दशैं २५ वा २६, बिबाद कि समाज बिभाजनको शुत्र !

यो दशैं पनि कहिले भन्ने छलफल मै बित्ने भयो। दशैं २५ कि २६ भन्नेमा अमेरिकाको नेपाली समाज विभक्त छ। नेपालीहरु प्रबासमा बसाइ सर्न थालेको बीसौं बर्ष भयो तर बिगत ३/४ बर्ष देखि मात्र विवाद शुरु भएको हो। यसमा नेपाल भन्दा फरक दिनमा हाम्रा चाडबाडहरु मान्नु पर्छ भन्नेहरु निकै कम छन् भने नेपालकै अनुसार मनाउने धेरै छन्। यो बिबादमा को सहि वा को गलत छ भन्दा पनि कुन दिन लगाउँदा हाम्रो परम्परा, सामाजिक एकता र बिस्वब्यापी एकरुपता हुन्छ भन्ने मान्यता सर्बोपरी हुनु पर्छ भन्ने मेरो धारणा छ। समाजका अधिकांश व्यक्तिहरुको धारणा पनि त्यहि पाइन्छ।
नयाँ पात्रो निकालेर अघिल्लो दिन दशैं टिका लगाउनु पर्छ भन्नेहरुले तिथिलाइ आधार मानेको पाइन्छ। नेपाली आध्यात्मिक तथा सांस्कृतिक केन्द्र डालस टेक्सासका अध्यक्ष सुरेश पोख्रेल दशैं तिथिको आधारमा मनाइने चाड भएको र दशमी तिथि अधिकांश रुपमा २५ गते पर्ने भएकोले २५ गते नै दशैं मान्नु पर्ने तर्क गर्छन। बिज्ञान र ज्योतिष शास्त्रमा जोड दिएका अध्यक्ष पोखरेलले टिका लगाउने प्रचलनमा कस्तो बिज्ञान र ज्योतिष शास्त्र लागु हुन्छ भन्नेमा भने अनुत्तरित रहे। परम्परा मान्नु पर्छ भन्नेहरुलाई मुर्ख र जडसुत्रबादीको संज्ञा दिंदै त्यसैको कारण हाम्रो धर्म र संस्कृति कम्जोर हुँदै गएको तर्क गरे।

 

विचार विश्लेषण: लेखनाथ गौतम

अर्कोतिर उनकै समितिमा रहेका अधिकांश सदस्यहरु भने २६ गते नै दशैं मनाउने बताउँछन्। नाम उल्लेख नगर्ने शर्तमा एकजना सदस्यले समितिमा पण्डितका छोराहरुको हालीमुहाली भएकोले परम्पराका कुरा राख्दा घडी र पला, अक्षान्श र देशान्तर अनि पूर्व र पश्चिमका तर्क गरेर पेल्ने गरेको गुनासो व्यक्त गर्छन। “हाम्रो काम ल्याप्चे लाउने हो, त्यहि गरिन्छ तर चाडबाड भने नेपालकै तरिकाले मनाइन्छ” उनले स्पस्ट पारे। समाजसेवी बासु भण्डारी पनि आफ्ना बाबु बाजेले चलाएको चलन मान्नु नै सहि हुने कुरामा विश्वास गर्छन। “यो मामिलामा मन्दिरले पुनर्विचार गर्ने” कुरा औल्याउंदै नयाँ मितिलाई समग्र समाजले अस्विकार गरिसकेपछि एकरुपता र एकताको लागि नेपालकै अनुसार अधि बढ्नु सहि हुने उनको धारणा थियो।
मन्दिर स्थापना देखि निरन्तर मन्दिरमा मूल गुरुको भूमिकामा रहेका आचार्य शेखर पण्डित प्राबिधिक रुपले आफु २५ गतेमा सहमत भए पनि दशैं भने २६ गते नै मनाउने विचार व्यक्त गरे। “म र मेरो परिवार २६ मै दशैं मनाउदै छौं र व्यक्तिगत रुपमा सोध्नेहरुलाई २६ कै सल्लाह दिने” उनको विचार छ। समितिका केहि व्यक्तिहरुको जुनसुकै मुल्यमा आफ्नो अवान्छित एजेन्डा लागु गर्ने इगोका कारण नेपाली मन्दिर नै बिबादमा आउन लागेकोमा धेरै सुभचिन्तकहरु चिन्तित देखिन्छन। यसको लागि मन्दिरको बोर्ड अफ ट्रस्टी र समग्र नेपाली समाजले हस्तक्षेप गर्नु पर्ने उनीहरुको भनाइ देखिन्छ। तर मिति परिबर्तन गर्ने अभियानमा लागेकाहरु यति प्रतिबद्ध देखिन्छन कि समाज विभाजनको चिन्ता समेत उनीहरुमा पटक्कै देखिंदैन।

