गर्न हौसला मिलेको समेत उहाँले व्यक्त गर्नु भएको छ । यो कार्यक्रमको सफलता संगै लायन्सले निकट भबिस्यमा युबलक्षित निबन्ध प्रतियोगिता, बादबिबाद प्रतियोगिता र अन्य प्रतियोगिता संचालन गर्ने बारे गम्भीर गृहकार्य शुरु गरेको समेत जनाइएको छ।

डालस एभरेस्ट लायन्स क्लब सेवा गर्ने दृढ संकल्प र भवन सहित टेक्सासको अर्भिंगबाट २००३ मा स्थापित सामाजिक परोपकारी संस्था हो। लायन्स क्लबका बिस्वब्यापी रुपमा १४ लाख सदस्य छन्। डालस एभरेस्ट लायन्स क्लबको उद्देश्य आफु बसेको समुदाय र संसारको कुनै कुनामा पनि विपद पर्दा सहयोग गर्ने नै हो। गत साल नेपालमा गएको विनासकारी भुकम्पमा लायन्सले ठुलो सहयोग गरेको थियो। त्यस्तै डालसको नेपाली समुदायमा यसले बिभिन्न खालका सेवामुलक कार्यक्रमहरु संचालन गर्दै आएको छ। नेपाली संघ संस्थाहरुमा प्राय प्रौढहरुको बर्चस्व रहने गरेको परिस्थितिमा सुधार गर्न केहि महिना अघि युबाहरुको सक्रियतामा लियो क्लब गठन गरेर ती युवाहरुले कार्यक्रम समेत गरिसकेका छन्। केहि महिना अघि युबलक्षित बक्तृत्वकला समेत लायन्स क्लबले सम्पन्न गरिसकेको छ ।

यिनै कार्यक्रमहरुको निरन्तरताको रुपमा आइतबारको आँखा शिविर संचालन गरिएको हो । उक्त शिविरमा ९१ जना बिभिन्न उमेर समुहका व्यक्तिहरुले सेवा लिनुभएको थियो। ९१ जना मध्ये २४ जनाको आँखाको अतिरिक्त जांच गर्नु पर्ने परिस्थिति देखिएकोले आँखा बिशेषज्ञ कहाँ पठाइएको छ। चस्मा लगाउनु पर्नेहरुको हकमा भने चस्माको लागि लाग्ने खर्च लायन्सले नै व्यहोर्ने व्यवस्था समेत गरिएको थियो। बिभिन्न कारणबश आँखाको उपचार गराउन असमर्थ नेपाली समुदायमा लायन्सले दिएको यो सेवा निकै महत्वपूर्ण रह्यो । प्रचार, रवाफ र गफमा भन्दा काममा बढी ध्यान दिने लायन्स जस्ता संस्था जति खुले पनि मानब जातिलाई फाइदै हुन्छ भने निहित उद्देस्य र स्वार्थपूर्तिको लागि खोलियो भने एउटै संस्था पनि समाजको लागि घाँडो हुन सक्छ ।

1 2 3 4 5 6 7

सम्बन्धित समाचार

टिका पौडेलको सहयोगमा एनएसटीले कार्यक्रम आयोजना गर्ने

डालस, टेक्सास। युलेस सिटिको सिटि काउन्सिल पदका उम्मेदवार टिका पौडेलको चुनावी अभियानलाइ सघाउन नेपाली समाज टेक्सासले मार्च २१ आइतबार एक…

एनआरएनमा सहि मान्छे पहिल्याउने समय यहि हो, ढिला गरे पछुताउनु पर्छ

एनआरएन अमेरिकाको २०२१-२३ निर्बाचन संघारमा छ। सदस्य बनाउने अभियान सकिएको छ। यतिबेला सामाजिक संजालमा उम्मेद्वारीको लर्को लागेको छ। कोहि केहि…

बृहद डालस एसियन समुदायमा नेपालको पहिचान प्रस्तुत

बृहद डालस एसियन अमेरिकन च्याम्बर्स अफ कमर्सले आफ्नो बार्षिक एसियन फेस्टिवल सम्पन्न सम्पन्न गरेको छ । एसियन फेस्टिवलमा एसियामा अवस्थित…

एचडीएनपीको “चन्दा संकलन रात्रिभोज” डिसेम्बर १ मा हुने

डालस, टेक्सास। बिगत लामो समय देखि अमेरिकाको डालसमा सक्रिय “अति आबस्यकहरुको लागि सहयोग” अर्थात् एचडीएनपीले आगामी डिसेम्बर १ तारिकमा एक…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

युलेस टेक्सासमा दशैं तिहार मैत्रीपूर्ण भलिबल सम्पन्न

डालसमा अक्टोबर १८ शुक्रबार रिदम नाइट हुँदै

दशैंको सांस्कृतिक महत्व र वर्तमानमा यसको सान्दर्भिकता

मोमो फेस्टिबल २०२४ नोभेम्बर २ मा भव्य रुपमा हुँदै

चाम्स निर्देशित ‘अञ्जिला’का लागि गीतकार अधिकारीले लेखे शब्द




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907