नेपाली समाज टेक्सासको साधारण सदस्य सम्बन्धि एजिएमको निर्णय बिबादमा

प्रबासी नेपालीहरुका सामाजिक संस्थाहरुमा डालस टेक्सासमा रहेको नेपाली समाज टेक्सास निकै सक्रिय संस्था हो । १९९८ मा स्थापना भए पछि यो बढिरहेको छ आजसम्म पनि । यो क्षेत्रमा नेपालीहरुको संख्या बढ्दै जाँदा यो संस्थाको उपादेयता झन् बढेको छ । नेपालीहरुको लागि बलियो र साझा संस्था चाहिन्छ भन्ने कुरामा सायदै कसैको बिमति होला ।
स्थापना कालदेखि यो २० बर्षे यात्रामा यो संस्थाले धेरै प्रकारको नेतृत्व पायो । आत्मकेन्द्रित देखि प्रचारबादी मात्र होइन कसैले उचालेर सिटमा टपक्क राखिदिएका मान्छे समेत यो संस्थाले पायो । यिनै भित्र कतिपय इमान्दार र स्पस्ट भिजन भएका थिए भने कति कामचलाउ थिए । यी मध्ये पनि कतिपय एउटा निश्चित व्यक्तिगत एजेन्डा बोकेर आएका थिए, आए, गए अनि आउनेछन, जानेछन ।
नितान्त सामाजिक संस्था भएकोले यसमा आउन खोज्नु अत्यन्त राम्रो कुरा हो । तर बढेको समाजको आबस्यकता बुझेको नेतृत्व अहिलेको आबस्यकता हो । समाजलाई आफ्नो इशारामा चलाउन खोज्ने परिपाटीले गर्दा नै यो संस्था बढेको समाज अनुसार नबढेर खुम्चिंदै गएको हो । समाजको नेतृत्व गर्न सक्ने र समाज बुझेको भन्दा पनि “आफ्नो मान्छे” ल्याउन खोज्ने परिपाटीले नेपाली समाज टेक्सास झन्झन् साँघुरो बन्दैछ ।
एकातिर ठुलो नेपाली समाज संस्थाको पहुँच, बिस्तार र सहकार्यको नेटवर्क बाहिर छ भने एउटा सानो जमात संस्था “आफ्नो नियन्त्रण” भित्र राख्ने डिजाइन अनुसार सक्रिय छ । त्यो सानो जमात आज होइन निकै पहिले देखि सक्रिय थियो र अहिले पनि छ । दुइचार जनालाई “यस म्यान” बनाएर “ठुलो” बनेको मुतेन्यानोमा रमाउने त्यो तप्कालाई नेपाली समाजको विकास, विस्तार र सक्रियता आबस्यक छैन । मेला र भेलामा गफ दिएर नथाक्ने त्यस्ता कथित समाजका नेताहरु रहेसम्म समाज फ़स्टाउन सक्दैन ।

एजीएमको निर्णय र त्यसका पक्ष बिपक्षका स्वरहरु

२२ डिसेम्बर को दिन सम्पन्न नेपाली समाज टेक्सासको साधारण सभाले केहि निर्णयहरु गर्यो । बोर्ड अफ ट्रस्टिको स्थापना गर्ने, कार्यसमितिलाई अर्भिंग बाहिर विस्तार गर्ने, भूकम्पको बेला संकलित रकमका बिषयमा उठेको प्रश्नको बारेमा र सदस्यता वितरणमा नयाँ प्रणाली लागु गर्ने जस्ता बिषय साधारण सभाबाट पास गरियो । यी बिषयमा गरिएका निर्णयहरु गलत नियतले गरिएका भन्दा पनि प्रयाप्त छलफल नगरी हलमा प्रस्तावको रुपमा लगिएको देखिन्छ । संस्थाको भविस्य र समुदायको भावनासंग जोडिएका बिषयमा संसोधनको लागि गृहकार्य गर्न कुनै संयन्त्र नै निर्माण नगरी सिधै सभामा लगेर प्रस्ताव पारित गरिएको देखिन्छ ।
बिशेष गरी सदस्यताको बिषयमा बिबाद उत्पन्न भएको छ । साधारण सदस्य निशुल्क त गरिएको छ तर ती सदस्यहरुलाई मतदानको अधिकार प्राप्त छैन । आजीवन सदस्यको लागि पुरानो पांच सय डलरबाट घटाएर एकसय डलर गरिएको छ जसलाई मात्र मतदानको अधिकार दिइएको छ । अर्को बोर्ड अफ ट्रस्टिको व्यवस्था छ जसको लागि पांच हजार डलर तिर्नु पर्छ । यसले संस्था सर्बसाधारण नेपालीहरुको पहुँच बाहिर पुगेर “पैसावालाहरुको अखडा” बन्ने त्रास पैदा भएको कतिपयको भनाइ छ। किनबेच गरेरै भए पनि चुनावको बेला एक दुइ हजार सदस्य पुग्ने नेपाली समाज टेक्सास उनी २/३ सय जना सय डलर वालाहरुको कब्जामा रहने चिन्ता उनीहरुको देखिन्छ

समाजकै हितको लागि यो निर्णय गरिएको हो: सुमन थापा (अध्यक्ष नेपाली समाज टेक्सास)


यो प्रस्तावको पक्षधरहरुको भने अर्कै तर्क छ । अध्यक्ष सुमन थापा भने सदस्यता किनबेचको परिपाटी अन्त्य गर्न यस्तो निर्णय गरिएको बताउँछन् । निशुल्क सदस्यता मार्फत धेरै सदस्य बनाउने र त्यसलाई प्रयोग गर्दै सामाजिक गतिबिधि बढाउने, सोहि संख्याको आधारमा व्यापारिक संस्थाहरुसंग सम्पर्क गरेर धेरै भन्दा धेरै फन्ड संकलन गरी समाजमा आइपर्ने समस्याहरुमा खर्च गर्ने योजनासाथ् यसो गरिएको थापा स्पस्ट पार्छन । सय डलरको सदस्य किन्न बढी नै खर्च लाग्ने भएकोले मतदाता किनबेचको सम्भावना पनि कम भएको उनको तर्क छ ।
नेपाली समाज २० बर्ष देखि कति ठुलो भयो तर यसको स्थायी संख्या ४०/५० मात्र छ । यसलाई परिवर्तन गर्ने हाम्रो लक्ष हो । एकसय डलर तिरेर बनेका सदस्यहरु सक्रिय हुने हाम्रो अपेक्षा छ । लामो समय देखि चलेको संस्थामा पनि किन सहभागिता बढ्न सकेन भनेर हामी सबैले सोंच्न जरुरी छ । हामीले लामो समयको आन्तरिक गृहकार्यबाट यो प्रस्ताव पारित गरेका हौँ । यो कार्यन्वयनमा गए पछि यसको बास्तविकता थाहा पाइनेछ । यदि यो सहि नभएको खण्डमा त अर्को एजीएमलाइ सच्च्याउने अधिकार छंदैछ, अध्यक्ष सुमन थापाले भने ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907