नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्रको अध्यक्षमा सुरेश पोख्रेल निर्बिरोध निर्बाचित

डालस, टेक्सास । डालसको नेपाली समाजको एकताको केन्द्र नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्रले नयाँ नेतृत्व पाएको छ । निबर्तमान कार्यसमितिमा महासचिवको पदमा रहेर उल्लेखनीय काम गरेका सुरेश चन्द्र पोख्रेलको अध्यक्षतामा नयाँ कार्यसमिति गठन भएको छ । नयाँ कार्यसमितिको निर्बाचनमा उम्मेद्वारी दिन गत हप्तासम्मको म्याद भए पनि पोख्रेल बाहेक कसैको उम्मेदवारी नपरेपछि उहाँ निर्बिरोध निर्बाचित हुनुभएको हो ।


डिसेम्बर १६ सम्म उम्मेद्वारी दिने अबधि रहे पनि सबै पद निर्बिरोध बने । डिसेम्बर २२ मा केन्द्रद्वारा प्रेसित चुनावी नतिजा अनुसार अध्यक्षमा सुरेश चन्द्र पोख्रेल सहित उपाध्यक्ष अचुत थापा र सुदिप अधिकारी, महासचिव छवी चापागाईं, सचिव दिनानाथ न्यौपाने, कोशाध्यक्ष शैलेन्द्र मानन्धर, सह-कोशाध्यक्ष अमोद श्रेष्ठ निर्बिरोध निर्बाचित हुनुभएको छ भने कार्यकारी सदस्यहरुमा भेष राज सिवाकोटी, गगन केसी, हरि अधिकारी र लक्ष्मी अधिकारी निर्बाचित हुनुभएको छ ।
त्यसै गरी केन्द्रको बोर्ड अफ ट्रस्टिको अध्यक्षमा बिनय अर्याल पुन: निर्बिरोध निर्बाचित हुनुभएको छ भने रबिन खनाल उपाध्यक्ष, उपाध्यक्षमा मनोज सिग्देल र सचिवमा सृजना पोख्रेल निर्बाचित हुनु भएको छ ।


नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्रको बिधान अनुसार हरेक दुइ बर्षमा नयाँ कार्यसमितिको निर्बाचन हुनुपर्ने प्राबधान छ ।
निर्बाचन समिति २०१८ ले समग्र प्रक्रियामा भाग लिनेहरुलाई धन्यवाद एबम विजयीहरुलाई बधाई दिदै आफु यो प्रक्रियाको एक भाग हुन पाउँदा खुशी लागेको जनाएको छ ।
निर्बाचनको प्रक्रिया सम्पन्न गर्न केन्द्रले नेपाली समाज टेक्सासका पूर्व अध्यक्ष बैकुण्ठ बिक्रम थापाको नेतृत्वमा एनएसटी पुर्ब अध्यक्ष प्रेम अधिकारी र महेन्द्र पौड्याल रहेको ३ सदस्यीय निर्बाचन समिति गठन गरेको थियो ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907