हिलारी क्लिन्टन भर्सेस डोनाल्ड ट्रंप : तपाईंको मुद्धामा को नजिक
October 24, 2016 | 12:47 am    
अमेरिकामा रास्ट्रपतिको चुनाब आउन दुइ हप्ता मात्र बाँकी रहंदा अमेरिकामा बस्ने प्रबासी नेपालीहरु बीच एक किसिमको शित युद्ध शुरु भएको छ। सामाजिक संजालमा आफ्नो पक्षका उम्मेदवारको प्रचार गर्ने देखि लिएर अनलाइनमा लेख नै छपाएर आफ्नो धारणा व्यक्त गरेर चुनाबी माहोल तताउने काम भएको छ। ट्रंप र हिलारी मध्य को प्रबसिको लागि वा अमेरिकनको लागि ठिक हुन सक्छ भन्ने कुरामा घनिभूत रुपमा तर्क बितर्क हुँदैछ। यसमा खाली विचार गर्नु पर्ने कुरा के हो भने को व्यक्तिको लागि बोल्दै छ र को समग्र जनताको लागि बोल्दैछ भन्ने कुरा प्रधान हो। रिपब्लिकन वा डेमोक्र्याट कसले जित्दा आफ्नो दुनो सोझिन्छ भन्नेहरु पनि यो भेलमा होलान तर मूल कुरा अमेरिकालाई सबैको बनाउने वा केहीको बनाउने भन्ने नै हो।
यो चुनाबका खास गरि ४ वटा प्रमुख मुद्धाहरु छन्। गैर कानुनि आप्रबशिको समस्या कसरि हल गर्ने, अर्थतन्त्रलाइ कसरि बलियो र भरपर्दो बनाउने, विदेश नीति कस्तो अंगिकार गर्ने र अदालतमा कस्तो न्यायाधिश नियुक्ति गर्ने। यसमा डोनाल्ड ट्रंप र हिलारी क्लिन्टनको बिपरित धारणा देखिन्छ। यी मुद्धाहरुमा तपाईं कहाँ हुनुहुन्छ र कसले तपाईंको प्रतिनिधित्व गर्न सक्छन भन्ने तपाईंहरु आफै तुलना गर्नुस।
हिलारी क्लिन्टन
आप्रबासी समस्या
भनिन्छ, अमेरिकामा करिब १२ मिलियन गैरकानुनि आप्रबासी छन्। तीनलाई अब लखेट्न सम्भव छैन। १२ मिलियन गैर कानुनि आप्रबासीका ४ मिलियन छोराछोरी छन् जो अमेरिकामा नै जन्मेका छन्। अब गैर कानुनि सबैलाई उनीहरुको देश फर्काउँदा परिवार बिखन्डन हुन्छ। कुनै खालको अपराधमा संलग्न छैन, जरिवाना तिर्छ भने यिनीहरुलाई नागरिक हुने अधिकार सहित कानुनि दायरामा ल्याउनु पर्छ। सीमामा कडाई गर्नुपर्छ तर पर्खाल लगाउनु हुँदैन।
अर्थतन्त्र
धनीलाई कर बढाउनु पर्छ। सुध्रेको अर्थतन्त्रबाट धनीले फाइदा लिएका छन्, त्यसको जायज अंश राज्यलाइ बुझाउनु पर्छ। धनिबाट उठाएको करको रकम सामाजिक सुरक्षामा खर्च गर्नु पर्छ। बार्षिक दुइ लाख पचास हजार भन्दा कम कमाउने बिद्यार्थीको लागि निशुल्क कलेज हुनुपर्छ। धनि झन् धनि बन्दै जाने र गरिब झन्झन् गरिब बन्ने क्रम रोक्न मध्यम र न्यून बर्गलाई करमा छुट दिनु पर्छ। न्युनतम ज्यालादर समयानुकुल परिबर्तन गर्नु पर्छ। महंगी बढेर आकास छुँदा तलब जस्ताको तस्तै स्वीकार्य छैन। बृद्ध, अशक्त र बालबालिकाको कल्याणको लागि सरकारले काम गर्नु पर्छ।
बिदेस नीति
