नेजाको साधारणसभा वाशिंगटन डि.सि. मा
अमेरिकामा रहेका पत्रकारहरुको संगठन नॆजाले आफ्नो बार्षिक साधारण सभा आगामी मे महिनामा डिसी मेट्रो क्षेत्रमा गर्ने निर्णय गरेको छ। गत शनिबार सम्पन्न कार्यसमितिको बैठकले साधारण सभा आयोजना गर्न नेजाका उपाध्यक्ष गुणराज लुइँटेललाइ संयोजक समेत तोकेको छ। उक्त कुरा नेजाका सचिव अग्नि चौलागाईं द्वारा प्रकाशित बिज्ञप्तिमा जनाइएको छ। नेजाको बिज्ञप्ति जस्ताको तस्तै :
विज्ञप्ति
मिति २३ अक्टोवर २०१६
नेजाको साधारणसभा वाशिंगटन डि.सि. मा
नेपाल अमेरिका पत्रकार संघ, नेजाले आगामी बर्ष हुने वार्षिक साधारण सभा
अमेरिकाको राजधानी वाशिंगटन डि.सि. मा गर्ने निर्णय गरेको छ । बिश्व
प्रेस स्वतन्त्रता दिवस पारेर मे महिनामा हुँदै आएको साधारणसभाको मिति
भने अर्को कार्यसमिति बैठकले तय गर्नेछ । २२ अक्टोवर २०१६ मा वसेको नेजा
कार्यसमिति वैठकले उपाध्यक्ष गुणराज लुईटेललाई संयोजकत्वको जिम्मेवारी
पनि दिएको छ ।
बिगत देखि अधिबेशनको अबसरमा प्रकाशन हुँदै आएको नेजाको स्मारिका “प्रयास”
को संयोजकको जिम्मेवारी महासचिव तोया दाहाललाई दिइएको छ । बैठकले दुवै
संयोजकलाई आबस्यकता अनुसार सदस्य थप गरि कार्यसम्पादन गर्ने जिम्मेवारी
दिएको छ ।
अग्नि चौलागाई
सचिव
नेपाल अमेरिका पत्रकार संघ नेजा
—
Nepal America Journalists’ Association (NEAJA), USA