बिबेकशील नेपाली पार्टीका अध्यक्षसंगको भलाकुसारी

करिब सात बजेको हुँदो हो।  नेपालमा बालबालिकाहरुको शिक्षामा सक्रिय नेपाल जर्नी भन्ने संस्थाको सानो भेटघाट कार्यक्रम सकेर नेपाली समाज टेक्सासको सभा हल पुगें। त्यहाँ बिबेकशील नेपाली पार्टीको अन्तरक्रिया थियो। तर ढिला भैसकेको थियो। सहभागीहरु लगभग गैसकेका थिए। उक्त पार्टी संग सम्बद्ध केहि साथीहरु त्यहाँ हुनुहुन्थ्यो। हलको ढोका खोल्दै गर्दा भित्रबाट एकजना सामान्य लाग्ने मान्छे निस्किनु भयो। मैले केहि बर्ष देखि संचारमाध्यम र सामाजिक संजालमा उहाँलाई देखि सकेको थिएँ। निस्किने मान्छे अरु कोहि नभएर उज्वल थापा अर्थात् बिबेकशील नेपाली पार्टीका संस्थापक अध्यक्ष नै हुनुहुन्थ्यो।  
मलाई माफ गर्नु होला ढिला भएकोमा, मैले आफ्नो परिचय दिंदै उहांसंग केहि कुरा गर्ने समय मागें। स्वयंसेवकहरु आफ्ना जिन्सी थन्क्याएर बाटो तताउने सुरसार गर्दै थिए। फ्रिस्कोमा कार्यक्रम छ, साथीहरु कुरेर बसेका छन् तर एकछिन कुरा गरौँ न,  थापाले भने । हलको दक्षिण पश्चिम कुनामा रहेको सोफा देखाउंदै मैले भने “उ त्यहाँ बसेर एकछिन कुरा गरौँ”। हुन्छ नि उनले भने पछि हामी सोफामा बस्यौं।
थुप्रै प्रश्नको पोको मनमा लिएर गए पनि प्रश्नावलीको लिस्ट मसंग थिएन। उत्तर अनुसार प्रश्न बनाउने निधो गरेर सोफामा थचक्क बसें। त्यसपछि हामी लगभग आधा घण्टा कुरा गर्यौं, बिभिन्न बिषयमा । मेरो प्रश्न के थियो भन्ने थाहा पाउने जिम्मा  पाठक स्वयंलाई दिंदै प्रत्यक्ष स्वरमा उज्वलले के भने आउनुस, जानौ अनि थाहा पाऔ।
मेरो नाम उज्वल थापा, काठमाडौँ निबासी। सानै देखि म अलि फरक ढंगले सोच्ने मान्छे। अलि परम्परागत बेथिति मन नपराउने मान्छे। त्यसलाई परिवर्तन गर्नु पर्छ तर त्यो आफैबाट शुरु गर्नु पर्छ भन्ने मान्छे। पढ्न अमेरिका पुगेको मान्छे पनि भिक्षु बन्ने विचार गरें। अनि भौतिक दुनियाँले शान्ति दिन्न भन्ने निस्कर्ष निकाल्दै अमेरिका छोडेर आफ्नै धर्तीमा फर्की आएँ। त्यसपछि बिबेकशील नेपाली भन्ने संस्था खोलेर सामाजिक अभियानको नेतृत्व गर्न लागें। थुप्रै सामाजिक अभियानको दह्रो नेतृत्व गरिसके पछि फेरी चेत खुल्यो । पोखरी फोहोर छ भने सफा गर्न पोखरी भित्र छिर्नु पर्छ, बाहिरबाट केहि हुन्न । साढे दुइ बर्ष अघि देखि पार्टी खोलेर अघि बढेका छौं। राजनीति गरेर नै समाज परिबर्तन गर्न सकिन्छ भन्ने हाम्रो ठम्याई हो ।
भौगोलिक रुपमा नेपालमा नबसे पनि नेपालीहरुको ठुलो जमात देश बाहिर छ। नेपालसंग निकै जोडिएको त्यो समुदायसंग अन्तरक्रिया गर्न बेला बेला देश विदेश जाने गर्छौं। बिदेशमै पनि हाम्रो १४ वटा देशमा संगठन बिस्तार भैसकेको छ। अमेरिकामा पनि हाम्रो राम्रो संगठन छ। अहिलेको परिस्थितिमा यहाँका युवाहरुबाट हामीले के कस्तो सहयोग लिन सक्छौं र उनीहरुको विश्वास हामी कसरि आर्जन गर्न सक्छौं भनेर हामी अमेरिका आएका छौं। नेपालको बेथिति देखि वाक्क नेपाली समाजले हामीलाई कसरि हेर्छ, उनीहरुको चासो हामी कसरि सम्बोधन गर्न सक्छौं भनेर बुझ्न हामी यहाँ आएका छौं। यहाँका नेपालीहरुको उत्साह देखेर हामी उत्साहित छौं।
अहिले बिबेकशील  नेपाली पार्टीको साधारण सदस्यहरुको संख्या १० हजार भन्दा बढी छ । यो संख्या तत्काल सामाजिक उथलपुथल ल्याउन आबस्यक संख्या होइन । तर हाम्रो उद्देश्य जथाभाबी भिड बढाउने पनि होइन। हामी चाहन्छौं र सचेत पनि छौं कि हाम्रा सदस्यहरु बिबेकशील होउन। उनीहरु समाजका रोल मोडेल बनुन। परिबर्तन र सम्वृद्धि हाम्रै पालामा सम्भव छ भन्ने हाम्रो मूल मन्त्र बुझेका होउन। नैतिक दृस्टीले उनीहरु बलिया होउन। हाम्रो समाजमा देखिएको बिचलनलाइ आधारभूत रुपमा परिवर्तन गर्न सक्ने चेतना भएकाहरु होउन। त्यसको लागि हामीले सामाजिक मुद्धाहरुमा बिरोधको प्रकृति फरक बनाएका छौं। इस्युहरुलाई हामी सभ्य र आधुनिक तरिकाले प्रस्तुत गर्ने गरेका छौं। हाम्रो देखासिखी गरेर अरु पनि त्यहि गर्न प्रोत्साहित होउन। हामी हल्ला गरेर काम गर्ने होइन काम गर त्यसको प्रचार आफै हुन्छ भन्ने मान्यता राख्छौं।
हामीले पार्टी भित्र एकदम लोकतान्त्रिक चरित्र अबलम्बन गरेका छौं। हाम्रा सम्पूर्ण आर्थिक गतिबिधि स्पस्ट छन्। हामी आफ्नो राम्रो कामबाट अरु पार्टीहरुले पनि सिकुन भन्ने चाहन्छौं। एउटा बिबेकशील पार्टी राम्रो भएर हुँदैन, सबै पार्टीमा बिबेकशील नागरिक भए भने देश र समाज अनि राज्य बिबेकशील बन्छ। हामी खराब उत्पादन निकाल्ने इन्जिन मर्मत गर्ने अभियानमा छौं। उत्पादित बस्तुलाई उपचार गरेर उपयोग गर्नु भन्दा मेसिन नै ठिक पार्नु पर्छ। त्यसको लागि बिबेकशील  पार्टी उदाहरण बन्न चाहन्छ। अरु पार्टीमा पनि बिबेकशील व्यक्तिहरु लागुन र त्यहाँ परिवर्तन गरुन भन्ने चाहना हो। मलाई लाग्छ हामी कतिपय कुरामा सफल पनि भएका छौं। नेपाल बन्द बिरुद्धको हाम्रो अभियानले अहिले बन्द गर्नेहरु डराउन थालिसके। डाक्टर गोबिन्द केसीको मागमा अधिकांशले समर्थन गरेका छन्। ती सबै जनता हाम्रो पार्टीमा आबद्ध छैनन् तर बिबेकशील र सचेत नागरिक बनाउन हाम्रो भूमिका महत्वपूर्ण छ ।
नेपालमा राजनीतिक पार्टीहरुको राम्रो इज्जत छैन। राम्रा काम गर्नु भाथ्यो, किन पार्टी खोलेको भन्ने प्रश्न कतिपयले गर्नु हुन्छ मानौं राजनीतिक पार्टीको काम नै बेइमानी गर्नु हो। हामी त्यो सोंचमा परिबर्तन गर्न चाहन्छौं। समाजमा सकारात्मक परिवर्तन र कल्याणकारी राज्यको स्थापना राजनीतिक पार्टीले गर्न सक्छन भन्ने कुरा हामी स्थापित गर्न चाहन्छौं। हिंसात्मक तरिका मात्र परिवर्तनको हतियार होइन भन्ने कुरा हामी स्थापित गर्ने हाम्रो लक्ष हो। जति पबित्र लक्ष भए पनि हिंसात्मक गतिबिधिद्वारा गरिएको परिबर्तन स्थापित हुन सक्दैन भन्ने प्रमाणित पनि भैसकेको छ। समाजमा यो कुरा स्थापित गर्न हामी सफल भएका छौं ।
हाम्रा केहि आधारभूत सिद्धान्तहरु छन्।  गाउँ र शहर दुबैको सन्तुलित विकास हुनुपर्छ भन्ने हाम्रो दृढ मान्यता छ। बिबेकशील नागरिक, उद्यमशील समाज र सेवक सरकार भन्ने हाम्रा अबधारणा हुन्।  नागरिक बिबेकशील भएन भने नेतृत्व बिबेकशील हुन सक्दैन।  कुनै पनि देशको स्थिरता र बिकासको आधार उत्पादन हो।  उत्पादन भएन भने के हालत हुन्छ भन्ने हामीले नाकाबन्दीको बेला भोगिसकेका छौं।  उत्पादनको लागि उद्यमशील समाज चाहिन्छ।  अहिले जस्तो विदेशको पैसामा निर्भर समाज कुनै पनि बेला धराशायी हुन सक्छ।  बिदेसी पुंजीमा निर्भर राज्य अत्यन्त कम्जोर हुन्छ।  त्यस्तो राज्य सेवक हुन सक्दैन।  त्यसले आफ्नै नागरिकले बिदेसी भूमिमा दुख गरेर कमाएको पैसामा कर लगाएर आफ्नो अस्तित्व धानेको हुन्छ।  राज्य सेवक हुन बिबेकशील नागरिक र उद्यमी समाज हुनै पर्छ।
नेपालमा अहिलेको संसदीय व्यवस्थाले कुनै हालतमा स्थिरता ल्याउन सक्दैन।  ५ बर्ष सम्म ढुक्क संग काम गर्ने कार्यकारी संयन्त्रको व्यवस्था नभए सम्म यो अस्थिरता जारि रहन्छ। नेपालमा केन्द्रिकृत शासन प्रणालीले समग्र विकास हुन सकेन। त्यसमा परिवर्तन ल्याउन भारत र चीनलाई जोड्ने उत्तर दक्षिण फैलिएका तीनवटा प्रदेशको खाका हामीले प्रस्तुत गरिसकेका छौं।  धेरै प्रदेश नेपालले धान्न सक्दैन।  त्यस्तै बाह्य उत्पादनमा भर परुन्जेल उत्तर र दक्षिणका दुवै देशसंग सबै प्रदेशको पहुँच हुनु पर्छ भन्ने हाम्रो धारणा हो।  त्यसै धर्मको बिषयमा राज्य स्वतन्त्र हुनुपर्छ तर अनुचित धर्म परिबर्तनलाई नियम बनाएर नियमन गर्नु पर्छ। लोभ, लालच, प्रलोभन र धम्किद्वारा धर्म परिबर्तन गर्न नपाइने नियम लागु गरेर धर्म परिबर्तन गरेको मान्छेले सम्बन्धित निकायमा दर्ता गर्नु पर्ने बाध्यकारी   नियम बनाएर धर्म परिबर्तनको अहिलेको जल्दो बल्दो मुद्दालाई हल गर्न सकिन्छ।  लिङ्ग परिबर्तन गरिने दुनियाँमा धर्म परिबर्तन हुँदैन भन्न त सकिन्न तर त्यो परिबर्तन स्वेच्छिक हो भन्ने कागजात गर्नु पर्ने नियम बसालेर यसलाई ब्यबस्थित गर्न सकिन्छ।
हाम्रा यी र यस्ता योजना लागु गर्न हामी ठाउँमा हुनुपर्छ। त्यसको लागि आगामी डेढ बर्ष भित्र गरिने ३ वटा निर्बाचन धेरै महत्वपूर्ण छन्। त्यसमा हामीले समाजका असल चरित्रका केहि गर्न सक्ने उम्मेदवार बनाउने नीति लिएका छौं। खुल्ला छनोट बिधिबाट उम्मेदवार चयन गरिने छन्। हाम्रो समाजमा युवाको ठुलो हिस्सा छ जसले परिबर्तन खोजेको छ र बर्तमान नेतृत्वबाट मुक्ति चाहेको  छ। यो नेतृत्वले मुसो मार्दैन भन्ने कुरा अधिकांश जनतालाई परेको छ। त्यसैले आगामी निर्वाचनमा हामी योग्य, असल र परिवर्तनका सम्बाहक व्यक्तिहरुलाई उम्मेदवार बनाउने छौं। मलाई लाग्छ यसपाली जनताले त्यो मुल्यांकन गर्ने छन् र हाम्रो स्थिति निकै बलियो हुनेछ। होइन फेरी पनि जनताले यिनै यथास्थिति, बिकृति र विसंगतिका सम्बाहक पार्टीहरुलाई भोट हाले भने त्यसको दोष यी नेताहरुलाई होइन तिनै भोट हालेर जिताउने जनतालाई दिनु पर्छ।
बिदेशमा बस्ने साथीहरुलाई पनि नयाँ विचारका र असल विचारका व्यक्तिहरुलाइ नेतृत्वमा स्थापित गर्न सहयोग गरौँ। हामीले कमाएको पैसा र पठाएको पैसा लोक कल्याणमा खर्च होस् भन्ने तर्फ सचेत बनौं। सक्नुहुन्छ हामीलाई सहयोग गर्नुस सक्नु हुन्न तपाईंले नै समर्थन गरेको पार्टी भित्रका बिबेकशील व्यक्तिहरुलाई नेतृत्वमा आउन प्रेरणा र सहयोग प्रदान गरौँ।
कुरा सकियो। उज्वल साथीहरु सित फ्रिस्को तिर लागे। म भने मनमनै उनि र उनको पार्टीलाइ शुभकामना दिंदै घरतिर लागें।

