खाए खा नखाए घिच डट कम

हे अगत्स्य मुनि मैले सारा संसार, सत्य, त्रेता, द्वापर अनि कलियुगको बारेमा पनि बताइसकें। कलिमा मान्छे कसरी बिचलित हुनेछ र संसार  ध्वस्त हुनेछ भन्ने पनि तपाईंलाइ सविस्तार बर्णन गरिसकें। अब बाँकी सुन्न के इच्छा छ, भन्नुहोस। कुमार जी का यस्ता बचन सुनेर अगत्स्य मुनि भन्नु हुन्छ, हे कुमार तपाईंले मलाई धन्य बनाउनु भयो। मैले संसाररुपी यो सागरमा जन्म लिएको साकार भयो। तिन त्रिलोक, चौध भुवन अनि सबै युग अनि यसमा मनुस्य र भगवानको सम्बन्ध अनि मुक्तिको मार्ग बारे पनि हजुरका मुखारबिन्दबाट सुनें। तपाईं धन्य हुनुहुन्छ। अन्त्यमा मलाई अहिले कलियुगमा चलिरहेका अनलाइनको बारेमा जान्ने बडो इच्छा छ। यी अनलाइन कसरी चल्छन, यिनले के के गर्छन अनि यिनको उद्देश्य के हो, प्रस्ट हुन पाए पृथ्वीबासि बिशेष गरि अत्यन्त सुन्दर भएर पनि अत्यन्त पछाडी परेको नेपालबासीको कल्याण हुने थियो।

हे अगत्स्य मुनि, तिमि धन्य रहेछौ। मैले तिमीलाई सारा कुरा भने पनि यो कुरा छुटेको भए हाम्रो यत्रो बार्तालाप अपुरो हुन्थ्यो। इन्टरनेटको दुनियाँ छ अहिले पृथ्वीमा। सबैको हातमा मोबाइल छन्, सबैको घरमा कम्पुटर छन्। मानब जातिको कल्याणको लागि भनेर भगवानले रचना गरेर पृथ्वीमा पठाउनु भएको त्यो साधन धेरै दुरुपयोग भएको छ। यसमा भगवान आफै अत्यन्त चिन्तित होइबक्सिञ्छ। ब्यबस्थित गर्न सुझाइएको उपायहरुले पनि काम गरिराखेका छैनन्। त्यसमाथि नेपाल भन्ने त्यो सानो देशमा त झन् भद्रगोल छ। राजनीति स्थिर छैन, नेता गतिला छैनन्। फलस्वरूप मनपरी तन्त्र छ। खान नापुग्नेहरुको हातमा लाख पर्ने मोबाइल थमाइएको छ। बाटोघाटो छैन तर सुचनाको भारिले मान्छे थिचिएर थला परिसके। यहि मेसोमा अनलाइन धेरै खुले। तपाईंले भने अनुसार तिनीहरु कसरी चल्छन, किन चल्छन भनेर बिस्तारमा भन्छु, ध्यानपुर्बक सुन्नुहोस र नेपाल मण्डलमा गएर यसलाई सुनाउनु होस् ताकि नेपाली जातिले यिनको अन्तर्य बुझेर सोहि अनुसार व्यवहार गर्न सकुन 

