डालसमा गजल उत्सब-२ भब्य रुपमा सम्पन्न

डालस, टेक्सास । गजल यात्रा टेक्सास र अन्तररास्ट्रिय नेपाली साहित्य समाजको संयुक्त आयोजनामा अर्भिंगस्थित नेपाली मन्दिरमा गजल उत्सब-२ सम्पन्न भएको छ । अमेरिकाका ६ वटा राज्यहरु र १२ वटा शहरहरुबाट आएका गजलकारहरुले उक्त अबसरमा दमदार गजलहरु प्रस्तुत गरेका थिए भने गजल श्रबण गर्न डालस वरपरका सयौं गजल प्रेमीहरुको उपस्थिति थियो ।
गजल उत्सवको अबसरमा आयोजित कार्यक्रममा कसैको नाम नलीइ सबभन्दा टाढाका पाहुना, त्यसपछि अलि नजिकका र अन्त्यमा डालस वरपरका गजलकार र गजल प्रेमीहरुलाई आसन ग्रहण गराइएको थियो । आगन्तुक पाहुना, गजलकारहरु तथा गजल प्रेमीहरुलाई गजल उत्सव-२ का संयोजक पवन लामिछानेले स्वागत गर्नु भएको थियो गजल यात्राका अभियन्ता बासु पुस्पा अधिकारीले गजल यात्राका गतिबिधि एबम केहि समय पहिले गरिएको अनलाइन गजल प्रतियोगिताको नतिजा सुनाउनु भएको थियो । अनेसास डालस च्याप्टरका अध्यक्ष कपिल अधिकारीले सुभचिन्तक, प्रायोजक एबम सहयोगीहरुलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो ।
उक्त अबसरमा पूर्वमा म्यासाच्युसेट्स देखि पश्चिममा कोलोराडोसम्मबाट आउनु भएका लगायत डालसका गजलकारहरुले सहभागीहरुलाई उत्साहित हुने खालका गजल बाचन गर्नु भएको थियो ।
सो अबसरमा गजल बाचन गर्नेहरुमा राधाकृष्ण काफ्ले डालस, पुजा वागिस डालस, किरण मानिके एट्लाण्टा, पदम बिस्वकर्मा कोलोराडो, बासु पुस्पा अधिकारी डालस, शेरु उदास एट्लाण्टा, भुपेन्द्र महत कोलोराडो, कृष्ण कुसुम न्यु जर्सी, पवन लामिछाने डालस, डिल्लु चाम्लागाई ओहायो, सरु काली डेण्टन, गोवर्दन पुजा बोस्टन, नेत्र प्रसाद आचार्य डालस, सतिश त्रिपाठी ह्युस्टन, सुरेश वाग्ले बोस्टन, दिपेन ढुंगाना डालस, बिटु केसी ह्युस्टन, नरेस गौतम ओहायो, आनन्द मोहन खनाल डालस, खेमराज गैराघरे डालस, अमृत लामिछाने ह्युस्टन, यदुनाथ अधिकारी डालस, इश्वरी कार्की वर्षा वेको हुनुहुन्थ्यो ।
कार्यक्रमलाई रोचक बनाउन बिचबिचमा गजल गायन गरिएको थियो । मिठो स्वरका धनी डालसका केशव पौडेल, भिम चापागाईं र सबिन दंगालले गजल गायन गर्नु भएको थियो भने ह्युस्टनका बिलोल पोखरेले पनि गजल गायन गर्नु भएको थियो ।
कार्यक्रम सम्पन्न गर्न लभ एण्ड सपोर्ट फाउन्डेसन, आमा फाउन्डेसन, कार्की सिपीए, खरेल इन्सुरेन्स एजेन्सी, डिएफ़डब्लु येति होम्स, बोधी क्रियसन, एभरेस्ट एसियन मार्ट, न्यु योर्क लाइफ, फिस्टेल रेस्टुरेन्ट, माइ इलाइट्स लगायतले प्रायोजन एबम सहयोग गर्नु भएको थियो ।  कार्यक्रम संचालन अनेसास डालस च्याप्टरका महासचिव सुमन काजीले गरेका थिए ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907