कुण्डलिनी वेण्डलिङ् को हुन् ?
हिजो मैले कुण्डलिनी वेण्डलिङ्को केहि फोटोहरु प्रस्तुत गरेको थिएँ। आज उनको सक्षिप्त पारिबारिक पृष्ठभूमि प्रस्तुत गरेको छु। नेपाली समाज र नेपाल प्रतिको उनको गहिरो श्रद्धा, रुची र भावनाले गर्दा मैले उनलाई यहाँ प्रस्तुत गरेको छु। उनको समाजसेवाको रुचिलाई हामीले नेपालको हितमा अलिकति पनि संग्लग्न गराउन सक्यौं भने पक्कै राम्रो हुनेछ भन्ने उद्देश्य हो। छोटकरीमा कुण्डिलिनि वेण्डलिङ् :
नाम : कुण्डलिनी इश्वरी वेण्डलिङ्
दिक्ष (ग्राजुएसन) : २०११, टेक्सास प्राबिधिक बिस्वबिध्यालय
दिक्ष (ग्राजुएसन) : २०१६, मोडेलिंग स्कूल
आमाको नाम: रत्ना अधिकारी वेण्डलिङ् (जन्म काठमाडौँ)
बुबाको नाम: केनेथ एलिस
हाल दुवै जना लबकमा बस्नु हुन्छ र क्याश फर गोल्ड भन्ने गहन पसल चलाउनु हुन्छ ।
कुण्डलिनीका एक दाइ छन्। उनको नाम कन्हैया एलिस वेण्डलिङ् हो। साथै भाउजु अप्सरा घिमिरे वेण्डलिङ् र भतिजी कल्याणी एलिना वेण्डलिङ् छिन। त्यस्तै बहिनि कुलीन एलिजाबेथ वेण्डलिङ् छिन ।
कुण्डलिनीको आमा तर्फको हजुरबुबाको नाम कल्याण बिक्रम अधिकारी हो, जो दिबंगत भैसक्नु भएको छ। उहाँ राजा महेन्द्र र बिरेन्द्रको प्रमुख सचिव हुनुहुन्थ्यो। उहाँले एसियाली बिकास बैंकको फिलिपिन्समा रहेको कार्यालयको पहिलो नेपाली निर्देशक भएर काम गर्नु भएको थियो। त्यस्तै उहाँ नेपाल राष्ट्र बैंकको सातौँ गभर्नर हुनुन्थ्यो र उहाँले सन् १९७९ देखि १९८४ सम्म उक्त पदमा रहेर काम गर्नु भएको थियो।
त्यस्तै आमातर्फको हजुरआमाको नाम कान्तिस्वरी अधिकारी थियो जुन नाम हजुरबाले बिबाह पश्चात राखिदिनु भएको थियो किनभने हजुरआमाको माइतिको नाम प्रेक्षा राज्य लक्ष्मी राणा थियो जुन अलि राजकीय लाग्थ्यो।
कुण्डलिनीका बुबातर्फका हजुरबुबाको नाम जोन लार्केन वेण्डलिङ् थियो जो अमेरिकन सेनामा कार्यरत हुनुहुन्थ्यो। हजुरामाको नाम ग्लोरिया पट्रिसिया वेण्डलिङ् थियो र उहाँ पनि कुण्डलिनी जस्तै मोडेलिंग गर्नु हुन्थ्यो जसमा उहाँले मिस डिफ़ेण्डर, मिस प्लाइमाउथ र मिस लुस्किन टाइटल समेत प्राप्त गर्नु भएको थियो।
कुण्डलिनी आफु पनि मोडेलिंग गर्छिन। उनले लिकर, बियर जस्ता ब्राण्डलाइ स्थापित गर्न प्रोमोसनल मोडेलिंग गर्नुका साथै ब्यबसायिक मोडेलिंगमा कपाल, रनवे र छपाइ जस्ता क्षेत्रमा मोडेलिंग गर्छिन। हाल उनि टीम इन्टरप्राइजेज मार्फत मिलर कुर्स ब्रुअरीको प्रतिनिधिको रुपमा काम गर्छिन। समाजसेवामा गहिरो रुचि भएकी कुण्डलिनी थुप्रै समाजसेवी कार्यहरुमा संलग्न छिन। उनि नेपाल प्रति अत्यन्त रुचि राख्छिन र नेपालसंग जोडिएर केहि गर्न पाए हुन्थ्यो भन्ने भावना राख्छिन। आमासंग नेपाली नासिकेकोमा आफैसंग गुनासो राख्ने वेण्डलिङ् नेपाली पनि सिक्न चाहन्छिन। उनको त्यो भावनाको लागि धन्यवाद दिंदै उनको समाजसेवा र बिशेष गरि नेपाल प्रतिको भावना रहिरहोस, हामी सबैको शुभकामना।