बिजय दशमी २०७३ को हार्दिक मंगलमय शुभकामना

दश दिन र नौ रात सम्म दुर्गा माता महिषाशुरसंग लडाइ गरिन। त्यो दैत्यले समाजमा अशान्ति फैलाएको थियो। सोझा साझा सर्बसाधारणलाइ अत्यन्त दुख दिएको थियो। शक्तिको दुरुपयोग गर्दै धेरैलाई सताएको थियो। उसको पापको घडा भरिइसकेको थियो। दश दिन र नौ रातको लडाईंमा देवी दुर्गाले विजय प्राप्त गरिन। त्यहि खुसियालीमा नवदुर्गा पुजा तथा दशैं मनाउन शुरु गरिएको हो।बिजया दशमीको शुरुवात हुनुमा यस्ता अन्य थुप्रै प्राचिन कथाहरु छन्। यो खालि एउटा दैत्य माथिको बिजया वा दैत्य बध मात्र हो भनेर बुझ्नु मनासिब होइन। यसको बृहद क्षेत्र छ। यसलाई कतिपयले खसी चपाउने चाडको रुपमा पनि अपव्याख्या गर्ने गर्छन।

 

दशैँ असत्य माथि सत्यको विजय, अज्ञान माथि ज्ञानको विजय र आसुरी प्रवृति माथि दैबी शक्तिको बिजयको प्रतिक हो। यो प्रवृति माथिको विजय हो जुन हाम्रो मन भित्र बिभिन्न तरिकाले रहेको हुन्छ। हामी भित्रको अज्ञानता, कुण्ठा, आसुरी प्रवृति, असत्य रहेसम्म साँच्चिकै को दशैँ मानेको मान्न सकिन्न। त्यो त एउटा परम्पराको निर्बाह गरेको मात्र हो जुन हाम्रा बुवाआमा वा हजुरबा हजुरआमाले गर्नु भएको थियो।

dashai

कतिपयलाई लाग्छ, दशैं खसी खाने चाड हो। यो खसी खाने चाड होइन। अज्ञानतालाई बध गर्ने नाममा केहि मिठो चाहिने जिब्रो भएकाहरुले शुरु गरेको परम्परा हो। यो त हामी भित्रको पशु अर्थात् अज्ञानलाइ बध गरेर ज्ञान हाँसिल गर्ने चाड हो। हिन्दु धर्म आफैमा हिंसा बिरोधि हो। यसले हिंसाको कहिल्यै पनि वकालत गर्दैन। हिंसाबाट ग्रस्त समाजलाई मुक्त गर्न आफै भगवान आउनु भएको कुरा हिन्दु धर्मग्रन्थहरुमा पाइन्छ।

मान्छे योगी बाट भोगी हुँदै गएको अबस्थामा यसलाई पूर्ण रुपमा बन्द गर्न सकिन्न। तर हामीले कमसेकम सामाजिक संजालहरुमा मृत खसी वा अन्य जनावरको फोटो, कतिपयले त खसी ढाल्दै गरेको फोटो, रगत आदि राख्नु राम्रो होइन। त्यसले हामीमा रहेको शान्तिको भावनालाई छायाँमा पार्छ। हामि जे होइनौ, त्यो किन हुने ? पक्कै पनि हरेक समुदायले आफ्नै तरिकाले जनावरको हत्या गरेकै छन्। त्यसको अर्थ हामीले पनि गर्नु पर्छ भन्ने छैन। सकिन्छ पशु बध नगरौं, सकिन्न सामाजिक संजालमा फोटो नराखौं। बरु शब्दले व्यक्त गरौँ, फोटो सकेसम्म त्यस्ता कुराहरुको राख्दै नराखौं।

बिजय दशमी २०७३ को यो पावन अबसरमा हामी सबैलाई राम्रो नराम्रो छुट्ट्याउने, राम्रोको पक्षमा दह्रो संग उभिने र नराम्रो कुराको बिरोध गर्ने, अज्ञानता त्याग्ने र ज्ञान मार्गमा लाग्ने, आसुरी प्रवृति त्याग्ने र दैबी प्रवृति अंगाल्ने, सत्यको बाटो लिने र असत्य बाटो छोड्ने प्रेरणा मिलोस। तपाईं हामीले सोंचेका सम्पूर्ण असल चाहनाहरु पुरा होउन। अरुको लागि केहि गरूँ भन्ने इस्वरिय भावना पलाओस। यहि नै शुभकामना छ हामी युएस एंड नेपाल अनलाइनको सम्पूर्ण टीमको तर्फबाट।

सम्बन्धित समाचार

टिका पौडेलको सहयोगमा एनएसटीले कार्यक्रम आयोजना गर्ने

डालस, टेक्सास। युलेस सिटिको सिटि काउन्सिल पदका उम्मेदवार टिका पौडेलको चुनावी अभियानलाइ सघाउन नेपाली समाज टेक्सासले मार्च २१ आइतबार एक…

एनआरएनमा सहि मान्छे पहिल्याउने समय यहि हो, ढिला गरे पछुताउनु पर्छ

एनआरएन अमेरिकाको २०२१-२३ निर्बाचन संघारमा छ। सदस्य बनाउने अभियान सकिएको छ। यतिबेला सामाजिक संजालमा उम्मेद्वारीको लर्को लागेको छ। कोहि केहि…

बृहद डालस एसियन समुदायमा नेपालको पहिचान प्रस्तुत

बृहद डालस एसियन अमेरिकन च्याम्बर्स अफ कमर्सले आफ्नो बार्षिक एसियन फेस्टिवल सम्पन्न सम्पन्न गरेको छ । एसियन फेस्टिवलमा एसियामा अवस्थित…

एचडीएनपीको “चन्दा संकलन रात्रिभोज” डिसेम्बर १ मा हुने

डालस, टेक्सास। बिगत लामो समय देखि अमेरिकाको डालसमा सक्रिय “अति आबस्यकहरुको लागि सहयोग” अर्थात् एचडीएनपीले आगामी डिसेम्बर १ तारिकमा एक…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

युलेस टेक्सासमा दशैं तिहार मैत्रीपूर्ण भलिबल सम्पन्न

डालसमा अक्टोबर १८ शुक्रबार रिदम नाइट हुँदै

दशैंको सांस्कृतिक महत्व र वर्तमानमा यसको सान्दर्भिकता

मोमो फेस्टिबल २०२४ नोभेम्बर २ मा भव्य रुपमा हुँदै

चाम्स निर्देशित ‘अञ्जिला’का लागि गीतकार अधिकारीले लेखे शब्द




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907