एचडीएनपीले रक्तदान कार्यक्रम सम्पन्न गर्यो
डालस, टेक्सास। “एकदम जरुरत परेकाहरुलाई सहयोग” (Help For Desperate and Needy People) अर्थात् एचडिएनपीले गत सनिबार अर्थात डिसेम्बर १५ गते एक रक्तदान कार्यक्रम सम्पन्न गर्यो। लामो समय देखि डालस क्षेत्रमा सक्रिय एचडिएनपीले हरेक ३ महिनामा रक्तदान कार्यक्रम संचालन गर्दै आएको छ। यो ३० औं पटक हो।
एचडिएनपीले करिव ५ बर्षदेखि यस्ता जनसेवी कार्यक्रमहरु संचालन गर्दै आएको छ। घरबार बिहिनहरुलाई हरेक महिना जसो खाना खुवाउने काम समेत यो संस्थाले गर्दै आएको छ। यसपटकको रक्तदान कार्यक्रममा २१ जनाले रक्तदान गरेका थिए । रक्तदानलाइ जीवनदान पनि भनिन्छ । एकजनाको रगतले औसत ३ जनाको जीवन रक्षा हुनसक्छ । यस्तो पुण्य काम गरेर एचडीएनपीले निकै महत्वपूर्ण काम गरेको छ ।
सो अवसरका तस्विरहरु: