मंसिरले कृष्णको मनमा ल्याएको आधी
अहा मंसिर पनि लाग्यो । कृष्ण दङग पर्यो । कती पट्ट्यार लाग्दा ति महिनाहरु, उस्ले मन्मनै सराप्यो । बर्से झरी पछी आएका दसैं र तिहारमा पनि उस्लाई खासै मज्जा आएन । रमाइलो गर्ने भनेर जेन्तेन हिड्यो तर उस्को मन कतै रमाएन । गीत र संगीतमा सबै झुमेर नाचिरहदा कृष्ण ट्वाल्ल परेर एकोहोरीरहन्थ्यो । मन्मा जब बैसको हुरी चल्छ, मान्छे बिहेमा गएपनी, जन्त गएपनी वा भिडमै बसे पनि खासै फरक पर्दैन । मनमा आधी बेहरी चलेको हुन्छ । उस्को मन अन्तै हुन्छ । कृष्णलाई त्यस्तै भएको छ । घुम्दै फिर्दै फेरी मङ्सिर आयो । उसको मन्मा अनौठो आशा पलायो । अहा कती मनोरम मंसिर महिना । न धुलो न पानी । खाली स्वच्छ हावा अनी बैसालु युबा युबतिलाई माया सँग मिलन हुने रोमान्चक दिनहरुले भरिएको महिना । तड्पिएका आत्माहरुले शान्ती पाउने महिना । हो पोहोर पनि यो महिना ठ्यक्कै यसै गरी आएको थियो । पोहोर कृष्ण २५ पुगेर २६ लागेको थियो । पोहोर पनि उस्को मन्मा यस्तै आधी हुरी चलेको थियो । मनले बिहे गर्न मागेको थियो । मंसिरको सुरु देखिनै उस्ले अचम्मको कल्पना गरेको थियो । बिहे गर्ने, घरजम गर्ने अनी अर्को साल सम्म बाउ बन्ने । मनमनै कती खुशी भएको थियो । तर बिधिको बिडम्बना त्यसो हुन पाएन । घरमा उस्की एक्काइस बर्षकी बहिनी बाँकी थिइन् । बुवा आमाले मात्र होइन गाउले र अन्य दाजु भाईहरुले समेत बहिनिको बिहे पहिले गर्नु पर्छ भनेर भाजो हाले । मन्मनै मै जेठो हुनी भनेर चित्त त बुझयो तर मुखले प्वाक्क भन्न सकेन । काम साम केही छैन बिहे गर्न मात्र के को हतार तलाई भनेर हप्काउलान् कि भन्ने डर लाग्यो उस्लाई । हुन पनि हो । स्वास्नी ल्याएपछी कती धेरै खर्च हुन्छ उस्ले थाहा नपाएको त कहाँ हो र ? गर गहना, लुगा फाटो अनी घुमडुल गर्दा कती हो कती खर्च त । त्यस माथि खर्चालु स्वास्नी परी भने त बिजोगै हुन्छ । पाउडर र लिपिस्टिकमा मात्रा दुई चार सय झ्वाम हुन्छ महिनामा । उ त जुनसुकै परिस्थितीको लागि तयार थियो तर परिस्थिती उस्को लागि तयार थिएन । पोहोर साल त्यसै टरेर गयो । तर बहिनिको भने बिहे भयो जस्ले गर्दा उस्को लागि बाटो खुल्यो । बाटो त खुल्यो तर बहिनिको बिहेमा लागेको रिण चुक्ता भएको छैन । बुढाले यो रिन तिरेर बल्ल तेरो बिहे गर्ने हो भन्लान् कि उस्लाई डर छ । हुन पनि साच्चै भन्ने हो भने उस्को बिहे गर्ने परिस्थिती छैन । न काम, न आम्दानी न मन्पुस्त पुर्खेउली सम्पत्ती । राम्रो लगाउनु पर्ने, मिठो खानु पर्ने अनी सबै चिज चाहिने कृष्णको कमाइ केही छैन । कामको नाममा दिन्भर चोकमा गफ गर्नु र तास खेल्नु हो । काम न काज सित दिन्भर लखर लखर गर्दै हिंड्नु र बाटो हिंड्ने केटी जिस्काउनु उस्को बानी भईसक्यो । कृष्णका बुवा आमा उस्को भबिस्य प्रती एकदम