1157564_582974065075368_888937055_n

अनलाइन त धेरै छन् तर म एउटा अन्लाइको कथा भन्छु, सुन। अरुले पनि त्यहि फर्मुला प्रयोग गर्छन। केहि बाहेक धेरै अनलाइनको सिद्धान्त त्यहि हो। मैले भन्न लागेको अनलाइनको सविस्तार सुने पछि यसका गुणहरु धेरै थोरै सबैमा भेट्न सक्नु हुनेछ। त्यो अनलाइनको नाम “खाए खा, नखाए घिच डट कम” हो। नामै हेर्दा पनि यसको छनक पाउन सकिन्छ तर “नाम मे क्या रखा है” भन्ने हो भने यसका चर्तिकला मैले सविस्तार भन्दछु। यो अनलाइनले जस्तो नगर्नेहरुले खुट्टा नउचालून। आफ्नो मिहिनेतले चल्नेहरु चलिरहुन। तिनीहरुले समाजलाई केहि दिन्छन, दिइरहुन्। खाए खा नखाए घिच डट कम र यो जस्तै अरु अनलाइन पनि सुध्रुन।अब मैले खाए खा नखाए घिचको बारेमा बिस्तारमा भन्छु, एकचित्त लगाएर सुन्नु हवस् ।
यो अनलाइन रहर र लहडले स्थापना भएको हो। यसको खासै उद्देस्य पनि छैन। पास्नी र जन्मदिनका फोटो हालेर यसको शुरुवात गरिएको थियो। अन्नादाताहरुको थोपडा देखाउनैको लागि यो अनलाइनले धेरै समय खर्चेको छ। महत्वपूर्ण बिषयमा यसको कलम चल्दैन। कसैलाई उचाल्नु अनि कसैलाई पछार्नु यसको बिशेषता हो । यो परिश्रम, गुणस्तरमा पटक्कै बिस्वास गर्दैन। कसैको भक्ति भजन गरेर यसले आफ्नो चारो जम्मा पार्छ। यसको आफ्नो उत्पादन छैन, अरुको उत्पादन चोरेर बेच्ने गर्छ।
खाए खा नखाए घिच डट कम को आफ्नो समाचारको कुनै श्रोत छैन। अरुले दुख गरेर लेखेको कुरा सगर्व कपि गर्छ। कपि गरेर पनि साभार गरेको भनेर लेख्दैन, आफ्नै नाममा छपाउँछ। कसैलाई दुइटा फोटो पठाउन भन्छ, अर्को अनलाइनमा जान्छ अनि कपि गर्छ, त्यसका बाक्यहरु तलमाथि पार्छ। लेखेका बाक्य तलमाथि पार्दैमा त्यो आफुले लेखेको हुँदैन भन्ने त्यसलाई थाहा त छ तर लाज पचाएर साभार नगरी हालिदिन्छ। भाषा मिलाउन त खोज्छ तर त्यो सजिलै चिप्लिन्छ। उसलाई लेख्दा हुने मिहिनेतको मुल्य थाहा छैन।किनभने उसले लेख्ने मिहिनेत गर्न सक्दैन, अर्कैको पसिनामा पौडी खेल्न उसलाई मज्जा लाग्छ । अनि अर्काले लेखेको कुरा बिना अनुमति  छापेर ठुलो मान्छे बनेको भ्रम पाल्छ। उसलाई थाहा छैन, त्यो संधै टिक्दैन भनेर।
यसको अर्को रोग सामाजिक संजालको दुरुपयोग गर्नु हो। सामाजिक संजालमा अप्रासंगिक बिषयमा पनि दुनियाँलाइ ट्याग गरेर हैरान पार्छ। नानाथरिका समुहमा यो सदस्य छ। अनि आफ्ना कुहेका समान बेच्ने थलो त्यसैलाई बनाउँछ। आफ्नो गुणस्तर र काममा बिस्वास नगरी समुहमा लगेर जबर्जस्ति आफ्ना समाचार घिचाउन खोज्छ। उसलाई थाहा छ, उसको अनलाइन कसैले टाइप गर्दैन। उसलाई थाहा छ, नाघिचाए सम्म उसको कुहेको समान कसैले खाँदैन भनेर। भाइबर देखि फेसबुक सम्म लगेर चोरेको उत्पादन बेच्नु उसको धर्म हो। आफ्नो मौलिक उत्पादन उसको छैन। आफ्नो संजालमा केहि मान्छे समाबेश गरेको छ जसले उसलाई कहिले काहीं लेखेर सहयोग गर्छन। ती बिचराहरुले कहिल्यै केहि पाउँदैनन्। प्रयोग हुन्छन, अनि फालिन्छन रित्तिएपछि।
खाए खा नखाए घिच डट कम जस्ता धेरै अनलाइन छन् नेपाल र नेपाली बस्ने विभिन्न देशमा। यिनको काम सूचना दिनु भन्दा भ्रम पार्नु हो। नेपाली जनले त्यो कुरा जति छिटो बुझ्छन, त्यति छिटो यिनी बन्द हुन्छन। कति त बन्द पनि भैसके, कति हुँदै छन्। त्यसैले हे अगत्स्य मुनि तपाईं पृथ्वी लोकमा गएर यी अनलाइनको बारेमा नेपाली जनलाई सविस्तार सुनाउनु। अगत्स्य मुनि भन्नु हुन्छ, हुन्छ म अब हजुरले भने जस्तै गर्छु। अर्काले लेखेको कपि गरेर साभार नगरी हाल्ने, काम गर्नेलाई जस नदिने, आफ्नै नाम ठुलो बनाउन खोज्ने, मिहिनेत होइन षड्यन्त्रमा विश्वास गर्ने, सामाजिक संजालमा जबर्जस्ति आफ्नो उत्पादन घिचाउने अनलाइनहरुलाई चिन्न नेपाली जनलाई सुचित गर्छु। खाए खा नखाए घिच जस्ता अनलाइन जुन दिन नेपली जनले कुरो बुझ्लान, त्यहि दिन ती अनलाइन बन्द होलान अनि नेपाली जनले सुखपुर्बक बाँच्न पाउलान।

यति भनेर अगत्स्य मुनि अन्तर्ध्यान भै नेपाल मण्डल अनि नेपाली जनहरु भए तिर लाग्दा भए।

सम्बन्धित समाचार

टिका पौडेलको सहयोगमा एनएसटीले कार्यक्रम आयोजना गर्ने

डालस, टेक्सास। युलेस सिटिको सिटि काउन्सिल पदका उम्मेदवार टिका पौडेलको चुनावी अभियानलाइ सघाउन नेपाली समाज टेक्सासले मार्च २१ आइतबार एक…

एनआरएनमा सहि मान्छे पहिल्याउने समय यहि हो, ढिला गरे पछुताउनु पर्छ

एनआरएन अमेरिकाको २०२१-२३ निर्बाचन संघारमा छ। सदस्य बनाउने अभियान सकिएको छ। यतिबेला सामाजिक संजालमा उम्मेद्वारीको लर्को लागेको छ। कोहि केहि…

बृहद डालस एसियन समुदायमा नेपालको पहिचान प्रस्तुत

बृहद डालस एसियन अमेरिकन च्याम्बर्स अफ कमर्सले आफ्नो बार्षिक एसियन फेस्टिवल सम्पन्न सम्पन्न गरेको छ । एसियन फेस्टिवलमा एसियामा अवस्थित…

एचडीएनपीको “चन्दा संकलन रात्रिभोज” डिसेम्बर १ मा हुने

डालस, टेक्सास। बिगत लामो समय देखि अमेरिकाको डालसमा सक्रिय “अति आबस्यकहरुको लागि सहयोग” अर्थात् एचडीएनपीले आगामी डिसेम्बर १ तारिकमा एक…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907