नेपाली जर्निको फन्ड रेजिंग कार्यक्रम सार्बजनिक

नोभेम्बर २, डालस, टेक्सास। नेपाल जर्नीले यहि आउँदो डिसेम्बर १० गते शनिबार फन्ड रेजिंग गर्ने उद्देस्यले एक बिशेष कार्यक्रम गर्ने भएको छ। मकवानपुर जिल्लाको हेटौडामा एक सुबिधा सम्पन्न कम्प्युटर सहितको पुस्तकालय निर्माण गर्ने उद्देस्यले उक्त फन्ड रेजिंग कार्यक्रम गर्न लागिएको हो।३० देखि ४० लाख लागत लाग्ने अनुमान गरिएको उक्त पुस्तकालय निर्माणको लागि संसार भरिबाट सहयोग गर्ने क्रम जारि छ। त्यहि कार्यको लागि नेपाल जर्नीले डालसमा यस्तो कार्यक्रम गर्न लागेको हो।

उक्त कार्यक्रममा भाग लिन जापानबाट भवन भट्ट, कोरियाबाट राजु क्षेत्रि तथा एनआरएन अमेरिकाका केशब पौडेल लगायतका व्यक्तित्वहरु डालस आउंदै हुनुहुन्छ। उहाँहरुको सहभागिता यो फन्ड रेजिंग कार्यक्रमलाई सहयोग गर्ने तह सम्म मात्र सिमित रहेको छ। त्यस्तै डालसको नेपाली समाजमा रहेका सम्पूर्ण संस्थाहरु र तीनका प्रमुख लगायतको उपस्थिति उक्त कार्यक्रममा हुनेछ। त्यस्तै डिनर, नाचगान समेत रहेको छ। भेटघाट, डिनर र सांस्कृतिक कार्यक्रम एबम डिजेको लागि साधारण टिकेट $३० छ भने बिशिस्ट व्यक्तिहरुको लागि $१०० को टिकेट व्यवस्था गरिएको छ।

हामीलाइ व्यक्तिगत रुपमा पक्कै पनि यस्ता परियोजना चलाउन मुस्किल पर्छ। यसको लागि चाहिने रकम मात्रको समस्या होइन यसमा आबस्यक नेटवर्क पनि एउटा व्यक्ति संग हुन सम्भव छैन। सम्भव के छ भने यस्ता परियोजनाहरु कसैले संचालन गरे भने आफ्नो हैसियत अनुसार सहयोग गर्ने। त्यसैले डालसबासि नेपाली दाजुभाईहरु पनि यसलाई एउटा अबसरको रुपमा प्रयोग गर्न आबस्यक देखिन्छ। हामी एक्लैले लाइब्रेरी बनाउन नसके पनि त्यहाँ उपस्थित भएर रमाइलो गर्यो भने मात्र पनि तपाईंको पैसा सदुपयोग हुन्छ। अनाबस्यक कुरामा हामी कति खर्च गरिराखेका हुन्छौं भने यस्तो राम्रो काममा किन केहि योगदान नदिने ? तपाईं कहीं गएर खाना खाँदा कसैले पढ्न पाउँछ भने त्यसो किन नगर्ने ?

नेपाल जर्नी २०१५ मा स्थापित गैर नाफामुखी सामाजिक संस्था हो। यो अमेरिका लगायत नेपाल, जापान, कोरिया, इजरायल, बेलायत, अस्ट्रेलिया देशहरुमा सक्रिय छ। यसले गत बर्ष चितवनको नारायणघाट, कान्दामा लाइब्रेरी बनाइसकेको छ। अनाथ बच्चाहरुलाई स्कुल पठाएको छ। त्यसैले यो वा त्यो भनेर होइन नेपालका बच्चाहरु जो यो बन्दै गरेको लाइब्रेरीबाट लाभान्वित हुँदैछन्, तिनको भविस्य हेरेर समेत यो कार्यक्रम सफल पार्नु पर्ने देखिन्छ।imagegallery-1473916042366

सम्बन्धित समाचार

टिका पौडेलको सहयोगमा एनएसटीले कार्यक्रम आयोजना गर्ने

डालस, टेक्सास। युलेस सिटिको सिटि काउन्सिल पदका उम्मेदवार टिका पौडेलको चुनावी अभियानलाइ सघाउन नेपाली समाज टेक्सासले मार्च २१ आइतबार एक…

एनआरएनमा सहि मान्छे पहिल्याउने समय यहि हो, ढिला गरे पछुताउनु पर्छ

एनआरएन अमेरिकाको २०२१-२३ निर्बाचन संघारमा छ। सदस्य बनाउने अभियान सकिएको छ। यतिबेला सामाजिक संजालमा उम्मेद्वारीको लर्को लागेको छ। कोहि केहि…

बृहद डालस एसियन समुदायमा नेपालको पहिचान प्रस्तुत

बृहद डालस एसियन अमेरिकन च्याम्बर्स अफ कमर्सले आफ्नो बार्षिक एसियन फेस्टिवल सम्पन्न सम्पन्न गरेको छ । एसियन फेस्टिवलमा एसियामा अवस्थित…

एचडीएनपीको “चन्दा संकलन रात्रिभोज” डिसेम्बर १ मा हुने

डालस, टेक्सास। बिगत लामो समय देखि अमेरिकाको डालसमा सक्रिय “अति आबस्यकहरुको लागि सहयोग” अर्थात् एचडीएनपीले आगामी डिसेम्बर १ तारिकमा एक…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

युलेस टेक्सासमा दशैं तिहार मैत्रीपूर्ण भलिबल सम्पन्न

डालसमा अक्टोबर १८ शुक्रबार रिदम नाइट हुँदै

दशैंको सांस्कृतिक महत्व र वर्तमानमा यसको सान्दर्भिकता

मोमो फेस्टिबल २०२४ नोभेम्बर २ मा भव्य रुपमा हुँदै

चाम्स निर्देशित ‘अञ्जिला’का लागि गीतकार अधिकारीले लेखे शब्द




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907