नेपाली क्रिकेट खेलाडीहरुसंग रमाइलोमा रमाइलो भेटघाट हुने
के तपाईंलाइ थाहा छ नेपाली रास्ट्रिय क्रिकेट टिममा ८ जना खेलाडी अमेरिका यात्रामा छन् ? उनीहरु के के गर्दै छन् र कहाँ कहाँ खेल्दै छन् ? उनीहरु अहिले टेक्सासको डालसमा छन्। उनीहरु नेपाली राइनोज क्रिकेट क्लबको तर्फबाट ह्युस्टनमा हुने एउटा टुर्नामेन्टमा भाग लिन अमेरिका आइपुगेका हुन्। त्यसबाहेक उनीहरुका अरु थुप्रै फ्रेन्डली खेलमा सहभागी हुनेछन।
अहिले नेपालमा खेलिने खेल मध्य लोकप्रिय हुँदै गएको र अन्तररास्ट्रिय क्षेत्रमा नेपालको नाम चिनाउन सफल भएको खेल क्रिकेट हो। दक्षिण एशियामा अत्यन्त लोकप्रिय यो खेलमा भारत, पाकिस्तान र श्रीलंकाको जबर्जस्त प्रभाव रहेपनि खेलाडीहरुको मिहिनेत र प्रशंशकहरुको उत्साहले नेपाली क्रिकेट पनि आशालाग्दो अबस्थामा आइपुगेको छ। तर यसलाई अझै अघि बढाउन र आगामी दिनमा अरु नयाँ खेलाडीलाइ उत्प्रेरित गर्न अहिलेका खेलाडीहरुलाई उत्साह, भरोसा, आत्माबिस्वास, सम्मान र आर्थिक रुपमा सहयोग गर्नु जरुरि छ। सामाजिक संजालमा गरिने प्रशंशा बाहेक उनीहरुलाई प्रत्यक्ष रुपमा उत्प्रेरित गर्नु जरुरि छ।
अहिले अमेरिकाको यात्रामा रहेका नेपाली क्रिकेट टिमका खेलाडीहरुले आगामी शुक्रबार अर्थात् नोभेम्बर ४ गते नेपाली समुदायसंग भेटघाट गर्ने कार्यक्रम मिलाएका छन्। नेपाली समाज टेक्सासको आयोजनामा हुने उक्त डिनर सहितको भेटघाट रमाइलो रेस्टुरेन्ट अर्भिंगमा हुने कुरा अध्यक्ष कृष्ण लामिछानेले बताउनु भएको छ। साँझ ७ बजेदेखि हुने उक्त डिनर, भेटघाट तथा डिजे कार्यक्रममा उपस्थित भएर हाम्रो शिर संसार सामु उचो राख्न मात्र होइन हामीलाई नेपाली भनेर चिनाउन सहयोग गर्ने नेपालका सच्चा नायकहरुको सम्मान र समर्थन गरौँ। डिनर सहित जम्मा $३० प्रवेश शुल्क छ भने बिध्यार्थीहरुको लागि भ्यालिड बिद्यार्थी परिचय पत्र सहित आएमा $२० र नेपाली क्रिकेटको जर्सी सहित आउनेलाई $५ छुट समेत प्रदान गरिनेछ ।
उक्त अबसरमा नेपाली क्रिकेट टिमका क्याप्टेन पारस खड्का सहित शरद भेस्वाकर, बसन्त रेग्मी, ज्ञानेन्द्र मल्ल, सिद्धान्त लोहनी, सुभास खकुरेल, सोम्पाल कामि र पृथु बाँस्कोटा छन् भने अमेरिकामा रहनु भएका नेपाली रास्ट्रिय क्रिकेट टिमका पुर्ब खेलाडी सगर पन्त, राकेश कर्ण र बरदान चालिसे समेत उपस्थित हुनेछन ।
त्यस्तै नोभेम्बर ५ शनिबार स्याण्डी लेक क्रिकेट मैदानमा मैत्रीपूर्ण खेल हुनेछ। पन्जाब लायन्स र नेपाली राइनोज क्रिकेट क्लब बीच हुने उक्त खेलमा निशुल्क प्रवेशको व्यवस्था गरिएको छ भने उपस्थित हुँदा नेपाली जर्सीमा उपस्थित भएर हाम्रा रास्ट्रिय हिरोहरु र हाम्रो देशको प्रबर्धन गर्न समेत नेपाली समाज टेक्सासले सबैमा सादर अनुरोध गरेको छ।