आयोवामा दुइ प्रहरी मारिए
नोभेम्बर २ । अमेरिकाको आयोवा राज्यको डेस मोइन्स इलाकामा दुइ जना प्रहरी मारिएका छन्। उनीहरुलाई एम्बुस शैलीमा मारिएको जनाइएको छ। आफ्नै गाडी भित्र गोलि हानेर उनीहरुलाई मारिएको थियो। घटना घटाउनेको खोजि भैरहेको छ र उनीहरु वा उ प्रहरीको लागि खतरा रहेको जनाउंदै सजग रहन प्रहरीलाई सचेत बनाइएको छ।
बुधबार बिहान करिब १ बजे अर्बाण्डेल प्रहरी आफ्नै गाडीमा मारिएका थिए भने त्यसको करिब २० मिनेट पछि अर्को चोकमा अर्का प्रहरी त्यसरी नै गाडी भित्रै मारिएका थिए। सुरक्षाको कारण डेस मोइन्सका स्कुल बन्द गरिएका छन्। यतिबेला प्रहरीले संकास्पद व्यक्तिको कुनै हुलिया सार्बजनिक गरेको छैन भने मृतहरुको समेत नाम सार्बजनिक गरेको छैन।