एचडीएनपीले घरबार बिहिनहरुलाई ब्लांकेट बितरण गर्यो

डालस, टेक्सास । जाडो याम र क्रिसमसको अवसर पारेर एचडीएनपीले फोर्ट वर्थ नजिकका घरबार बिहिनहरुलाई ब्लांकेट वितरण कार्यक्रम सम्पन्न गरेको छ । केहि समय देखि समाजका सक्रिय समाजसेवीहरुको सक्रियतामा संकलित ती ब्लांकेटहरु डिसेम्बर २४ मा वितरण गरिएको हो ।
जाडो समय घरबार बिहिनहरुलाई कतिपय अबस्थामा काल नै बनेर आउँछ । घर नभएकाहरुलाई मात्र थाहा हुन्छ जाडोमा ब्लांकेटको महत्व कति हुन्छ । ब्लांकेट वितरण सुन्दा सामान्य लागे पनि कसैको लागि जीवन बनेर आउन सक्छ । यो हाम्रो पहिलो ब्लांकेट वितरण कार्यक्रम हो । पहिलो पटक मै हामीले धेरै सफलता हाँसिल गरेका छौं । यसको लागि संस्था र मेरो तर्फबाट सम्पूर्ण ब्लांकेट संकलनकर्ता, स्वयंसेवकहरुलाई धन्यवाद दिन चाहन्छु, संस्थाका अध्यक्ष देवी आचार्यले स्पस्ट पार्नु भयो ।
कार्यक्रममा ३७४ वटा ब्लांकेट वितरण गरिएको थियो । ती ब्लांकेटहरु लामो समय लगाएर जम्मा गरिएको थियो । किशोरी श्रीयम जोशीको संयोजकत्वमा ब्लांकेट संकलन अभियान संचालन गरिएको थियो । सो अभियानको क्रममा संयोजक श्रीयम जोशीले ११५, किम्बरली फ्रिजप्याट्रिकले ७५, एचडीएनपी टीमले ५९, पुण्य फाउन्डेसन ४६, डाक्टर बिष्णु उपाध्याय ३०, नरेश राज पाण्डे २०, डालस फिलिपिनो लायन्स क्लब २०, श्री सत्य साइ केन्द्र १०, संगीता स्थापित १०, सबिना श्रेष्ठ ५, बिष्णु गुरुङ ५ र जेरेमाया ड्रिगरले ५ वटा ब्लांकेट संकलन गर्नु भएको थियो ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907