ताजा अपडेट

‘ आर्थिक समृद्धिका लागि पर्यटन क्षेत्रको विकास आवश्यक’

काठमाडौँ, २० असार । मुलुकलाई आर्थिक समृद्धितिर लैजानका लागि पर्यटन क्षेत्रको विकास आवश्यक रहेकामा वक्ताले जोड दिएका छन् । जिपी कोइराला फाउन्डेसनले स्व गिरिजाप्रसाद कोइरालाको ९४औँ जन्मजयन्तीका अवसरमा यहाँ आज आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्राकृतिक र सांस्कृतिक रुपमा धनी रहेको नेपालमा पर्यटन व्यवसायले आर्थिक वृद्धि गर्नसकिने बताउनुभयो ।देश विकासका लागि निरन्तर लागिरहने स्व […]


६०० स्थानमा जेब्रा क्रसिङ राखिने

काठमाडौँ, १९ असार । काठमाडौँ महानगरपालिका, समन्वय तथा अनुगमन समितिको बैठकले आगामी १५ दिनभित्र राजधानीवासीलाई महसुस हुने गरी दिगो प्रभाव पर्ने कामको थालनी गर्ने बताएको छ । कामपा प्रमुख विद्यासुन्दर शाक्यले नागरिकले तत्काल महसुस गर्ने र दिगो प्रभाव पर्ने कामको थालनी गर्न आवश्यक रहेको बताउनुभयो । आइतबार बसेको बैठकमा कामपाका कार्यकारी अधिकृत ईश्वरराज पौडेलले महानगरीय […]


अमेरिका जान प्रतिबन्ध निन्दनीय–इरानी विदेशमन्त्री

तेहरान, १६ असार । अमेरिकाले छ वटा मुस्लिम राष्ट्रका नागरिकलाई अमेरिकाको भ्रमणमा लगाएको प्रतिबन्ध वास्तवमै निन्दनीय भएको इरानी विदेशमन्त्री मोहमद जाभेद जारिफले शुक्रबार बताउनुभएको छ । ‘अमेरिकाले हाल इरानी हजुरआमाहरुलाई आफ्ना नातीनातीनालाई भेट गर्ने प्रतिबन्ध लगाएको छ, यो वास्तवमै निन्दनीय भएकोले यसको इरानले विरोध गर्दछ–जारिफले आफ्नो ट्वीटरमा लेख्नुभएको छ । अमेरिकामा इरानी मूलका अमेरिकी नागरिक १० […]


के के हुँदैछ डालसमा हुने नेपाली अमेरिकन कन्भेन्सनको ३ दिने सम्मेलनमा

डालस, जुन २८ । नेपाली समाज टेक्सासको सहयोगमा एफ वान ग्रुपद्वारा आयोजना हुन लागेको नेपाली अमेरिकन कन्भेन्सन आउन दुइ दिन बाँकी छ । यो आगामी जुन ३० देखि जुलाई २ सम्म डालस नजिकैको शहर कोपेलमा अबस्थित फोर पोइन्ट्स बाइ शेराटनमा सम्पन्न हुँदैछ । यो तीन दिने कार्यक्रमको पहिलो दिन जुन ३० सुक्रबार उद्घाटन समारोहबाट शुरु […]


निर्वाचन सम्पन्न गर्न सहयोग पुर्याउने सबैलाई प्रधानमन्त्रीद्वारा धन्यवाद व्यक्त

काठमाडौँ, १४ असार । प्रधानमन्त्री शेरबहादुर देउवाले दोस्रो चरणअन्तर्गत आज भएको स्थानीय तहको निर्वाचनलाई शान्तिपूर्ण, विवेकपूर्ण र उत्साहजनक रुपमा सम्पन्न गर्न सहयोग पु¥याउने सबैमा धन्यवाद व्यक्त गर्नुभएको छ । संविधानले नेपालको सार्वभौम अधिकार नेपाली जनतामा निहित गरेकाले लोकतन्त्रमा जनताले मुलतः निर्वाचनका माध्यमबाट नै आफ्नो सार्वभौम अधिकारको प्रयोग गर्ने गरेको बताउँदै उहाँले भन्नुभयो – “जनताले आफ्नो […]


