अमेरिकि मत पारीणाम एक बिश्लेशण
सर्ब प्रथमत अमेरिकाको ४५औ राष्ट्रपतिमा निर्बाचित डोनाल्ड ट्रम्प लाई हार्दिक बधाई अनी सफल कार्यकालको शुभकामना । निकै प्रतिस्पर्धात्मक नतिजाका साथ आर्थिक र सैनिक क्षमतामा विश्वकै शक्तिशाली देश अमेरिकाको ४५ औं राष्ट्रपतिमा रिपब्लिकन पार्टीका डोनाल्डले आउने २० जनवरीमा सपथ गर्ने छन्। डोनाल्डको ‘मेक अमेरिका ग्रेट अगेन’ भन्ने नारालाई अमेरिकी मतदाताले पत्याएका छन्। राजनीतिक अनुभब, सरकारको कुनै निकायमा बसेर काम गरेको अनुभब नभयका धनाढ्य व्यवसायी डोनाल्ड ट्रम्पको पक्षमा मतपरिणाम आयको छ। अनुभबी भन्दा नयाँ मानीसलाई अमेरिकी जनताले पतायका छन । प्रमुख प्रतिद्वन्द्वी हिलारी क्लिन्टन पहिलो महिला राष्ट्रपति वन्ने इतिहास बनाउन चुकेकी छन्।
अहिले भयका थुप्रै नितिअलाई चुनावी अभियानका क्रममा कडा चुनौती दिन्दै आयका थिय । व्यापार, इमिग्रेसन, स्वास्थ्य बिमा, ट्याक्स निती, ब्यापार नितिमा ब्यापक परिवर्तन गर्ने उनको मुख्य चुनाबी घोषणा रहेको छ । उनले ब्यापक रोजगारी श्रीजनागर्ने चुनाबी नारा अगाडि ल्यायका थिय । उनका यस्ता अभिब्यक्तिले उन्लाई मात्र बिजय बनायन सिनेट र कांग्रेस दुवै स्थानमा पनि रिपब्लिकन पार्टीले बहुमत पाएको छ।
अमेरिकी मूलधारका मिडिया ठूला सञ्चार माध्यम द न्यूयोर्क टाइम्स, द वासिङ्टन पोस्ट, सिएनएनजस्ता को बिस्लेशण, प्रचार हेर्दा निर्वाचनको परिणाम निश्चित प्राय थियो, रिपब्लिकन उम्मेदवार डोनल्ड ट्रम्पको पराजय। डेमोक्रेट उम्मेदवार हिलारी क्लिन्टन पछि परेको समाचार कहिले पनि आएन। अमेरिकी चुनावको परिणामले अमेरिकी राजनीतिक पण्डित र सञ्चारमाध्यमको अनुमानलाई गलत साबित गरेको छ। कहाँ चुके उनीहरु? त्यस सम्बन्धमा नयाँ तथ्य र विश्लेषण बाहिर आएका छन्। सिएनएनको सर्वेक्षणअनुसार ठूलो संख्यामा अमेरिकी अल्पसंख्यकले हिलारी क्लिन्टनलाई साथ दिएनन्।
हिलरिले हर्नु पछाडि धेरै तिरबाट बिभिन्न खालका बिचार आयक छन । बिश्लेशकहरुले भनेका छन बाराक ओबामा राष्ट्रपति हुँदा अमेरिकामा मन्दी थियो । भनिन्छ कि, उनले यसलाई ट्याकमा ल्याए । मतदातालाई लाग्यो कि, हिलारी फेरि राष्ट्रपति भए अमेरिकी अर्थव्यवस्थामा कुनै परिवर्तन हुँदैन ।त्यस्तै भन्ने गरिएको छ कि उनी विरामी थिइन् । उनको स्वास्थ्यको वारेमा धेरै कुरा लुकाइयो । ट्रम्पले यो मुद्दा उठाए । यसबाट सन्देश गयो कि हिलारी जिम्मेवारी पुरा गर्न सक्षम छैनन् । हिलारी बन्दुक संस्कृतिको विरुद्धमा थिइन । हतियार बनाउने कम्पनी पर्दा पछाडि बसेर, हिलारीको विरुद्ध काम गरे । यहुदी समुदाय अमेरिकी चुनाव अभियानमा महत्वपूर्ण हुन्छ । उनीहरु हिलारीका पक्षमा आएनन्। मतदातालाई लाग्यो कि, हिलारी फेरि राष्ट्रपति भए अमेरिकी अर्थव्यवस्थामा कुनै परिवर्तन हुँदैन, किनकी उनी ओबामाको बाटोमा हिंड्ने छन ।
डोनाल्ड ट्रम्पको अल्पसंख्यकप्रतिको पूर्वाग्राहीपूर्ण नीतिलियका थिय यस्ले अल्पसंख्यकका ठूलो समुहले हिलारीलाई मत दिने ठोकुवा थिए। तर अल्पसंख्यकबाट उल्लेख्य मत पाउन सकिनन हिलारिले। अफ्रिकन-अमेरिकन समुदायको भोट पनि सोछेको जस्तो मत प्राप्त नगरेको शहज अनुमान गर्न सकिन्छ । ल्याटिनो समुदायको अत्यधिक मत हिलारीले प्राप्त गर्ने विश्लेषकहरुको अनुमान थियो । तर हिलारीले त्यस्तो मत पनि अत्यधिक रुपमा पाउन सकिनन्। ल्याटिनो समुदायको ६५ प्रतिशत मत हिलारीले र २९ प्रतिशत मत ट्रम्पले प्राप्त गरेको बिस्लेषण आयको छ । क्लिन्टनले धेरै युवाहरुको मत पनि प्राप्त गर्न सकिनन्, जसरी ओबामाले प्राप्त गरेका थिय ।
