यो दशैं पनि कहिले भन्ने छलफल मै बित्ने भयो। दशैं २५ कि २६ भन्नेमा अमेरिकाको नेपाली समाज विभक्त छ। नेपालीहरु प्रबासमा बसाइ सर्न थालेको बीसौं बर्ष भयो तर बिगत ३/४ बर्ष देखि मात्र विवाद शुरु भएको हो। यसमा नेपाल भन्दा फरक दिनमा हाम्रा चाडबाडहरु मान्नु पर्छ भन्नेहरु निकै कम छन् भने नेपालकै अनुसार मनाउने धेरै […]
डालस, टेक्सास। तालमा डुबेर सहादत प्राप्त गरेका युबाद्वय हिकारू गौतम र त्रिशरण खत्रीको ४५औ पुण्य तिथिको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। केलर सिटिस्थित कार्टर ब्लड केयरको कार्यालमा भएको उक्त रक्तदान कार्यक्रममा ४२ जना उपस्थित भएका थिए भने २७ जनाले रक्तदान गरेका थिए। ब्लड डोनर्स अफ अमेरिका र डालस गुर्खाज फुटबल क्लबको आयोजना र दिबंगत […]
डालस, टेक्सास। तालमा डुबेर मृत्यु भएका डालस नजिकै रहेको शहर केलर निवासी एक नेपाली युवाको दाहसंस्कार भोलि अर्थात् जुलाई १४ गते हुने भएको छ। परिबारका अनुसार डालसमा रहेको वेस्ट च्यापेल संस्कार गृहमा मंगलबार बिहान ९ बजे अन्तिम श्रद्धान्जली अर्पण गरिनेछ। त्यसपछि साढे दस बजे अन्तिम संस्कार सम्पन्न गरिनेछ। कोरोनाको संक्रमणका कारण दाहसंस्कार गृहमा उपस्थित हुन […]
डालस, टेक्सास । एचडीएनपी इन्टरनेसनलले घरबारबिहिनहरुलाई ब्ल्यांकेट वितरण कार्यक्रम सम्पन्न गरेको छ । क्रिश्मसको समय पारेर जाडोमा कठ्याङ्ग्रिन बाध्य उनीहरुलाई न्यानो ब्ल्यांकेट वितरण गरिएको हो । बिभिन्न व्यक्ति, संस्थाहरुबाट संकलित ५२३ वटा ब्ल्यांकेट वितरण गरिएको संस्थाका अध्यक्ष देवी आचार्यले जानकारी दिनु भएको छ । एचडीएनपी डालस फोर्ट वर्थ क्षेत्रमा सक्रिय सामाजिक संस्था हो । यसले […]
डालस, टेक्सास । डि.एफ.डब्लु श्री कृष्ण प्रणामी हिन्दुसमाजको आयोजना, बि.डि.ए.(ब्लड डोनर्स अफ अमेरिका) को समन्वय र कार्टर ब्लड केयर को प्राविधिक सहयोगमा डिसेम्बर २१, २०१९ मा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भयो । उक्त कार्यक्रम यसै समितिका अध्यक्ष श्री राजुहुमगाईको अध्यक्षतामा सम्पन्न भएको थियो । सो कार्यक्रममा १० महिला सहित ३० जना रक्तदाताहरुले रक्तदान गर्नु भएको थियो । Re__Blood_Drive_2019 श्री कृष्ण […]
डालस, टेक्सास । नेपलिज-अमेरिकन च्याम्बर अफ कमर्श, डालस, टेक्ससको संयोजन र सिटी अफ अर्भिंग तथा अर्भिंग-लस कोलिनस च्याम्बर अफ कमर्शको निमन्त्रणमा अमेरिकाको भ्रमणमा आएको गोकर्णेश्वर नगरपालिका, काठमाडौँ नेपालको एक प्रतिनिधिमण्डललाई सिटी अफ अर्भिंगले हिजो एक विशेष स्वागत तथा सम्मान गरेको छ। टेक्ससको सिटी अफ अर्भिंग र नेपालको गोकर्णेश्वर नगरपालिका बिच ‘ सिस्टर सिटी’ सम्बन्ध स्थापनाका […]
नेपाली समाज टेक्सासको निर्बचानको तिथि नजिकिंदै छ । अन्तिम दिन डिसेम्बर २१ तोकेर सदस्य बन्नको लागि आव्हान पनि गरिसकिएको छ । उम्मेद्वारी दाखिला गर्ने अन्तिम दिन डिसेम्बर २२ तोकिएको छ । तर डिसेम्बर महिनामा हावापानी जति कठ्याङ्ग्रिएको छ, त्यो भन्दा बढी नेपाली समाज टेक्सासको चुनावी चहलपहल कठ्याङ्ग्रिएको देखिन्छ । १९९८ मा सामान्य चाडबाड मनाउने उद्देश्य साथ […]
डालस, टेक्सास । आफु बसेको समाजलाई केहि दिनु पर्छ भन्ने मूल उद्देश्यका स्थापित एचडीएनपी इन्टरनेसनलले क्रिश्मसको समय पारेर ५०० ब्लान्केट वितरण गर्ने भएको छ । घरबारबिहिन, रोगी एबम बृद्धबृद्धाहरुलाई क्रिश्मस इभको दिन अर्थात् डिसेम्बर २४ गते डालस र फोर्ट वर्थमा ब्ल्यांकेट वितरण गरिनेछ भने ७ जना युवायुवतीहरुलाई संयोजक तोकेर ब्ल्यांकेट संकलन शुरु गरिएको संस्थाका अध्यक्ष […]
डालस, टेक्सास । नेपाली समाज टेक्सासको ११औं कार्यकारी समितिको चुनाव डिसेम्बर २८ मा हुने भएको छ । सदस्यता समितिका प्रमुख विजयराज भट्टराईद्वारा प्रेस बिज्ञप्ति जारी गर्दै उक्त जानकारी गराउनु भएको हो । साथै त्यसको लागि सदस्यता शुल्क र सदस्यता लिनको लागि आबस्यक योग्यता एबम कागजातको पनि उल्लेख गरिएको छ । १८ बर्ष पुगेको र टेक्सासको […]
डालस, टेक्सास । डालसमा सक्रिय डालस एभरेस्ट लायन्स क्लब लगायतका केहि संस्थाहरुको संयुक्त आयोजनामा नेपाली मन्दिरको सभाहलमा आज नोभेम्बर २४ आइतबार स्वर्गीय इरा आचार्यको स्मृति सभा हुने भएको छ । स्मृति सभा अपरान्ह ४ देखि ६ बजे सम्म हुनेछ । त्यस अघि ११ बजे देखि ४ बजेसम्म उहाँकै सम्झनामा रक्तदान कार्यक्रम समेत आयोजना गरिएको छ […]