नेपाल जर्नीको तेश्रो गाला डिनर सम्पन्न

डालस, टेक्सास । भरतपुर नगरपालिकामा एक सुबिधा सम्पन्न पुस्तकालय निर्माण गर्न केहि रकम जम्मा गर्ने उद्देश्यले ग्रेपभाइन स्थित मेरिअट होटेलमा नेपाल जर्नीले फन्ड रेजिंग गाला डिनर सम्पन्न गरेको छ । गत तीन बर्ष देखि संचालन हुँदै आएको यो कार्यक्रममा यसपाली पनि डालस वरपरका नेपाली समुदायका अगुवा एबम सर्बसाधारणहरुको राम्रो उपस्थिति थियो ।


डालस नजिकै रहेको ग्रेपभाइन सिटिमा रहेको यो होटेल जसरी सुबिधा सम्पन्न थियो, त्यसरी नै आगन्तुकहरुलाई सन्तुस्ट पार्न आबस्यक मनोरंजन र खानाको व्यवस्था नेपाल जर्नीले गरेको थियो । आयोजकहरुको सम्पूर्ण तयारी पुरा भए पनि आगन्तुकहरुको ढिला उपस्थितिका कारण कार्यक्रममा ढिलाई भए पनि आइसकेका पाहुनाहरु भेटघाट, कुराकानी र खानपिनमा ब्यस्त रहेकोले ढिलाइको अनुभूति भने हुन पाएन ।
कार्यक्रममा प्रमुख अतिथि टेक्सास प्रतिनिधिसभा कि सदस्य टेरी मेजा हुनुहुन्थ्यो भने प्रमुख बक्ता कोलोराडोबाट आउनु भएकी नेपाली चेली बुना दाहाल । कार्यक्रममा विभिन्न खालका मनोरन्जनात्मक सामाग्रीहरु समेत प्रस्तुत गरिएको थियो । टेक्सासमा अमेरिकीहरु बीच लोकप्रिय ट्याप नाच देखि शार्दुला जोशीको टीमको मन्जुश्री नाचले धेरैको मन जित्न सफल भएको थियो । सपना गौतमको नृत्य प्रस्तुति हेर्न लायक थियो भने मेघा गुरुङले अंग्रेजी भाषाको गीत निकै उत्कृस्ट तरिकाले प्रस्तुत गरिन ।


प्रमुख बक्ताको रुपमा आउनु भएकी बुना दाहालले “ज्ञान पाउने सुबिधा ” बाट बन्चित नेपाली बालबच्चाहरुको लागि लक्षित यो कार्यक्रममा भाग लिन पाउँदा आफु हर्षित भएको उल्लेख गर्दै आफ्नो अभावको बाल्यकालको परिचर्चा गर्नु भएको थियो । सुबिधासम्पन्न ठाउँमा आए पछि आफु जन्मेको धर्ती प्रतिको कर्तब्य पुरा गर्न कमसेकम सानोतिनो सहयोग गर्नु आबस्यक रहेको कुरामा जोड दिनु भएको थियो । दृस्टी बिहिन भए पनि आफुले अमेरिका सम्म पढ्न आउने अवसर प्राप्त गरेको उल्लेख गर्दै अन्य नेपाली दृस्टी बिहिन बालबालिकाहरुको लागि पनि त्यो अबसर प्राप्त होस् भनेरै आफुले काम गरिरहेको जानकारी गराउनु भएको थियो ।

