आप्रबाशिहरुमा ट्रम्पोफ़ोबिया हुनु जरुरि छैन

चुनाब सकियो। ट्रंप रास्ट्रपति बने अमेरिकाको। कसरि बने भन्ने कुराले सबैको मथिंगलमा झड्का लागेको छ। मेडिया, सामाजिक संजालमा उनको पक्ष र बिपक्षमा चुनाव अघि भन्दा बढी टिकाटिप्पणि भैरहेको छ। अमेरिकाका प्रमुख शहरहरुमा उनि विरुद्ध प्रदर्शन गरिएको छ। ट्रंपको बिजयमा ट्रंप क्याम्पमा जति खुसि मिस्रित आस्चर्य छ बाहिर भय र त्रास मिस्रित आस्चर्य देखिन्छ। ट्रंप रास्ट्रपति बन्ने पक्का भए पछिको बजारको नकारात्मक प्रतिक्रिया हिलारी र ओबामाको शान्त प्रतिक्रियाले फेरी आफ्नो गति लिएको छ। बर्बाद हुन्छ भनेर चिन्तित संसारले फेरी दैनिकी शुरु गरेको छ।

मान्छेमा यति डर र भय कसरी व्याप्त भयो भन्ने कुरा सबभन्दा पहिले बुझ्नु जरुरी छ । आप्रबशि माथि ट्रंपको कस्तो रबैया होला भनेर मान्छेमा ठुलो आशंका छ । उनले लिने नीतिहरूले आप्रबशिको अमेरिका बसाई कस्टकर हुने त होइन भन्ने उनीहरुको सोचाइ देखिन्छ। उनको बिगत, पारिबारिक पृष्ठभूमि र अहिले सम्मका अभिव्यक्ति हेर्ने हो भने कानुनि रुपमा अमेरिका आप्रबशिलाइ खासै ठुलो फरक पर्ने देखिन्न। उनको आफ्नै श्रीमती मेलानिया आप्रबशि नै हुन्। उनको ठुलो ब्यबसाय बिदेशमा छ। तर उनलाई भोट दिनेहरुको मानसिकता हेर्ने हो भने चाहिं अलि फरक छ। ट्रंपले जुन भोटले चुनाव जितेका छन् त्यसको अधिकांश जमात आप्रबशि बिरोधि छ। त्यो समानता र समाबेशिता बिरोधि छ। मलाई लाग्छ यहि नै आप्रबाशिहरु चिन्तित हुनुको कारण हो।

जे सुकै भए पनि आकाश खसिहाल्ने वाला छैन । हामीले उनि संग डराउनु वा उत्साहित हुनु अघि उनको बिगत र उनले बोलेका कुराहरु हेर्नै पर्छ । १८ महिना अघि चुनावमा आए देखि रास्ट्रपतिमा निर्बाचित भएको अबधि भन्दा बाहिरको उनको जीवन हेर्ने हो भने उनि लहडी, छाडा, स्त्रीलम्पट, यौन दुराचारी, व्यभिचारी, कर सम्बन्धि कानुनका कम्जोर छिद्रहरुको प्रयोग गर्ने ब्यबसायिक नैतिकता नभएको, बोलीको ठेगान नभएको, पैसा सर्बोपरि हो र पैसा भए जे पनि गर्न सकिन्छ भन्ने छवि भएको पुंजीबादी पात्र हुन्। उनि कुनै पनि हालतमा परम्पराबादी अर्थात् कन्जरभेटिभ होइनन। कन्जरभेटिभले बोक्ने कुनै नैतिक हतियार ट्रंपले बोकेका छैनन्। भोट कन्जरभेटिभको पाएर जिते पनि उनि ती मुद्धाहरुमा कहिल्यै लागेको देखिन्न ।

trump-speaking

आप्रबाशिको अर्को भयको कारण मेक्सिको संगको पर्खालको कुराले देखिन्छ। पर्खालको अर्थ सांकेतिक रुपमा आप्रबाशि माथि वा अन्य बिस्वसंग अमेरिका अलग हुने त होइन भन्ने मनोबैज्ञानिक भय देखिन्छ। पहिले प्रश्न त के छ भने उनले पर्खाल लगाउन सक्लान ? के मेक्सिकोले त्यसको आर्थिक भार ब्यहोर्ला ? आदि यस्ता धेरै अनुत्तरित प्रश्नहरु छन्। उनले आफ्नो चुनावी अभियानमा जे भने पनि जिम्मेवार पदमा बसिसकेपछि पक्कै सबै लेखाजोखा गर्ने नै छन्। बढ्दो गैर कानुनि आप्रबाशिको समस्या ट्रंपको मात्र समस्या होइन, अमेरिकाकै समस्या हो। खुरु खुरु सबैलाई आउन दिने, सजिलै ग्रीन कार्ड दिने हो भने सिमा किन चाहियो भन्ने उनको तर्क संग धेरै मान्छेहरु सहमत छन् । त्यसैले पनि पर्खाल लगाउने उनको अडान कै कारण आज रास्ट्रपति सम्म बन्न सफल भएका छन्।

