करिव डेढ बर्ष भयो च्याप्टरमा काम गर्न थालेको । कमसेकम हप्ताका दुइ दिन एनआरएन र नेपाली समुदायको लागि समय दिएको छु । परिवारमा पर्ने जन्मदिन बाहेक अरु कुनै घरको काममा यी दुइ दिन गर्न पाइन्न । कहिले ह्युस्टन, कहिले अस्टिन, कहिले स्थानीय कार्यक्रम, कहिले कसैका समस्याहरु आदि इत्यादि नै मेरा दिनचर्या हुन् । सनिबार र […]
डालस, टेक्सास । गजल यात्रा टेक्सास र अन्तररास्ट्रिय नेपाली साहित्य समाजको संयुक्त आयोजनामा अर्भिंगस्थित नेपाली मन्दिरमा गजल उत्सब-२ सम्पन्न भएको छ । अमेरिकाका ६ वटा राज्यहरु र १२ वटा शहरहरुबाट आएका गजलकारहरुले उक्त अबसरमा दमदार गजलहरु प्रस्तुत गरेका थिए भने गजल श्रबण गर्न डालस वरपरका सयौं गजल प्रेमीहरुको उपस्थिति थियो । गजल उत्सवको अबसरमा आयोजित […]
डालस, टेक्सास । डिसेम्बर ३० गते आइतबार डालस क्षेत्रमा बसोबास गर्ने नेपालीहरुका दुइ संगठनका दुइवटा महत्वपूर्ण कार्यक्रमहरु भए । एउटा नेपाली ब्यापारी र ब्यबसायीहरुको संस्था यति च्याम्बर्स अफ कमर्स अनि अर्को नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्र अर्थात् एनसीएससी । आगामी वर्ष २०१९ का लागी विविध कार्यक्रमहरूको तर्जुमा गर्दै अमेरिकाको डालस स्थित नेपलिज अमेरिकन च्याम्बर अफ […]
प्रबासी नेपालीहरुका सामाजिक संस्थाहरुमा डालस टेक्सासमा रहेको नेपाली समाज टेक्सास निकै सक्रिय संस्था हो । १९९८ मा स्थापना भए पछि यो बढिरहेको छ आजसम्म पनि । यो क्षेत्रमा नेपालीहरुको संख्या बढ्दै जाँदा यो संस्थाको उपादेयता झन् बढेको छ । नेपालीहरुको लागि बलियो र साझा संस्था चाहिन्छ भन्ने कुरामा सायदै कसैको बिमति होला । स्थापना कालदेखि […]
डालस, टेक्सास । जाडो याम र क्रिसमसको अवसर पारेर एचडीएनपीले फोर्ट वर्थ नजिकका घरबार बिहिनहरुलाई ब्लांकेट वितरण कार्यक्रम सम्पन्न गरेको छ । केहि समय देखि समाजका सक्रिय समाजसेवीहरुको सक्रियतामा संकलित ती ब्लांकेटहरु डिसेम्बर २४ मा वितरण गरिएको हो । जाडो समय घरबार बिहिनहरुलाई कतिपय अबस्थामा काल नै बनेर आउँछ । घर नभएकाहरुलाई मात्र थाहा हुन्छ […]
डालस, टेक्सास । डालसको नेपाली समाजको एकताको केन्द्र नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्रले नयाँ नेतृत्व पाएको छ । निबर्तमान कार्यसमितिमा महासचिवको पदमा रहेर उल्लेखनीय काम गरेका सुरेश चन्द्र पोख्रेलको अध्यक्षतामा नयाँ कार्यसमिति गठन भएको छ । नयाँ कार्यसमितिको निर्बाचनमा उम्मेद्वारी दिन गत हप्तासम्मको म्याद भए पनि पोख्रेल बाहेक कसैको उम्मेदवारी नपरेपछि उहाँ निर्बिरोध निर्बाचित हुनुभएको […]
युएसएंडनेपाल सम्बाददाता डालस, टेक्सास अमेरिकामा बस्ने नेपाली युबाहरुलाई अमेरिकी मुलधारमा स्थापित हुन सहयोग गर्ने उद्देस्य लिएर गठित युनाइटेड नेपाली एसोसिएसनले यहि डिसेम्बर २२ सनिबार मिट एंड ग्रीट अर्थात् समुदायसंग भेटघाट कार्यक्रम गर्ने भएको छ । युएनए कार्यसमितिका अध्यक्ष बिएन पन्तका अनुसार उक्त अबसरमा आगामी समरमा न्युयोर्कमा हुने चौथो सम्मेलन र युएनएले गरिरहेका कामको बारेमा जानकारी […]
डालस, टेक्सास। “एकदम जरुरत परेकाहरुलाई सहयोग” (Help For Desperate and Needy People) अर्थात् एचडिएनपीले गत सनिबार अर्थात डिसेम्बर १५ गते एक रक्तदान कार्यक्रम सम्पन्न गर्यो। लामो समय देखि डालस क्षेत्रमा सक्रिय एचडिएनपीले हरेक ३ महिनामा रक्तदान कार्यक्रम संचालन गर्दै आएको छ। यो ३० औं पटक हो। एचडिएनपीले करिव ५ बर्षदेखि यस्ता जनसेवी कार्यक्रमहरु संचालन गर्दै […]
डालस, टेक्सास । भरतपुर नगरपालिकामा एक सुबिधा सम्पन्न पुस्तकालय निर्माण गर्न केहि रकम जम्मा गर्ने उद्देश्यले ग्रेपभाइन स्थित मेरिअट होटेलमा नेपाल जर्नीले फन्ड रेजिंग गाला डिनर सम्पन्न गरेको छ । गत तीन बर्ष देखि संचालन हुँदै आएको यो कार्यक्रममा यसपाली पनि डालस वरपरका नेपाली समुदायका अगुवा एबम सर्बसाधारणहरुको राम्रो उपस्थिति थियो । डालस नजिकै रहेको […]
डालस, टेक्सास । नेपालमा केहि सामाजिक काम गर्ने उद्देस्य लिएर अमेरिकामा स्थापना भएको नेपाल जर्नीले डिसेम्बर ८ मा बार्षिक “खानको साथमा मनोरंजन साँझ” आयोजना गरेको छ । डालस नजिकै रहेको सुन्दर सहर ग्रेपभाइन स्थित मेरिअट होटेलमा आयोजना हुने उक्त कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको नेपाल जर्नीकी अध्यक्ष मौसमी श्रेष्ठले जानकारी दिनु भएको छ । नेपाल […]