राजनितिक स्थायित्व बिना शिक्षा र स्वास्थ्यमा प्रगति हुदैन : सुरेन्द्र पाण्डे
प्रकाश सिग्देल
नेपाली काग्रेसका केन्द्रिय सदस्य सुरेन्द्र पाण्डेले नेपालमा राजनितिक स्थायित्व बिना शिक्षा र स्वास्थ्यमा सन्तोसजनक प्रगति हुन नसक्ने बताएका छन् । नेपालमा देखापरेको दुई खाले शिक्षा निजि र सामुदायीक बिचको दुरी अन्त्य नहुदा सम्म देशले बिकासमा गति नलिने र त्यसका लागी राजनैतिक स्थायित्व अनिवार्य रहेको उनको भनाई छ । शिक्षा र स्वास्थ्य सर्वसुलभ हुनु पर्ने बताउदै उनले शिक्षा र स्वास्थ्यमा राज्यले लगानी बढाउनु पर्नेमा जोड दिए । देशको आगामी कार्यदिशा हालका विद्यार्थिहरुको अवस्थाले निर्धारण गर्ने भन्दै उनले शैक्षिक क्षेत्रमा गरिने लगानि बढाउन आफुले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए । त्यस्तै उनले संबिद्यान कार्यान्वयनमा देखापरेका समस्या चाडो भन्दा चाडो समाधान गरि देशलाई बिकास तर्फ अगाढी बढाउनु पर्ने बताएका छन् ।
नेपाली जनसम्पर्क समिति अमेरिकाले कालिका माध्यमिक विद्यालय गैंडाकोटमा आयोजना गरेको शैक्षिक सामाग्री हस्तान्तरण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । नेपाली जनसम्पर्क समिति अमेरिकाले विद्यँर्थिहरुको अध्ययनमा केहि सहयोग होस भन्ने उदेश्यले शैक्षिक सामाग्री बितरण गर्नु निकै उत्कृष्ण काम भएको उनले बताए । समितिले बिद्यालयमै एक कार्यक्रमको आयोजना गरी कापि, कलम, खेलकुद सामाग्री एवं प्राथमिक उपचार सामाग्री विद्यालयलाइ हस्तान्तरण गरेको छ । सो अवसरमा बोल्दै नेपाली जनसम्पर्क समिति अमेरिकाका केन्द्रिय सदस्य हरिबोल भण्डारीले कालिका माध्यमिक विद्यालयको विज्ञान प्रयोगशाला विस्तारमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । त्यस्तै जिल्ला शिक्षा कार्यालय नवलपरासीका सहायक जिल्ला शिक्षा अधिकारी गोपाल प्रसाद कंडेलले सरकारले २०५७/५८ पछि नया शिक्षक दरबन्दि स्विकृत नगर्दा सामुदायिक विद्यालयमा शिक्षक समस्या रहेको वताए । शिक्षा क्षेत्रमा गरिने लगानिको प्रतिशत बढाउन आवश्यक रहेको उनको भनाइ छ ।
कार्यक्रममा नेपाली कांग्रेस नवलपरासीका सभापति विष्णु लामिछाने, जिल्ला शिक्षा कार्यालय नवलपरासीका स्रोत व्यक्ति रामबाबु ढकाल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष करुणा सागर सुबेदी, प्रधानाध्यापक कमल सुवेदि, नेपाली जनसम्पर्क समिति अमेरिकाका प्रतिनिधि लगायत स्थानिय समाजसेविहरुको सहभागिता रहेको थियो । सो अवसरमा बिद्यालयलाई सहयोग गरेको भन्दै जनसम्पर्क समिति अमेरिकाका केन्द्रिय सदस्य हरिबोल भण्डारीलाई दोसल्ला ओडाएर सम्मान गरिएको थियो ।