डोनाल्ड ट्रंप थप समस्यामा
अघिल्लो हप्ता वाशिंगटन पोस्टले डोनाल्ड ग्रंपको २००५ को अडियो भिडियो सार्बजनिक गर्यो। त्यो भिडियोमा उनले ठुलो वा धनि भए पछि कसरि महिलालाइ जे पनि गर्न सकिन्छ भनेर भनेका थिए। धेरैले सोचेका थिए, अब ट्रंप सिद्धिए तर त्यो भएन। उनि हिलारी संग गएको आइतबार बहसमा भाग लिए। उल्टै बिल क्लिन्टनको कुरा तेर्साएर उनले आफ्नु चोखो भएको र त्यो कोठाभित्रको कुरा हो भनेर पन्छिए।
हिजो फेरी अर्को भिडियो सार्बजनिक भयो। जसमा उनले सानी बालिकालाई इंगित गर्दै १० बर्ष पछि उनि संग डेटिङ्ग गर्ने कुरा गरेका छन्। सिबिएस टेलिभिजनसंग रहेको त्यो भिडियो सार्बजनिक भए पछि अहिले त्यसको पक्ष र बिपक्षमा बहस हुने क्रम जारि छ। कसैले यसलाई उनको महिला र बालबालिका माथिको हेर्ने दृस्टीकोण नै खराब छ भने उनका सरोगेटहरु खास मुद्धा पन्छाउन मिडिया द्वारा रचिएको प्रपन्च भन्छन। आफ्नै छोरीको बारेमा त आपत्तिजनक टिप्पणी गर्ने ट्रंपले अरुको बिषयमा के र कस्तो टिप्पणी गर्लान, त्यो अनुमान गर्न गाह्रो छैन ।
चुनाब हुनु भन्दा २५ दिन अघि सार्बजनिक भएको यो सामग्रीले डोनाल्ड ट्रंप नैतिक रुपमा रास्ट्रपति हुन लायक छैनन् भन्ने स्पस्ट भएको छ । आर्थिक, सामाजिक र अन्य मुद्धाहरुमा बहस गर्न सकिए पनि नैतिक कुरा पक्कै प्रमुख भएर आउँछ। त्यसैले लाग्छ, डोनाल्ड ट्रंप आफ्नै पहिलेका कर्तुतहरुका कारण गम्भीर समस्यामा परेका छन्।