नेपाली समाज टेक्सासद्वारा सहयोगको लागि धन्यबाद व्यक्त

डालस, टेक्सास। नेपाली समाज टेक्सासले निशा कार्कीको परिवारको सहयोगको लागि स्थापित गो फण्ड एकाउन्ट स्थगित गर्नुको उक्त अभियानमा सहयोग गर्ने सम्पूर्ण व्यक्तिहरुलाई धन्यवाद व्यक्त गरेको छ। नेपाली समाज टेक्सासका अध्यक्ष कृष्ण लामिछानेद्वारा प्रकाशित बिज्ञप्तिमा सो कुरा व्यक्त गरिएको हो। बिज्ञप्तिमा नेपाली समाज टेक्सासले उठाउने हरेक समुदाय लक्षित कार्यक्रममा नेपाली समुदायको सहयोगको मुक्त कण्ठले प्रशंशा गरिएको छ। निशा कार्की ओक्लाहोमाको इस्ट सेन्ट्रल बिस्वबिद्यालयमा पढ्ने भए पनि यस्तो बिपत्तिमा सहयोग गर्ने हाम्रो चाहनालाइ सीमाले छेक्न नसकेको भन्दै सन्तोष समेत व्यक्त गरिएको छ। बिज्ञप्ति यसप्रकार छ: 1

नेपाली समाज टेक्सासले ओक्लाहोमा स्थित इस्ट सेन्ट्रल युनिभर्सिटीमा अध्यनरत छात्र निशा कार्कीको असामयिक मृत्यु पश्चात उनको शव ब्यबस्थापन र उनको आमालाई सहयोग गर्ने उद्धेस्यले स्थापित गो फन्ड मी एकाउन्ट बन्द गरेको छ र अहिले सम्म उक्त खातामा $३०४५२ जम्मा हुन आएको छ।

नेपाली समाज टेक्सासले समाजमा घट्ने यस्ता दुखदायी घटनाको नेतृत्व गर्दै सहयोगको लागि अपिल गर्दै आएको छ। यसमा टेक्सासका नेपालीहरु, अमेरिकाका नेपालीहरु, संसारका अरु देशका नेपाली हरु र संसार भरिका बिदेशीहरुले समेत हाम्रो अभियानमा हृदय देखि सहयोग गर्दै आउनु भएको छ। हामीलाई गर्व लाग्छ कि हामी यति असल नेपाली समुदायको प्रतिनिधित्व गर्छौं जसले अत्यन्त खाँचो भएको समयमा हामीलाई साथ दिने गरेको छ। हामीले उठाएका हरेक कदम सम्पूर्ण समुदायका व्यक्तिहरुको सहयोगले गर्दा सजिलै पुरा हुने गरेका छन्।

यधपी निशा ओक्लाहोमा राज्यमा बस्ने गर्थिन, नेपाली समाज टेक्सासले सिमालाइ आफ्नो असल कर्मको बन्धनको रुपमा स्वीकार गरेन। त्यहाँका बिद्यार्थीहरुको अनुरोधमा र सहयोगमा यो काम सम्पन्न गर्न गैरहेका छौं। केहि दिन भित्रै उनको शव नेपाल पठाउने तयारी गर्दैछौं भने आज उनको अन्तिम श्रद्धान्जली दिन ओक्लाहोमा जाँदै छौं। उनको शव नेपाल पठाउने काम पनि छिट्टै हुँदैछ। त्यसपछि यहाँ गो फण्ड मी मा उठेको सम्पूर्ण रकम गो फण्ड मी को फी कटाएर नेपालमा उनको आमालाई हाम्रा प्रतिनिधि, पत्रकार र निशाको परिवारका प्रतिनिधि मार्फत उनको आमालाई प्रदान गरिने छ।

यस क्रममा आफ्नो आफ्नो तर्फबाट सहयोग गर्ने सम्पूर्ण नेपाली समुदाय र अन्यलाइ पनि नेपाली समाज टेक्सास धन्यवाद प्रकट गर्न चाहन्छ। चन्दादाताहरुलाइ यो अभियान सफल हुनुको पहिलो श्रेय जान्छ। आफ्नो आफ्नो गच्छे अनुसार सहयोग गर्ने सबैलाई बराबरी रुपमा हामी धन्यवाद दिन चाहन्छौं। यो कुरालाइ सबै सामु पुर्याउने पत्रकार मित्रहरु, सामाजिक संजाल प्रयोगकर्ताहरु सबै यो सफलताका अंसियार हुनुहुन्छ, उहाँहरुलाइ पनि मुरी मुरी धन्यवाद दिन चाहन्छौं। आउने दिनहरुमा पनि तपाईं नेपाली समुदाय कै सहयोगको लागि हाम्रो अनुरोध स्वीकार गरेर हाम्रा अभियानमा साथ् दिनु हुनेछ भन्ने आशा व्यक्त गर्दै फेरी एकपटक सबैमा धन्यवाद टक्र्याउन चाहन्छौं।

कृष्ण लामिछाने
अध्यक्ष नेपाली समाज, टेक्सास

 

सम्बन्धित समाचार

टिका पौडेलको सहयोगमा एनएसटीले कार्यक्रम आयोजना गर्ने

डालस, टेक्सास। युलेस सिटिको सिटि काउन्सिल पदका उम्मेदवार टिका पौडेलको चुनावी अभियानलाइ सघाउन नेपाली समाज टेक्सासले मार्च २१ आइतबार एक…

एनआरएनमा सहि मान्छे पहिल्याउने समय यहि हो, ढिला गरे पछुताउनु पर्छ

एनआरएन अमेरिकाको २०२१-२३ निर्बाचन संघारमा छ। सदस्य बनाउने अभियान सकिएको छ। यतिबेला सामाजिक संजालमा उम्मेद्वारीको लर्को लागेको छ। कोहि केहि…

बृहद डालस एसियन समुदायमा नेपालको पहिचान प्रस्तुत

बृहद डालस एसियन अमेरिकन च्याम्बर्स अफ कमर्सले आफ्नो बार्षिक एसियन फेस्टिवल सम्पन्न सम्पन्न गरेको छ । एसियन फेस्टिवलमा एसियामा अवस्थित…

एचडीएनपीको “चन्दा संकलन रात्रिभोज” डिसेम्बर १ मा हुने

डालस, टेक्सास। बिगत लामो समय देखि अमेरिकाको डालसमा सक्रिय “अति आबस्यकहरुको लागि सहयोग” अर्थात् एचडीएनपीले आगामी डिसेम्बर १ तारिकमा एक…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

युलेस टेक्सासमा दशैं तिहार मैत्रीपूर्ण भलिबल सम्पन्न

डालसमा अक्टोबर १८ शुक्रबार रिदम नाइट हुँदै

दशैंको सांस्कृतिक महत्व र वर्तमानमा यसको सान्दर्भिकता

मोमो फेस्टिबल २०२४ नोभेम्बर २ मा भव्य रुपमा हुँदै

चाम्स निर्देशित ‘अञ्जिला’का लागि गीतकार अधिकारीले लेखे शब्द




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907