दर्शकको मूड बुझ्ने टेरी मेजा


प्रमुख अतिथिको रुपमा उपस्थित प्रतिनिधिसभा सदस्य टेरी मेजा नेपाली समुदायमा नौलो नाम होइन । उनी बिगत ४ बर्ष देखि नेपाली समुदायमा हुने र बोलाइएका कार्यक्रमहरुमा सकेसम्म उपस्थित हुने गर्छिन । उनी पार्टीको नेता मात्र होइन त्यसअघि एक शिक्षक र वकिल थिइन । हरेक पटक उनले दिने भाषणमा आबस्यक खुराक उनीसंगै पक्कै थियो । तर उनले हरेक पटक गर्ने भाषण छोटो र मिठो हुने गर्छ । टेरी मेजा मन्चमा आए पछि मान्छेले नाक खुम्च्याएर भाग्नु पर्दैन । उनले मिठा र समय सान्दर्भिक कुरा दुइ चार वाक्यमा सिद्धाउछिन ।
नेपाल जर्नीको कार्यक्रममा पनि उनले त्यसै गरिन । दर्शकको मूड हेरिन, उनीहरु मनोरंजन लिन आएका थिए । उनीहरु नेपाल जर्नीको सेवामुलक कामको छोटो मिठो परिचय एबम खानपान र भेटघाटद्वारा आफ्नो शनिबारको साँझ रंगीन बनाउन आएका थिए । धेरै बोल्दा कार्यक्रम लम्बिने र श्रोताहरुको आफु प्रति नकारात्मक धारण बन्न सक्ने बुझेकी टेरी मेजाले २०१५ सालमा नेपालमा भुकम्प जाँदा आफु लायन्स क्लबको मिटिंगमा रहेको कुरा व्यक्त गर्दै नेपाल जर्नीको स्थापना पनि सोहि भुकम्पको परिणामले भएको उल्लेख गरेर आफ्नो अभिव्यक्ति अन्त्य गरिन ।
कार्यक्रममा नेपाल जर्नीको तर्फबाट अतिथिहरुलाई धन्यवाद दिंदै अध्यक्ष मौसमी श्रेष्ठले नेपाल जर्नीको स्थापना र त्यसपछि संस्थाले गरेका कामहरु बारे चर्चा गरिन । “पुस्तकालय परियोजना” का ग्लोबल संयोजक भानु खरेलले आफ्नो टीमको परिचय गराउंदै सहयोगको लागि फेरी सबै सामु आफु आउने जानकारी गराउनु भएको थियो ।
कार्यक्रमका अन्य बक्ताहरुमा एनआरएन आइसिसि क्षेत्रिय संयोजक गौरी राज जोशी, युएनएका संस्थापक अध्यक्ष पासांग लामा, एनएसटीका महासचिव भक्त भण्डारी, एनआरएन अमेरिकाका बरिस्ठ उपाध्यक्ष सुनील शाह आदिले आफ्ना गहन विचारहरु व्यक्त गर्दै नेपाल जर्नीको कामको प्रशंशा एबम आगामी दिनमा आबस्यक परेको सहयोग गर्ने प्रतिबद्धता समेत जाहेर गर्नु भएको थियो ।
कार्यक्रम राफल चिट्ठाको नतिजा एबम डिजे नाचद्वारा समापन गरिएको थियो भने कार्यक्रमको संचालन अस्टिनबाट आएकी कृतना बाँस्कोटा, डालसका चर्चित एमसी रोधन पोख्रेल र रुपेश न्यौपानेको त्रिपक्षिय संयोजनमा भएको थियो । डिजे कार्यक्रम जिजे सुशान्तको कुशल कलामा संचालन भएको थियो । नेपाल जर्निका लागि ६०० भन्दा बढी पुस्तक जम्मा पारेर उल्लेखनीय योगदान पुर्याए बापत श्रियम जोशीलाई “हिरो अफ नेपाल जर्नी” उपाधिले सम्मानित गरिएको थियो ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

युलेस टेक्सासमा दशैं तिहार मैत्रीपूर्ण भलिबल सम्पन्न

डालसमा अक्टोबर १८ शुक्रबार रिदम नाइट हुँदै

दशैंको सांस्कृतिक महत्व र वर्तमानमा यसको सान्दर्भिकता

मोमो फेस्टिबल २०२४ नोभेम्बर २ मा भव्य रुपमा हुँदै

चाम्स निर्देशित ‘अञ्जिला’का लागि गीतकार अधिकारीले लेखे शब्द




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907