सम्बन्धित समाचार

टिका पौडेलको सहयोगमा एनएसटीले कार्यक्रम आयोजना गर्ने

डालस, टेक्सास। युलेस सिटिको सिटि काउन्सिल पदका उम्मेदवार टिका पौडेलको चुनावी अभियानलाइ सघाउन नेपाली समाज टेक्सासले मार्च २१ आइतबार एक…

एनआरएनमा सहि मान्छे पहिल्याउने समय यहि हो, ढिला गरे पछुताउनु पर्छ

एनआरएन अमेरिकाको २०२१-२३ निर्बाचन संघारमा छ। सदस्य बनाउने अभियान सकिएको छ। यतिबेला सामाजिक संजालमा उम्मेद्वारीको लर्को लागेको छ। कोहि केहि…

बृहद डालस एसियन समुदायमा नेपालको पहिचान प्रस्तुत

बृहद डालस एसियन अमेरिकन च्याम्बर्स अफ कमर्सले आफ्नो बार्षिक एसियन फेस्टिवल सम्पन्न सम्पन्न गरेको छ । एसियन फेस्टिवलमा एसियामा अवस्थित…

एचडीएनपीको “चन्दा संकलन रात्रिभोज” डिसेम्बर १ मा हुने

डालस, टेक्सास। बिगत लामो समय देखि अमेरिकाको डालसमा सक्रिय “अति आबस्यकहरुको लागि सहयोग” अर्थात् एचडीएनपीले आगामी डिसेम्बर १ तारिकमा एक…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज

एआइ इन्फ़्लुएन्सरको बिगबिगी र कन्टेन्ट बनाउनेहरुमाथिको चुनौती

ट्रंपका वकिल र चिफ अफ स्टाफमाथि एरिजोनमा अभियोग

अमेरिकामा टिकटक प्रतिबन्ध हुने लाइनमा अग्रसर




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907