नेपाली राइनोज क्रिकेट क्लब युएस कप २०१६ को उपाधि चुम्न सफल
नोभेम्बर १३, आइतबार, ह्युस्टन, टेक्सास। युएसए कप २०१६ को ह्युस्टनमा सम्पन्न फाइनल खेलमा नेपाली राइनोज क्रिकेट क्लब बिजयी भएको छ। ह्युस्टनको मूसा स्टेडियममा सम्पन्न उक्त प्रतिष्पर्धात्मक खेलमा ह्युस्टन स्पार्क्सलाइ नेपाली राइनोजले ५४ रनले पराजित गरेको छ। पहिले ब्याटिंग गरेको नेपाली राइनोज टीमले २० ओभरमा ६ विकेट गुमाउंदै १९८ रनको चुनौती दिएको थियो। तर १९ ओभर शुरु नहुँदै सबै विकेट लिंदै बिजयी हुन सफल भएको थियो।
आज भएको उक्त खेलमा नेपाली राइनोजका सन फ़िण्ड्ले मस्ट भेलुएबल प्लेयर घोषित भएका छन् । उनले राम्रो फिल्डिंग गर्नुको साथै खेल अबधिभर ब्याटिंग र बलिङ्गमा पनि उत्कृस्ट प्रदर्शन गरेका थिए भने फाइनल खेलमा उनले ब्याटिंगमा हाफ सेन्चुरी कटाउनुको साथै विकेट समेत लिन सफल भएका थिए। त्यस्तै कप्तान पारस खड्काले पनि उत्कृस्ट खेल प्रदर्शन गरेका थिए भने अन्य नेपाली राइनोजका सम्पूर्ण खेलाडीहरुले उच्च स्तरिय र हेर्न लायक क्रिकेट प्रदर्शन गरेका थिए।
गत बुधबार अर्थात् नोभेम्बर ९ देखि शुरु भएको यो युएसए कप प्रतियोगिता अमेरिकाको चर्चित प्रतियोगिता हो। यसमा ८ वटा उत्कृस्ट टीमहरुले भाग लिएका थिए। यो प्रतिष्पर्धामा पाकिस्तान, बेलायत लगायत देशबाट राष्ट्रिय खेलाडीहरु सहभागी थिए भने नेपालको राष्ट्रिय टोलीका ८ जना खेलाडी सम्मिलित थिए। प्रथम हुने टीमलाइ चालिस हजार नगद र एउटा मिस्टुबिशि कार उपहार घोषणा गरिएको थियो भने कार लिन नचाहने टीमलाइ अर्को बीस हजार दुइ सय पचास गरी कुल बैसट्ठी हजार दुइ सय पचास डलर पुरस्कार थियो। यो खेलको प्रायोजन मिस्टुबिशि कार कम्पनीले गरेको थियो। यसरि नेपाली राइनोज स्थापनाको केहि समय मै अमेरिकाको सम्मानित टुर्नामेन्टमा प्रथम स्थान हासिल गर्न सफल भएको छ । नेपाल र नेपालीलाई संसारभर चिनाउन क्रिकेट र नेपाली क्रिकेट खेलाडीले गरेको योगदान अबिस्मरणीय छ भने अमेरिकामा समेत उनीहरुले नेपालीको इज्जत जोगाउन सफल भएका छन् ।
बिगत दुइ हप्ता देखि नेपाली क्रिकेट टोलि अमेरिकामा छ। उनीहरुले अमेरिकाका नेपालीहरुसंग अन्तरक्रिया गर्नुका साथै बिभिन्न मैत्रीपूर्ण खेल समेत खेलिसकेका छन्। डालस र मेरिल्याण्डमा उनीहरुले त्यस्तो खेल खेलेका थिए। अहिलेको यो उनीहरुको यात्राले नेपाली खेलाडी प्रति धेरै प्रबाशी नेपालीहरुको सम्मानमा बृद्दी हुनुको साथै खेलाडीहरुको आत्मबल पनि बढेको स्पस्ट देखिन्छ। यो टुर्नामेन्ट जीतको लागि युएस एंड नेपाल सम्पूर्ण खेलाडी र नेपाली राइनोजका सम्पूर्ण पदाधिकारीहरुलाई बधाई दिन चाहन्छौं।