एनसीएससी र नेपाली अमेरिकन च्याम्बर्स च्याम्बर अफ कमर्सका बार्षिक साधारण सभा सम्पन्न

डालस, टेक्सास । डिसेम्बर ३० गते आइतबार डालस क्षेत्रमा बसोबास गर्ने नेपालीहरुका दुइ संगठनका दुइवटा महत्वपूर्ण कार्यक्रमहरु भए । एउटा नेपाली ब्यापारी र ब्यबसायीहरुको संस्था यति च्याम्बर्स अफ कमर्स अनि अर्को नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्र अर्थात् एनसीएससी ।

आगामी वर्ष २०१९ का लागी विविध कार्यक्रमहरूको तर्जुमा गर्दै अमेरिकाको डालस स्थित नेपलिज अमेरिकन च्याम्बर अफ कमर्सको चौथो साधारण सभा सम्पन्न भएको छ।

डालस क्षेत्रमा रहेका नेपाली व्यवसायीहरूद्वारा स्थापित नेपलिज अमेरिकन च्याम्बर अफ कमर्सले आज आयोजना गरेको साधारण सभाबाट २०१९ का लागी विविध योजनाहरू तय भएका हुन्।

आगामी मार्च महिनामा अमेरिकामा नै पहिलो पटक ‘महिला उद्धमी तथा नेतृत्व सम्मेलन’ गर्ने, आगामी सेप्टेम्बरमा पहिलो पटक ‘नेपाली प्रविधि सम्मेलन’ गर्ने, अधिकांश नेपाली व्यवसायीहरूसंलग्न रहेका क्षेत्रसँग सम्बन्धित विषयमा वर्ष भरिमा कम्तीमा ५ ओटा निश्चित विषयका सेमिनार गर्ने र नेपालीहरूले सुरुवात गरेका नयाँ ब्याबसायहरुलाई प्रोत्साहन गर्न ‘ बिजनेश सावोर’ गर्ने निर्णय आजको साधारण सभाले गरेको छ।

साधारण सभा कै अवसर पारेर आफ्ना सदस्यहरूलाई विभिन्न क्षेत्रमा सहुलियत प्रदान गर्न ‘च्याम्बर डिस्काउन्ट कार्ड’ सो सुरुवात समेत गरिएको छ।

यसै गरी हाल सञ्चालित ‘चेम्बर मिक्स’ लाई मासिकरुपमा सञ्चालन गर्ने, मासिक च्याम्बर बुलेटिन प्रकाशित गर्ने र विभिन्न विषयमा च्याम्बरले आयोजना गर्दै आइरहेका विविध सेमिनारहरूलाई निरन्तरता दिने निर्णय समेत साधारण सभाबाट गरिएको छ।

स्मरण रहोस्, नेपलिज अमेरिकन च्याम्बर अफ कमर्सले २०१८ मा ९ पटक च्याम्बर मिक्स र ८ पटक विविध सेमिनारहरूको आयोजना गरेको थियो। च्याम्बरद्वारा हरेक वर्ष आयोजना हुने ‘वार्षिक डिनर’ डालस क्षेत्र कै एक महत्त्वपूर्ण र आकर्षक कार्यक्रम हो।

साधारण सभाका अवसरमा बोल्दै संस्थाका संस्थापक सभापति वासुदेव भण्डारीले ४ वर्ष अघि जन्मिएको यो संस्थाले छोटो समयमा उल्लेख्य काम गरेको स्मरण गर्दै अझ धेरै काम गर्न बाँकी रहेको बताउनु भयो। यस गरी संस्थाका वर्तमान सभापति मनोज सिग्देलले च्याम्बरको यात्रामा डालस क्षेत्रका हरेक व्यवसायीहरूको सहयोग र साथको आवश्यकता रहेको उल्लेख गर्नु भयो।

नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्रको नयाँ कार्यसमितिको पदभार ग्रहण कार्यक्रम

डालसका नेपालीहरुलाई जोड्ने संस्थाको रुपमा एनसीएससी रहँदै आएको छ । लामो समय देखिको प्रयास पश्चात नेपालीहरुको आस्थाको केन्द्र मन्दिर समेत स्थापना भै नियमित पुजा अर्चना समेत हुँदै आएको छ । यसलाई ब्यबस्थित तरिकाले संचालन गर्न एक कार्यसमितिको ब्यबस्था छ जसको कार्यकाल २ बर्ष हुने गर्छ । २०१७/२०१८ को दुइ बर्षे कार्यकाल समाप्त भए पछि हालै मात्र नयाँ निर्बाचन सम्पन्न भएको थियो भने निर्बाचनबाट सुरेश पोख्रेलको अध्यक्षतामा एक कार्यसमिति समेत निर्बिरोध निर्बाचित भैसकेको छ ।
डिसेम्बर ३० आइतबार नियमति बार्षिक साधारण सभा सम्पन्न भयो । निबर्तमान कार्यसमितिका अध्यक्ष रमेस पोखरेलको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा महासचिवको प्रतिबेदन, कोशाध्यक्षको प्रतिबेदन प्रस्तुत गरेर अनुमोदन गरियो ।

नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्र र बोर्ड अफ ट्रस्टीका नबनिर्बाचित पदाधिकारीहरु

महासचिवको प्रतिबेदन सुरेश पोखरेलले प्रस्तुत गर्नु भएको थियो । बिगत बर्ष एनसीएससीले गरेका कार्यक्रमहरुको नालिबेलिको साथै आगामी २०१९ मा एनसीएससीले गर्ने योजना रहेका प्रमुख कार्यक्रमको खाका समेत पोखरेलले प्रस्तुत गर्नु भएको थियो ।
कोशाध्यक्षको प्रतिबेदनमा मन्दिर संचालन गर्न मासिक तेह्र हजार डलर खर्च रहेको र हाल मन्दिरको मासिक आम्दानी पन्ध्र हजार डलर भन्दा बढी औसत रुपमा रहेको प्रतिबेदन कोशाध्यक्ष छवि मणि चापागाईंले प्रस्तुत गर्नु भएको थियो । त्यस्तै यो बर्ष मात्र ९७ हजार डलर रकम मोर्गेज पुरै तिर्न समिति सफल भएको जानकारी गराउंदै यतिबेला समितिको खातामा करिव एकलाख सत्ताइस हजार डलर रहेको प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो ।
बार्षिक साधारण सभा तथा नयाँ कार्यसमितिको पदभार ग्रहण कार्यक्रममा बोर्ड अफ ट्रस्टीका नबनिर्बाचित अध्यक्ष बिनय अर्यालले समग्र मन्दिर , एनसीएससी तथा बोर्ड अफ ट्रस्टीको तर्फबाट सबैलाई धन्यवाद व्यक्त गर्नु भएको थियो ।
सभापतिको आसनबाट निबर्तमान एनसीएससी कार्यसमितिका अध्यक्ष रमेश पोखरेलले आफ्नो दुइ कार्यकालमा समुदाय र आफ्नो टीमका सदस्यहरुले गरेको उल्लेख्य कामको मुक्त कण्ठले प्रशंशा गर्दै मन्दिर सबैको सम्पति भएकोले सके जति गर्न सबैमा अपिल समेत गर्नु भएको थियो ।
नेपाली समाज टेक्सासको तर्फबाट महासचिव भक्त भण्डारीले नेपाली समाज टेक्सासले एनसीएससी र नेपाली मन्दिरको लागि आबस्यक सम्पूर्ण सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्नु भएको थियो ।
सो अबसरमा यति च्याम्बर्स अफ कमर्सका अध्यक्ष मनोज सिग्देलले च्याम्बर्स एनसीएससीको संस्थागत बोर्ड अफ ट्रस्टी बन्ने घोषणा गर्नु भएको थियो भने त्यसको लागि आबस्यक दस हजार डलरको चेक एनसीएससीलाइ उपलब्ध गराइने जानकारी दिनु भएको थियो ।
कार्यक्रमको अन्त्यमा नबनिर्बाचित एनसीएससी र बोर्ड अफ ट्रस्टीका पदाधिकारीहरुलाइ निर्बाचन समितिका सदस्यहरु बैकुण्ठ थापा, प्रेम अधिकारी र महेन्द्र पौड्यालले पद तथा गोपनियताको सपथको साथै ओहोदाको प्रमाणपत्र समेत प्रदान गर्नु भएको थियो ।

यस अधि भएको निर्बाचनमा अध्यक्षमा सुरेश चन्द्र पोख्रेल सहित उपाध्यक्ष अचुत थापा र सुदिप अधिकारी, महासचिव छवी चापागाईं, सचिव दिनानाथ न्यौपाने, कोशाध्यक्ष शैलेन्द्र मानन्धर, सह-कोशाध्यक्ष अमोद श्रेष्ठ निर्बिरोध निर्बाचित हुनुभएको छ भने कार्यकारी सदस्यहरुमा भेष राज सिवाकोटी, गगन केसी, हरि अधिकारी र लक्ष्मी अधिकारी निर्बाचित हुनुभएको थियो ।
त्यसै गरी केन्द्रको बोर्ड अफ ट्रस्टिको अध्यक्षमा बिनय अर्याल पुन: निर्बिरोध निर्बाचित हुनुभएको छ भने रबिन खनाल उपाध्यक्ष, उपाध्यक्षमा मनोज सिग्देल र सचिवमा सृजना पोख्रेल निर्बाचित हुनु भएको थियो ।

 

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907