अफगानिस्तानको कुन्दुस प्रान्तमा सरकारी सुरक्षा फौजले आतङ्ककारी विरुद्ध गरेको कारबाहीमा परी मङ्गलबार ४० भन्दाबढी तालिवानी लडाकु मारिएका छन् । कुन्दुस क्षेत्रबाट लडाकूलाई भगाउन गरिएको कारबाहीमा उनीहरुको मृत्यु भएको वरिष्ठ सुरक्षा अधिकारी महफुजुल्लाह अकबरीले जानकारी दिनुभयो । ताजिकिस्तानको सिमानामा पर्ने रणनीतिक महत्वको कुन्दुस प्रान्तको प्रान्तीय राजधानीसमेत रहेको कुन्दुस सहरमा तालिवानी लडाकू रहस्यमय तरिकाले सोमबार छिरेका थिए […]
चिकित्साशास्त्र तर्फको नोबेल पुरस्कार घोषणा सँगसँगै सोमबार विज्ञान, शान्ति, साहित्यजस्ता अन्य बिधाका लागि पनि यस वर्षको नोबेल पुरस्कार विजेताको नाम घोषणा सत्र सुरु भएको छ । आगामी दश दिन भित्रसम्म यस घोषणा सत्र समापन भई सक्ने पनि पुरस्कार निर्णायक समिति (ज्युरी) ले जनाएको छ । यस वर्षको चिकित्सा शास्त्रतर्फको पुरस्कार जापानका वैज्ञानिक योशिनोरी ओशुमिलाई प्रदान […]
पाकिस्तानको चलचित्र प्रदर्शन तथा वितरकहरुको सङ्घले पाकिस्तानभरी भारतीय चलचित्र प्रदर्शनमा रोक लगाएको छ । केही दिनयता काश्मिर सीमा क्षेत्रमा भारत र पाकिस्तानबीच बढ्दै गएको तनावका कारण भारतीय चलचित्र प्रदर्शनमा रोक लगाइएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् । केही दिन पहिले भारतीय चलचित्र उत्पादकहरुको संघ (मोसन पिक्चर्स प्रोड्युसर्स एसोसिएसन अफ इन्डिया (आइएमपिपिए) ले पाकिस्तानी कलाकार तथा […]
अमेरिकाले असोज १८ बाट डाइभर्सिटी भिसा (डीभी) चिट्ठा खुला हुने जानकारी दिएको छ । नेपालस्थित अमेरिकी दूतावासले विज्ञप्ति जारी गरी १८ असोजबाट सन् २०१८ को डीभी कार्याक्रमका लागि आवेदन दर्ता अवधि खुला हुने जनाएको हो । आवेदन निःशुल्क हुने र डीभी चिट्ठा प्रवेश गर्नका लागि कुनै पनि शुल्क नलाग्ने जानकारी पनि विज्ञप्तिमा दिइएको छ । […]