चिन्तित छन् । आफु अनपढ हुँदा पाएको दु:ख र शास्ती छोरोले नपाओस् भन्ने उहाहरुको चाहना छ । घास दाउरा र खेती पाती अनी मेला पात गरेर थोरै थोरै गरी जिन्दगी भर जम्मा पारेको पैसाले आइ ए पनि पास गराइदिए । त्यो भन्दा पनि अरु पढोस् भन्ने उनिहरुको चाहना त थियो तर उस्ले नै पढाईमा पूर्ण बिराम लगायो । जती पढे पनि जागीर पाइन्न किन पढ्नु भनेर घरमा बसेको पनि दुई बर्ष भयो । बिदेश जाने भनेर कती पल्ट काठमाडौं पनि गयो । पास्पोर्ट पनि दुई तीन वटा नबनाएको होइन । पास्पोर्ट बनाउदा मात्र उस्ले त्यहाको पास्पोर्ट फाट्को सुब्बालाई दश हजार घुस खुवाइसक्यो । दलाललाई पनि बैनो भन्दै हज्जारौ खुवायो तर सबै पैसो झ्वाम भो । न बिदेश गयो न पैसो रह्यो न पढाईनै भयो । अब सबै बाटो बन्द भएपछी “बिहे” उस्ले देखेको नयाँ बाटो हो । कुरा अस्वभाविक पनि होइन । उ सँगै पढ्ने साथी दिपकको बिहे भएको ५ बर्ष भईसक्यो । छोरो नै ४ बर्षको छ उस्को । उसँग अती मिल्ने केटी साथी गीताले पनि बिहे गरेर ३ बर्षकी छोरी बनाइसकी । आफ्नै अंकलको छोरा जो आफु भन्दा ४ बर्षले कान्छो छ, उस्ले पनि झ्याइ पार्यो पोहोर साल । यि सबै हेर्दा उसलाई नरमाइलो लाग्छ । सानैमा बिहे गरेर सुरुमा केही झन्झट त ब्यहोरे होलान् तर उनिहरुको जीवनले एउटा मोड चाँही लिएको छ । अब छोरा र छोरीकै भबिस्यको लागि पनि केही गर्नै पर्ने अवस्था श्रीजना हुँदा उनिहरु केही ब्यब्स्थित र अनुशासित बनेका छन् । बाटो समातेका छन् । तर कृष्णको न बर्तमान रमाइलो छ न भबिस्य उज्ज्वल । न आफु खुशी छ न इस्टमित्र र दाजु भाई । त्यसैले यो मङ्सिर कृष्णको लागि सञ्जिवनी बुटी हो । मंसिर लागे पछी उस्लाई भित्र भित्र हास्न मन लाग्छ । यस्पाली त पक्कै बिहे होला, कल्पना गर्छ । बिहे पछी नयाँ दुलही लाई लिएर बजार घुम्ने रहर छ । केबुल कारमा सरर मनकामना दर्शन गर्ने धोको छ उस्को । एक्लै हास्छ कतिबेला । सधैं उदास देखिने उस्को चेहरा अहिले हसिलो छ । घरमा पनि काममा जागर देखाउन थालेको छ । आमालाई घरको र बुवालाई गोठ र खेतिको काममा सहयोग गर्न थालेको छ । कतै बिहेका कुरा निस्किन्छ कि भनेर कान ठाडा पारेर सुनिरह्न्छ । “बाउले बिहे गर्दीएनन् पोर पनि भत्काइ दिन्छु बाख्राको खोर पनि” भन्ने गीतको क्यासेट किनेर ल्याएको छ । बेला बेला बुवा आमालाई सुनाउन बजाइरहन्छ । सुनेर मेरो बिहे गर्न उमेर घर्कन लागेको महसुस गरी हाल्छन् कि उस्को आशा छ । समग्रमा कृष्ण बिहेको लागि छट्पटिएको छ । सत्ताइस पुग्दा पनि बिहे नहुँदा कस्लाई त्यस्तो नहोला ? हे पच्चिस कटेका ठिटाहरु तिमीहरुलाई कस्तो लाग्दै छ यो मङ्सिरमा ? बिदेश बस्ने ठिटाहरु त अझै तिस सम्म पनि बिहे गरेका छैनन् । सत्ताइस बर्से कृष्णको त त्यो हालत छ भने बिदेशमा एक्लै बस्ने ठिटाहरुको के हालत होला ? |