हाम्रा हितैषी देशहरु संग सहकारी जारी राख्नु पर्छ । रसियालाइ साइजमा ल्याउनु जरुरि छ। नेटो, साउदी अरेबिया, कोरिया, जापान जस्ता मुलुकलाइ हामी सहयोग जारि राख्नु पर्छ। विपदमा परेका सिरियाका केहि शरणार्थीलाइ मानबिय व्यवहार गरेर शरण दिनु पर्छ। इराक युद्धमा गरिएको गल्ति फेरी दोहोर्याउन हुन्न। अमेरिकामा रहेका सम्पूर्ण धार्मिक र अन्य समुदायलाई राष्ट्रिय मुलधारमा ल्याउनु पर्छ। उनीहरुको क्षमता प्रयोग गर्दै आतंक मच्चाउनेहरुलाई पराजित गर्न उनीहरुको सहयोग लिनु पर्छ।
न्याधिश नियुक्ति
न्यायाधिश सबैको लागि न्याय दिने खालको हुनुपर्छ। साथसाथै बदलिँदो परिस्थिति अनुसार संबिधान व्यख्या गर्न सक्ने खालको नियुक्ति गर्नु पर्छ। संविधानको ब्याख्या जडबत भएर होइन गतिशील भएर गर्न सक्ने खालको ल्याउनु पर्छ। सामाजिक समस्याहरुमा निर्णय दिंदा युग सुहाउँदो, संसार सुहाउँदो, अल्पमत र कम्जोर व्यक्तिहरुको पनि आवाज प्रतिबिम्बित गर्न सक्ने खालको न्यायाधिश हुनुपर्छ। दोश्रो संसोधनको ब्याख्या, गर्भपतन आदिमा आम नागरिकको चासो सम्बोधन गर्न सक्ने खालको न्यायाधिश हुनु पर्छ। हाडनाता करणी र इच्छा बिपरितको गर्भाधान एबम आमाको ज्यान जोखिममा रहेको अबस्थामा आमाको इच्छा अनुसार गर्भपतन गर्न पाउने व्यवस्था गर्न सक्ने न्यायाधिश जरुरि छ । हतियार बोक्ने स्वतन्त्रताको नाउँमा अपराधीको हातमा बन्दुक नजाओस भनेर दोश्रो संसोधनको ब्याख्या गर्ने न्यायाधिश नियुक गर्नुपर्छ।
डोनाल्ड ट्रंप
आप्रबासी समस्या
अहिले रहेका १२ मिलियन सबै गैर कानुनि आप्रबासीलाइ उनीहरुको देश फिर्ता पठाउनु पर्छ । मेक्सिकोको बोर्डरमा एक हजार माइल लामो सुन्दर ढोका सहितको पर्खाल बनाउनु पर्छ ताकि कसैले सिमाबाट अनधिकृत रुपमा प्रवेश गर्न नपाउन। सिरियाका कुनै नागरिकलाई यहाँ शरण दिनु हुन्न किन भने उनीहरु आतंककारी हुनसक्छन। मुस्लिमहरुलाई अमेरिका छिर्नबाट बन्देज लाउनु पर्छ। आप्रबासीले गरेका अपराधले अमेरिका ग्रस्त छ, तिनीहरुलाई कुनै हालतमा फिर्ता पठाउनु पर्छ।
अर्थतन्त्र
धनीलाई करमा छुट दिनु पर्छ। लगभग आधा जनसंख्याले फेडेरल कर तिर्दैनन, तिनलाई पनि तिर्न लाउनु पर्छ। धनीलाई करमा छुट दियो भने उनीहरुले उद्योग खोल्छन र रोजगारी वृद्धि हुन्छ। अहिले रहेको न्युनतम ज्यालादर र ओभर टाइम दिनुपर्ने व्यवस्था परिबर्तन गर्नु पर्छ। सबै कुरा बजारलाइ छोडिदिनु पर्छ।
विदेश नीति
