हिलारी लाइ नै भोट कीन ?
म नेपाली राजनीतिमा न कुनै पार्टीको सक्रिय कार्यकर्ता भएर हिंडें न त कुनै दल बिशेष को झण्डा बोकेर नै कुँदें, तर प्रजातान्त्रिक मूल्य र मान्यता प्रति समर्थित रहें मौन समर्थन गरिरहें । न लुटको पछि लागें न फुटको भाग बन्डा नै मागें आफ्नो ब्रम्हले राम्रो सोंचेको काम गरिरहें । २००७ साल को कुरा पढें, २०१७ सालको कुरा सुने ।
हुन त म कुनै सम्पन्न घरानामा हुर्केको व्यक्ति होइन , तैपनि बाल्यकालमा कहिल्यै कुनै पनि कुराको अभाव भोग्न परेन ।१६ बर्ष कै उमेर देखी पर्यटन ब्यबसायमा आबद्द भए मेहेनत गरे ,फल राम्रै मील्यो देश बिदेस गुम्ने अवसर मिल्यो । बिदेश को सम्पन्नता, स्वदेशको अवस्था, माओबादी जनयुद्द को असर , शुरक्षा को अभाव र पर्यटन ब्यबसाय को अन्धकार भबिस्य देखेर चाहना नहुँदा नहुँदै पनि विदेशिने बिचार गरें । तैपनी जाने काँहा भन्ने दोधार रहीरह्यो । विभिन्न समयको लामो घुमाइले होला युरोप सग धेरै निटक थिए तर त्यहाका विभिन्न समस्या बैदेसीक लगानीको कानुनी झन्झट ले गर्दा आप्रवासीहरुको सपनाको संसार तीर आकर्षण बढ्यो । हुनपनी यहाको खुला आर्थिक नीति बैदेसिक लगानीको अवसर व्यापारीक भिसा को सहजकता ले गर्दा धर्तिको स्वर्ग मातृभूमी छोडेर सपनाको संसारतीर पसे ।
सोचेको जस्तो भोगेको कहाँ हुदो रहेछ , नेपाली पुजीले अमेरिकी मुद्रा मा रुपान्तर गर्दा सहरको बसाइ लाइ थाति राखेर अलि गाउँतीर ब्यबसाय लिए । दुर्भाग्य बस अमेरिकी स्वेत बर्गको बाहुल्यता भएको ठाउ मेरो रोझाइमा परेछ । अलि त्यस समय यीनिहरुले गरेको अभद्र ब्यबहार समझदा लाग्छ म मानब नभइ कुनै अर्कै नक्षत्र बाट आएको भीन्न प्राणी हुँ , त्यस समय भएको सेप्टेम्बर ११ को घटना पछि त यिनीहरुले गरेको अछुत ब्यबहार अझै पनी ताझै छ समझदा आङ् सिरीङ्ग हुन्छ ।
त्यसपछिका दिनहरु सहर तीरै ब्यबसाय सुरु गरे परीस्थीती सहज बन्दै गरे । तीन पटक अमेरीकी रास्ट्रपतीय चुनाव देखे कहिल्यै ती दिनहरु को याद आएन तर एकाएक डोनाल्ड ट्रंप को पहिलो चुनावी सभाबाट नै फेरी ती दिन को याद मानस पटलमा घुम्न थाल्यो ।
हुन त हिलारी प्रति म पूर्ण आसावादी छैन तैपनी विकल्पको खोजीमा लेख्दै छु । डोनाल्ड ट्रंपले जितेमा स्वेत बर्गहरुले हामि प्रती गर्न सक्ने निम्न कुरा यहाहरुलाई सचेत गराउन चाहान्न्छु बाकी यहाहरुको बिचार ….
१. ब्यक्ती खराब हुन सक्छ धर्म होइन तर अझै भन्ने हो भने छाला हुदै होइन तर स्वेत हरुले हामीहरुलाई हाम्रो छाला को रंग हेरेर आतंक बादीहरुसग तुलना गरेको सम्झना ले गर्दा म डोनाल्ड ट्रंप लाइ भोट माग्न सक्दिन ।
२. अमेरिका जस्तो बहुसंख्यक आप्रवासी ले बनेको देशको राष्ट्रपतिका उमेर्द्वार आप्रवासी प्रतिको कठोर ब्यबहार देखेर म डोनाल्ड ट्रंप लाइ भोट माग्न सक्दिन ।
३. बिस्वकै सक्तिसाली देश को रास्ट्र पाटीको उमेरद्वार जसले नारी प्रति गरेको अपमानजनक दुर्ब्यबहार टुलु टुलु हेर्दै म डोनाल्ड ट्रंप लाइ भोट माग्न सक्दिन ।
४. हरेक देश को अर्थतन्त्र त्यस देश को उद्योगधन्दा नागरीक को आम्दानी बाट उठ्ने कर बाट चलेको हुन्छ त्यही सम्झेर म प्रवासी भएर पनि सातै दिन काम गरेर ब्यबसाय बाट हुने मुनाफाको लाग्ने कर समयमा बुझाउछु तर एउटा रास्ट्रको प्रमुख पदको उमेरद्वार बाट नै आर्थिक अपचलन गर्ने राजस्व नतिर्ने डोनाल्ड ट्रंप लाइ म भोट माग्न सक्दिन । (लेखक श्री उत्तम लामिछाने एनआरएन टेक्सास च्याप्टरका अध्यक्ष हुनुहुन्छ)