ट्रंप र हिलारीको आज साँझ तय भएको बहस अनिश्चित

आज राति अमेरिकाको पुर्बी समय अनुसार ९ बजे, केन्द्रिय समय अन्सुअर ८ बजे र प्यासिफिक समय अनुसार ६ बजे दुइ राष्ट्रपतिका उम्मेदवार बीच बहस हुने तय भएको छ। रिपब्लिकन पार्टीको तर्फबाट डोनाल्ड ट्रंप र डेमोक्रेटिक पार्टीको तर्फबाट हिलारी क्लिन्टनले उक्त बहसमा भाग लिंदै छन्। मिजौरिको वाशिंगटन बिस्वबिध्यालयमा हुने बहसमा सिएनएनका एन्डरसन कुपरले सहजकर्ताको काम गर्नेछन । तर अन्तिम समयमा यो बहस अनिश्चित बनेको छ।

photo

शुक्रबार वाशिंगटन पोस्टले ट्रंपको २००५ को अडियो प्रसारित गरे पछि अहिले ट्रंप रक्षात्मक मात्र होइन उम्मेद्वारी फिर्ता गर्नु पर्ने दबाब झेलिरहेका छन्। उक्त अडियोमा ट्रंप यति तल्लो स्तरमा गएर बोलेका छन् कि अब उनको रास्ट्रपतिय यात्रा लगभग अन्त्य भएको देखिन्छ। त्यसो त बिगतमा महिलाहरुको बारेमा उनले धेरै अपमानजनक कुरा बोल्दै आएका थिए तर बिभिन्न कारणबश बच्न सफल भएका थिए। तर यसचोटी उनले बोलेको त्यो अडियो एउटा सामान्य मान्छेले पनि बोल्न नहुने खालका छन्। मिस युनिभर्स अलिसिया मचादो बारेका घिनलाग्दा टिप्पणी पनि मतदाताले पचाउँदै आएका थिए।trump-speaking

अर्को तिर हिलारी क्लिन्टन पनि इमेल र वाल स्ट्रिटमा दिएको भाषण बाहिर आए पछि रक्षात्मक अबस्थामा छन्। तर ट्रंपको भन्दा उनको गल्ति क्षम्य हुन सक्ने खालको देखिन्छ। अडियो सार्बजनिक भए पछि ट्रंपले ९० सेकेन्डको भिडियो सार्बजनिक गर्दै माफी मागेका छन् र उक्त कुराले आफुलाई प्रतिनिधित्व गर्दैन भनेका छन्। तर जे भए पनि एउटा देशको प्रमुख हुन तयार व्यक्तिको लागि त्यो बोलि र बार्ता सुहाउने कुरा होइन। आज हुने भनिएको बहसमा यो कुरा प्रवेश गर्ने छ र उनि त्यसको जवाफ दिन सक्ने अबस्थामा छैनन्। कतिपय उनका सरोगेटहरु बिल क्लिन्टन र मोनिका लेभेन्सकीको मुद्धा, इमेलको मुद्धा र वाल स्ट्रिटमा उनले दिएको भाषणको मुद्धा उठाएर क्षतिपुर्ति भर्ने मौकामा भए पनि यो अडियोले उनका कुनै अस्त्र काम नलाग्ने देखिन्छ। यस्तो अबस्थामा ट्रंप आजको बहसमा भाग नलिने सम्भावना पनि उत्तिकै छ। रिपब्लिकन पार्टीका माथिल्लो तप्काका नेताहरुले उनलाई चुनाबी अभियान रद्ध गर्न सुझाव र दबाव दिएका छन् भने दर्जनौ प्रतिनिधि सभाका सदस्यहरुले उनलाई दिएको समर्थन फिर्ता गर्दै कटु आलोचना गरेका छन्। यस्तो अबस्थामा जेनतेन अटेर गरि अघि बढे पनि ट्रंप अब रास्ट्रपति बन्न भने असम्भव जस्तै देखिएको छ। त्यति राम्रो बिगत नभए पनि हिलारी नै अहिलेको अबस्थामा सर्बसम्मत उम्मेदवार बनेकी छिन।

सम्बन्धित समाचार

टिका पौडेलको सहयोगमा एनएसटीले कार्यक्रम आयोजना गर्ने

डालस, टेक्सास। युलेस सिटिको सिटि काउन्सिल पदका उम्मेदवार टिका पौडेलको चुनावी अभियानलाइ सघाउन नेपाली समाज टेक्सासले मार्च २१ आइतबार एक…

एनआरएनमा सहि मान्छे पहिल्याउने समय यहि हो, ढिला गरे पछुताउनु पर्छ

एनआरएन अमेरिकाको २०२१-२३ निर्बाचन संघारमा छ। सदस्य बनाउने अभियान सकिएको छ। यतिबेला सामाजिक संजालमा उम्मेद्वारीको लर्को लागेको छ। कोहि केहि…

बृहद डालस एसियन समुदायमा नेपालको पहिचान प्रस्तुत

बृहद डालस एसियन अमेरिकन च्याम्बर्स अफ कमर्सले आफ्नो बार्षिक एसियन फेस्टिवल सम्पन्न सम्पन्न गरेको छ । एसियन फेस्टिवलमा एसियामा अवस्थित…

एचडीएनपीको “चन्दा संकलन रात्रिभोज” डिसेम्बर १ मा हुने

डालस, टेक्सास। बिगत लामो समय देखि अमेरिकाको डालसमा सक्रिय “अति आबस्यकहरुको लागि सहयोग” अर्थात् एचडीएनपीले आगामी डिसेम्बर १ तारिकमा एक…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

युलेस टेक्सासमा दशैं तिहार मैत्रीपूर्ण भलिबल सम्पन्न

डालसमा अक्टोबर १८ शुक्रबार रिदम नाइट हुँदै

दशैंको सांस्कृतिक महत्व र वर्तमानमा यसको सान्दर्भिकता

मोमो फेस्टिबल २०२४ नोभेम्बर २ मा भव्य रुपमा हुँदै

चाम्स निर्देशित ‘अञ्जिला’का लागि गीतकार अधिकारीले लेखे शब्द




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907