आप्रबाशिहरुको भयको कारण मुस्लिम समुदाय बिरुद्धको उनको अभिव्यक्ति हो। अस्थायी रुपमा मुसलमान प्रवेशमा रोक लगाउने मात्र होइन अमेरिकामा लामो समय देखि बसोबास गर्ने मुसलमान समुदायलाई निगरानी गर्नु पर्छ भन्ने भनाइले मानिसहरुमा डर पैदा भएको देखिन्छ। तपाईं हिन्दु वा अन्य जे धर्म मान्ने भए पनि गोराहरुको नजरमा सबै अरबी जस्तै देखिने हुनाले यो घृणा र नकारात्मक रबैयाको मार सबैले खेप्नु पर्छ कि भन्ने चिन्ता चुलिएको हो। बिदेसी देखेपछि सबैलाई गैर कानुनि देख्ने रुढिबादी गोरा आँखामा ट्रंपले झन् पावर वाला चस्मा हलिदिएका छन् जसले उनीहरु बिरुद्ध भेदभाव हुन सक्ने आप्रबाशिहरुको धारणा देखिन्छ।

अन्त्यमा जे भए पनि उनि अब अमेरिकाका रास्ट्रपति हुन्। आप्रबाशि वा अन्य अल्पमतवालाहरु अब ट्रंपका आगामी कदम हेरेर मात्र प्रतिक्रिया जनाउनु उपयुक्त देखिन्छ। अमेरिकामा रहेका कानुनि आप्रबाशिहरु डोनाल्ड ट्रंपबाट डराउनु पर्ने कुनै कारण छैन। मनोबैज्ञानिक रुपमा पक्कै उनीहरुलाई केहि दबाब हुन सक्छ तर उनले लखेटी हाल्छन भन्ने अफबाहमा भने कुनै सत्यता छैन र ट्रंपको लागि त्यसो गर्न सम्भव पनि छैन।

सम्बन्धित समाचार

टिका पौडेलको सहयोगमा एनएसटीले कार्यक्रम आयोजना गर्ने

डालस, टेक्सास। युलेस सिटिको सिटि काउन्सिल पदका उम्मेदवार टिका पौडेलको चुनावी अभियानलाइ सघाउन नेपाली समाज टेक्सासले मार्च २१ आइतबार एक…

एनआरएनमा सहि मान्छे पहिल्याउने समय यहि हो, ढिला गरे पछुताउनु पर्छ

एनआरएन अमेरिकाको २०२१-२३ निर्बाचन संघारमा छ। सदस्य बनाउने अभियान सकिएको छ। यतिबेला सामाजिक संजालमा उम्मेद्वारीको लर्को लागेको छ। कोहि केहि…

बृहद डालस एसियन समुदायमा नेपालको पहिचान प्रस्तुत

बृहद डालस एसियन अमेरिकन च्याम्बर्स अफ कमर्सले आफ्नो बार्षिक एसियन फेस्टिवल सम्पन्न सम्पन्न गरेको छ । एसियन फेस्टिवलमा एसियामा अवस्थित…

एचडीएनपीको “चन्दा संकलन रात्रिभोज” डिसेम्बर १ मा हुने

डालस, टेक्सास। बिगत लामो समय देखि अमेरिकाको डालसमा सक्रिय “अति आबस्यकहरुको लागि सहयोग” अर्थात् एचडीएनपीले आगामी डिसेम्बर १ तारिकमा एक…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

युलेस टेक्सासमा दशैं तिहार मैत्रीपूर्ण भलिबल सम्पन्न

डालसमा अक्टोबर १८ शुक्रबार रिदम नाइट हुँदै

दशैंको सांस्कृतिक महत्व र वर्तमानमा यसको सान्दर्भिकता

मोमो फेस्टिबल २०२४ नोभेम्बर २ मा भव्य रुपमा हुँदै

चाम्स निर्देशित ‘अञ्जिला’का लागि गीतकार अधिकारीले लेखे शब्द




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907