एनआरएनको सदस्य मात्रै बन्नु पनि गौरवको कुरा हो : भानु खरेल

करिव डेढ बर्ष भयो च्याप्टरमा काम गर्न थालेको । कमसेकम हप्ताका दुइ दिन एनआरएन र नेपाली समुदायको लागि समय दिएको छु । परिवारमा पर्ने जन्मदिन बाहेक अरु कुनै घरको काममा यी दुइ दिन गर्न पाइन्न । कहिले ह्युस्टन, कहिले अस्टिन, कहिले स्थानीय कार्यक्रम, कहिले कसैका समस्याहरु आदि इत्यादि नै मेरा दिनचर्या हुन् । सनिबार र आइतबार बाहेक अन्य दिन पनि मर्दा पर्दा अप्ठेरो पर्दा म उपलब्ध हुने गरेको छु ।
म लामो समय देखि सामाजिक कार्यहरुमा संलग्न हुँदै आएको छु । जर्जियाको एट्लाण्टा देखि डालससम्म कुनै न कुनै रुपमा सक्रिय रहेको छु । डालस आए पछि पनि बिभिन्न संस्थाहरुमा काम गर्ने अवसर मिल्यो । नेपाली समाज टेक्सासका थुप्रै परियोजनाहरुमा काम गरें यद्यपि म त्यहाँ कुनै पदमा थिइन, छैन । बिगतको एनआरएनको निर्बाचनमा धेरै साथीहरुको आग्रह र अलि बृहत समाजको प्रतिनिधित्व गर्ने आफ्नै चाहनाको कारण टेक्सास च्याप्टरको जिम्मेवारी लिन अगाडी सरेको थिएँ । जिम्मेवारी पनि प्राप्त भयो ।

यो बिचमा केहि उल्लेख्य कामहरु हामीले गर्यौं । बिशेष गरी संस्थालाई संस्थागत गर्ने दिशामा हामीले केहि ठोस कामहरु गरेका छौं । ह्युस्टन देखि अस्टिनसम्मको नेपाली समाज समेटेर कार्यसमिति निर्माण हाम्रो पहिलो काम थियो । त्यसपछि यो समयमा हामीले केहि उल्लेख्य काम गरेका छौं । जब फेयर महिला संयोजकको नेतृत्वमा सम्पन्न गर्यौं । एनआरएन को हेल्प डेस्कको शुरुवात, नेपाली नागरिकता र नेपालमा लगानी सम्बन्धि अन्तरक्रिया, नेपालका पुर्ब प्रधानमन्त्रीसंग आर्थिक नीति र एनआरएन ले नेपालमा गर्ने लगानी सम्बन्धि अन्तरक्रिया, नेपालका पररास्ट्र मन्त्रीसंग अन्तरक्रिया, महावीर पुनको आविस्कार केन्द्र निर्माणमा ४ हजार डलर संकलन गरेर सहयोग गरेका छौं ।