अमेरिकाले सहयोगी देशहरुलाई दिंदै आएको रकम तुरुन्त बन्द गर्नु पर्छ। नेटोले आफ्नो सुरक्षा आफै गर्नु पर्छ। रसियासंग मिलेर आइसीस पराजित गर्नु पर्छ। साउदी अरेबिया, कोरिया, जापानले आफ्नो सुरक्षा आफै गर्नुपर्छ र त्यहाँ रहेका अमेरिकी सेनाको भरणपोषणको व्यवस्था गर्नु पर्छ। इरानसंग गरिएको सम्झौता तोड्नु पर्छ। अलायन्सको नाममा अरुलाई पैसा दिन सकिन्न।
न्यायाधिश नियुक्ति
न्यायाधिश संविधानको अक्षरश ब्याख्या गर्ने खालको हुनुपर्छ। समय सापेक्ष हुने नाउमा संविधानको जथाभावी ब्याख्या गर्ने मान्छे ल्याउन हुन्न। गर्भपतन गराउन पाउनु हुन्न। जुनसुकै अबस्थामा पनि गर्भपतन गैरकानुनि बनाउनु पर्छ। बन्दुक बोक्न पाउनु पर्छ। यो स्वतन्त्रतालाई खोस्न बनाइने कुनै बहाना स्वीकार्य छैन।
यिनी र यस्तै धेरै कुराहरु छन् जसले हामी आप्रबासीलाइ पनि प्रतक्ष र परोक्ष रुपमा असर पार्छन। यसले हाम्रो वर्तमान मात्र भविस्य समेत असर पार्नेछ। तपाईं कस्तो समाज चाहनुहुन्छ, त्यहि अनुसार आफ्नो उम्मेदवार चुन्नु राम्रो हुन्छ।
अमेरिकामा अहिलेको चुनाब भनेको म भन्ने र हामी भन्ने बिचको हो। यदि तपाईं म मा विश्वास गर्नुहुन्छ भने अबस्य डोनाल्ड ट्रंप तपाईंको रोजाइ हुन्। करोड पति भएर पनि कर नतिर्ने, बिभिन्न कम्जोर छिद्र प्रयोग गरेर कर नतिर्नुलाइ आफ्नो चातुर्य ठान्ने ट्रंप गैर कानुनि धन आर्जन गर्ने र त्यसको कर नतिर्न चाहने, आफ्नो लागि काम गर्नेहरुको श्रम शोषण गर्नेहरुको पनि आदर्श व्यक्ति हुन सक्छन। पैसा वालाले जे गरे नि हुन्छ भन्ने गहिरो मानसिकता भएका ट्रंप तालुमा आलु फलेर धनि भएका नेपाली नब धनाड्यहरुको प्रेरणाको श्रोत हुनु उनीहरुको अल्पज्ञानको उपज हो। दुइचार पैसा कमाउदैमा मै हुँ भन्ने केहि नेपाली आप्रबासी पनि त्यता ढल्किनु असामान्य होइन।
यदि हामीमा विश्वास गर्नु हुन्छ भने हिलारीलाइ जिताउनु पर्छ। गरिबको लागि सरकारले हेर्नु पर्छ, अल्पसंख्यकको लागि सरकारले बोल्नु पर्छ। बच्चा, असहाय, बृद्ध र शरणार्थी प्रति सद्भाव र सहयोग गर्नुपर्छ। मान्छे कहिलेकाहीं परिस्थितिले गरिब र अशक्त हुन सक्छ, उसलाई समाज र सरकारले बाँच्न सक्ने बाताबरण दिनुपर्छ। शिक्षा र स्वास्थ्य जस्ता कुराहरु सरकारले हेर्नु पर्छ । गरिब बिद्यार्थीले पनि पढ्न पाउनु पर्छ। यी र यस्तै कुरा चाहनु हुन्छ भने डेमोक्रेट पार्टी तपाईंको रोजाइ हुनसक्छ।
त्यसो त व्यक्तिगत रुपमा यी दुवै उम्मेदवारहरु अमेरिकी जनताको नजरमा राम्रा छैनन् । तर एकजना चुन्नै पर्ने बाध्यतामा रहेका जनताको लागि चुनाब आउन २ हप्ता बाँकी रहंदा लगभग कसलाई हाल्ने भन्ने कुरा निर्णय गरिसकेको देशभरिका विभिन्न सर्बेक्षणले स्पस्ट संकेत गरिसकेका छन्। (लेखनाथ गौतम)