बर्तामान राष्ट्रपती बाराक ओबामा, प्रथम महिला मिचेल ओबामा, पूर्व राट्रपती बिल क्लिन्टन दिलो ज्यान दियर हिलारिलाई जिताउन लागेका थिय । सारा बिस्व हिलारिको पक्षमा थियो । वर्तमान डेमोक्र्याट पार्टीका राष्ट्रपति बाराक ओबामाको नीतिप्रति चित्त नबुझेका र परिवर्तन चाहने मतदाता हिलारीप्रति आकर्षित नभयको प्रमाणित भयो । यस्ता मतदातामा हिलारीले जितेमा ओबामाकै नीतिले आउने चार वर्ष निरन्तरता पाउँछ भन्ने ध्एयले उनीहरूले हिलारीलाई मतदान गरेनन । अफ्रिकन/अमेरिकन, ल्याटिनो र युवा समूहबाट ठूलो संख्यामा मतादाताहरू हिलारीलाई भोट दिन घरबाट नै निस्किएनन्। राष्ट्रपति बाराक ओबामाले २००८ र २०१२ मा चुनाव लड्दा निर्माण गरेको गठबन्धन कायम गर्न नसक्दा हिलारी क्लिन्टनले चुनाव हारेको अमेरिकी टेलिभिजन केबल न्युज नेटवर्क (सिएनएन)ले विश्लेषण गरेको छ ।
अहिले सम्मको मिडियाको बिस्लेशणमा ट्रम्पको छवि राक्षस थियो- मूर्ख, अज्ञानी, महिलालाई कुदृष्टि राख्ने, सनकी। झन्डै एक दर्जन महिलाले सार्वजनिक रूपमा डोनाल्डले यौनजन्य व्यवहार गरेको आरोप लगाए। तर पनि अमेरिकि जनताले उनै ट्रम्पलाई जिताय। फ्लोरिडा सर सर्ती हेर्दा अमेरिकि जनता बिशेष गरी गोरा अमेरिकनहरु महिलाप्रती तेती उदार भैसकेका रहेनछन ।
हुनत अमेरिकामा महिलालाई भोटिङ अधिकार दियको अझ सए बर्ष पनि भयको छैन। अमेरिकाको संबिधान सन १९२० मा १९औ सम्सोधन गरेर मात्र बल्ल महिलालाई भोटिङ अधिकार दीयको हो। अझै पनि बिशेष गरी गोरा बर्णका मानिसमा महिलालाई दोर्शो दर्जाको नागरिकका रुपमा लिने गरिन्छ।
क्लिन्टनको अनुभवलाई इमेल काण्डले छायामा पारेको देखियो । यो निर्वाचन अभियान सबैभन्दा अभद्र जस्तो देखियो । समग्र नितीमा भन्दा पनि बढी व्यक्तिगत आरोप–प्रत्यारोप, उम्मेदवारका सार्वजनिक अभिव्यक्ति दिन्दै अगाडि बढीरहे । तर निर्वाचन नजिक आउँदै जाँदा डोनाल्डले आफ्नो स्थितिमा सुधार गर्दै लगेका थिए।
जसरी ७० वर्ष पुगेका डोनाल्डले गैरकानुनी रूपमा अमेरिकामा बस्दै आएको आप्रवासीलाई जहाँबाट आए त्यही फिर्ता पठाउने बताउँदै आएका छन् तेही बाटोमा लागेमा १ करोड १० खाल गैरकानुनी अप्रवासी प्रतेक्षे प्रभावित हुने छन्। यसमा कयौं हजार नेपाली पनि पर्छन्।
समग्रमा हेर्दा ट्रम्प्ले जित्नुको पछाडि केही कारण अनुमान गर्न सकिन्छ । ट्रम्पको बाचा थियो कि उनी अमेरिकालाई पुरानै शक्तिशाली रुपमा लैजान चाहन्छन्, जो बाट विश्व डराउँछ । यो नयाँ बाचाले युवालाई लोभ्भायो । ट्रम्प विल्कुलै हार्डलाइन नेता थिए, जसले दुनियाँमा हार्डलाइनर नेता पनि मन पराइन्छन् भन्ने सन्देश दिए । यहुदी समुदाय पनि ट्रम्पको पक्षमा थिए । बन्दुक संस्कृतिको पक्षमा थिए ट्रम्प, त्यसकारण उनलाई त्यस्ता हतियार कम्पनीले सहयोग गरे । मुस्लिमबाहेक भारतीय र गैर अमेरिक ट्रम्पका पक्षमा आए । अनी उनको धनले काम गर्यो ।
कहिले डेमोक्रेट त कहिले रिपब्लिकन बनेका उनले ६ पटक डेमोक्र्याट र चार पटक रिपब्लिकनलाई समर्थन गरेको इतिहाँस छ् । तीन पटक विवाह गरेका ट्रम्प, तीन ओटी श्रीमतीबाट पाँच सन्तानका पिता हुन। उच्च आत्मविश्वासका साथ व्यावसायिक सफलताको खुड्किलो चढेका ट्रम्पले राजनीतिमा पनि आफ्नो सपना साकार पारेर देखाएका छन्। ट्रम्पको नेत्रित्वमा अमेरिका कस्तो हुनेहो पर्खर र हेरको इस्थिति छ ।
सुरेन्द्र रेग्मी
टेक्सास अमेरिका