त्यस्तै गरी २०१७ मा गएको हुरिकेन हार्भीमा प्रभावित नेपाली परिवारलाई ८ हजार डलर सहयोग, नेपाली भाषामा चालक प्रमाण पत्र लिन सक्ने व्यवस्था मिलाउन टेक्सास राज्यका सेक्रेटरी अफ स्टेटसंग भेटघाट गरेर नेपाली भाषालाई टेक्सास राज्यमा आधिकारिक भाषाको मान्यता दिलाउन प्रयत्न गर्यौं । सायद छिट्टै त्यो प्रक्रिया समेत टुंगोमा पुग्नेछ । यस बाहेक स्थानीय रुपमा आइपर्ने बिरामी हुँदा, मृत्यु हुँदा लगायतका समस्याहरुमा दिलोज्यानले सहयोग गरेका छौं । सायद हाम्रो अधिकार क्षेत्र भित्र रहेर र मौजुदा संगठनको ढांचा र हैसियत हेर्दा हामीले छोटो समयमा धेरै काम गरेको अनुभूति गरेका छौं । संगसंगै हामीसंग गतिलो संगठन र नेटवर्क भएको खण्डमा अरु बढी गर्न सकिन्थ्यो भन्ने हामीलाई लाग्छ ।
एनआरएनको सदस्यता सम्बन्धमा 
एनआरएन अमेरिका धेरै पुरानो संस्था होइन । शुरुशुरुमा कोठाबाट यो चल्यो । अहिले बिस्तारै बाहिर निस्किन खोजेको छ । तर यसको विकास र विस्तार जुन रुपमा हुनु पर्ने हो त्यो भने हुन सकेको छैन । यसको मुख्य कारण भिजन सहितको इमान्दार नेतृत्वको अभाव नै हो । संस्थालाई आफ्नो पकडबाट बाहिर जाला कि भनेर बास्तविक प्रबासी नेपालीहरुमा यसको विस्तार गर्ने तरिकाले कार्यक्रमहरु ल्याइएन । सदस्यता निर्माणलाई खालि निर्बाचनको प्रयोजनको लागि मात्र उपयोग गरियो । यहाँसम्म कि फर्जी मत समेत निर्माण गर्ने र त्यसैको आधारमा पदको बार्गेनिङ्ग गर्ने कामहरु समेत भए ।
पक्कै पनि निर्बाचन नै नेतृत्व चुन्ने उपयुक्त प्रक्रिया हो तर त्यसमा शुद्ध तरिकाले काम गरिएन । धेरै सहि निबेदनहरु अस्विकार गरिए भने धेरै फर्जी बनाइए भन्ने आरोप समेत संस्थाले खेप्नु पर्यो । सानातिना कुराहरुमा चित्त नबुझ्दा अदालत जाने स्वार्थी प्रवृतिले पनि संस्थालाई धेरै  बदनाम बनायो र मान्छेहरुले सदस्यता किन लिने भन्ने प्रश्न गर्ने ठाउँ बनाइयो ।
यसका बाबजुद अहिले परिस्थिति बिस्तारै सुध्रेको छ । एनआरएन एउटा अन्तररास्ट्रिय आन्दोलन हो । यसको सदस्य हुनु गरिमाको कुरा पनि हो । हाम्रा सहि आवाजहरु बुलन्द गर्ने राम्रो प्लेटफर्म यो बन्न सक्छ । आफ्ना राम्रा भिजनहरु अमेरिकाका नेपाली र नेपालका नेपाली सामु पुर्याउन यो संस्था सहयोगी बन्न सक्छ । यदि यसमा केहि फोहोर छ भने भित्र आएर मात्र सफा गर्न सकिन्छ । यो कसैको व्यक्तिगत सम्पत्ति होइन, हामी सम्पूर्ण प्रबासी नेपालीहरुको हो । त्यसैले यसको सदस्य बन्नु पहिलो शर्त हो ।

पहिले पहिले पैसा तिरिदिएर सदस्य बनाइन्थ्यो तर अहिले त्यस्तो छैन । अमेरिकामा बस्ने हामी सबै चेतनशील छौं र $२० तिर्न सक्ने हैसियतका छौं भन्ने मेरो बुझाइ छ । पैसा तिरेर सदस्य बन्दा संस्थाको माया लाग्छ, जिम्मेवार बनिन्छ । त्यसैले एनआरएनको सदस्यको रुपमा आफ्नो पूर्ण अधिकारको प्रयोग एबम सुबिधाहरुको उपयोगको लागि फेब्रुअरी १५ भित्र सदस्य बनौं । आफै सदस्य बने पछि ढुक्क संग राम्रो मान्छे चुनौं । त्यसरी बल्ल एनआरएन अघि बढ्छ, हाम्रो समाज अघि बढ्छ र हाम्रो समेत इज्जत बढ्छ ।

यसबाहेक पनि एनआरएन सदस्यहरुलाई होटेल, हवाई टिकेट आदिमा छुटको व्यवस्था हुने प्राबधान छलफलमा छ । प्रभावशाली अन्तररास्ट्रिय संस्थाको एक भाग बन्न पाउनु, अप्ठेरो पर्दा सजिलै सहयोग पाउने बाताबरण बन्नु र प्रत्यक्ष आर्थिक छुट हुने व्यवस्था हुन लागेको अबस्थामा पक्कै पनि धेरै नेपालीहरुले एनआरएन को सदस्यता लिने वा नबिकरण गर्नुहुनेछ भन्नेमा हामी आशाबादी छौं । यो संस्थाबाट के पाइन्छ भन्ने भन्दा पनि यो संस्थामा गएर नेपाल र नेपालीलाई के गर्न सकिन्छ भनेर सदस्य बन्ने यो अवसर पक्कै गुमाउनु हुने छैन भन्नेमा म ढुक्क छु ।
(एनआरएन अमेरिका टेक्सास च्याप्टर अध्यक्ष भानु खरेलसंगको सम्बादमा आधारित रहेर लेखनाथ गौतमद्वारा तयार गरिएको)

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज

एआइ इन्फ़्लुएन्सरको बिगबिगी र कन्टेन्ट बनाउनेहरुमाथिको चुनौती

ट्रंपका वकिल र चिफ अफ स्टाफमाथि एरिजोनमा अभियोग

अमेरिकामा टिकटक प्रतिबन्ध हुने लाइनमा अग्रसर




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907