भरतपुरमा च्यातिएका मतपत्र सर्वोच्चमा, असार २३ गते सुनुवाइ

काठमाडौँ, १३ असार । चितवनको भरतपुर महानगरपालिका वडा नं १९ मा मतगणनाका क्रममा च्यातिएका मतपत्रसहित आवश्यक कागजात सर्वोच्च अदालतमा आइपुगेको हुँदा यही असार २३ गतेका लागि पेसी तोकिएको छ । सर्वोच्च अदालतका प्रवक्ता महेन्द्रनाथ उपाध्यायले भरतपुरमा च्यातिएका मतपत्रसहित अन्य कागजपत्र अदालतमा आइपुगेकाले यही असार २३ गतेका लागि पेसी तोकिएको जानकारी दिनुभयो । सर्वोच्च अदालतको आदेशबमोजिम […]


अनुगमन टोलीद्वारा पाँच व्यावसायिक प्रतिष्ठान बन्द

चितवन, १२ असार । आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागको टोलीले चितवनका पाँच व्यवसायिक प्रतिष्ठान बन्द गराएको छ । बिभागका शाखा अधिकृत ढुन्डिराज पोखरेलको नेतृत्वमा आएको राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष तीर्थ महर्जनसहितको टोलीले आज चितवन जिल्लाका बजार अनुगमन गरी रामनगरको न्यु शिवशक्ति होटल, सुस्मा होटल, नारायणगढको शर्मा आइसक्रिम, आनन्दमार्गको ओम सत्य साई गल्ला पसल […]


डालस एभरेस्ट लायन्स क्लबको पदभार हस्तान्तरण सम्पन्न: बिएन पन्तले लिए जिम्मेवारी

डालस, जुन २५ आइतबार। डालस एभरेस्ट लायन्स क्लब २००३ देखि डालस फोर्ट वर्थ क्षेत्रमा सक्रिय संस्था हो। यसको केहि समय अघि निर्बाचित कार्यसमितिले आज यहाँ आयोजित एक बिशेष समारोहमा पदभार ग्रहण कार्यक्रम सम्पन्न गरेको छ। उक्त अबसरमा नब निर्बाचित अध्यक्ष बिएन पन्तलाइ निबर्तमान अध्यक्ष राधाकृष्ण काफ्लेले पद हस्तान्तरण गर्नु भएको थियो । अर्भिंग स्थित स्थानिय […]


अर्भिंग सिटि र नेपालीहरुबीच सम्बन्धको ढोका खुल्यो: मेयर रिक स्टब्फ़रलाइ मन्दिरमा स्वागत गरियो

डालस, जुन २४ सनिबार। नेपाली समाज टेक्सास,नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्र र यति च्याम्बर्स अफ कमर्सको आयोजनामा आज अर्भिंग सहरका मेयर रिक स्टब्फ़रलाइ नेपाली मन्दिर अर्थात् नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्रको सभाहलमा स्वागत तथा उनिसंग एक बिसेष अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो। ठुलो नेपाली समुदाय रहेको डालसमा यस्तो खाले पहिलो कार्यक्रम थियो। नेपाली संघ संस्थाहरु र […]


एनआरएन अमेरिका भित्र युवाको लागि अलग्गै कोठा चाहिन्छ: स्वराज खाती

एनआरएन अमेरिकाको चुनावको चर्चा संगै उम्मेद्वारी दिने लहर चलेको छ । उम्मेदवारहरुको त्यो लाइनमा युवाहरु पनि देखिनु एनआरएनको भविस्यको लागि खुसीको कुरा हो । अहिले देखा परेका उम्मेदवारहरुले आफ्नो बिरासत भन्दा आफ्नो योजना र त्यसलाई कार्यन्वयन गर्ने प्रतिबद्धता दोहोर्याउनु अझै राम्रो कुरा हो । राजनीतिक संलग्नता भन्दा उम्मेदवारहरुको योग्यता र क्षमता पहिचान गरेर मतदान गर्नु […]




भर्खरै view all

युलेस टेक्सासमा दशैं तिहार मैत्रीपूर्ण भलिबल सम्पन्न

डालसमा अक्टोबर १८ शुक्रबार रिदम नाइट हुँदै

दशैंको सांस्कृतिक महत्व र वर्तमानमा यसको सान्दर्भिकता

मोमो फेस्टिबल २०२४ नोभेम्बर २ मा भव्य रुपमा हुँदै

चाम्स निर्देशित ‘अञ्जिला’का लागि गीतकार अधिकारीले लेखे शब्द




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907