Photo: Google

मेरो बिचारमा २६ गते सोमबार नै दशैंको आधिकारिक टिकाको दिन हुनु उपयुक्त हुन्छ। त्यसको लागि सर्बप्रथम त सर्बस्विकर्यता पहिलो कारण हो।लामो समय देखि सबैले स्वीकार, अंगिकार र पालना गरेको कुरा बिगार्न आबस्यक छैन। सर्बस्विकृत मान्यताहरु परिबर्तन त्यतिबेला गरिन्छ जतिबेला त्यसले समाजमा विभेद र विभाजन ल्याउँछ। अधिकांश हामी नेपाली नेपालमा रहेका आफन्तहरुसंग यति जोडिएका छौं कि हामी उनीहरुसंग अलग हुनै सक्दैनौं। हामी त्यो बन्धनलाई अझ बलियो बनाउन चाहन्छौं न कि कम्जोर पार्न। अर्को कुरा एकरुपता हो। विस्वका लगभग हरेक देशहरुमा छरिएका हामी नेपाली हरेक देश, राज्य र शहरको अलग अलग पात्रो बनाउन सम्भव पनि छैन। त्यसमाथि हाम्रा तिथिहरु संधै परिबर्तन भैरहन्छन। तिथिहरू कहिले अघिल्लो दिन र कहिले पछिल्लो दिनमा पर्ने हुनाले त्यसै पनि २४ घण्टा ठ्याक्कै कुनै दिन पनि तिथिमा पर्न गार्हो हुन्छ। तिथिलाइ मितिसम्म मिलाउन खोज्दा त्यसै पनि तानतुन पार्नै पर्छ। तान्नै पर्ने भए पछि च्यातिने तिर तान्नुको सट्टा जोडिने तिर तान्नु उपयुक्त हुन्छ।
मलाई लाग्छ हाम्रो परम्परा, हाम्रो सामाजिक एकता, हाम्रो नेपालमा आफन्तहरुसंगको सामिप्यता, बिस्वब्यापी एकरुपता कायम गर्न नेपालमा जुन दिन हाम्रा चाडबाडहरु मनाइन्छ, सोहि दिन निर्बिकल्प र निर्बिबाद रुपमा मनाउनु सहि हुन्छ। यसको बिरुद्ध व्यक्तिगत रुपमा अभियानको रुपमा लाग्नु, आफ्नो एजेन्डा जसरी पनि लागु गर्छु भनेर इगो लिनु कसैको हितमा हुँदैन। कमसेकम यो पुस्ता रहुन्जेल मिति परिबर्तनको चलखेल असफल हुने निश्चित नै छ। सामाजिक संजालमा देखिएको असन्तुस्टी, हाम्रो संस्कृतिमाथिको अन्योलता हटाउन सबैले गम्भीर हुन जरुरी छ। हाम्रा हरेक चाडबाड र पर्बहरुमा हुने अन्योल, बिबाद, विभाजन र मतभिन्नता अन्त्य गर्न चाडबाडहरुको एकरुपता निकै महत्वपूर्ण छ। समाजको एकताको प्रतिकको रुपमा रहेका मन्दिर लगायत अन्य धार्मिक संस्थाहरुले पनि अडानको रटान भन्दा समाजको मनोविज्ञान र परम्परागत मान्यताहरुलाई स्वीकार गरेर अघि बढ्नु बुद्धिमत्तापूर्ण हुन्छ। नत्र ती संस्थामाथिको विश्वास र भरोशा कम्जोर हुने र त्यसले अन्तत्वगत्वा हाम्रो धर्म, संस्कृति माथि नै आंच आउन सक्छ। यस्तो भस्मासुर प्रवृति त्याग्नु नै आजको एकमात्र बिकल्प हो।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज

एआइ इन्फ़्लुएन्सरको बिगबिगी र कन्टेन्ट बनाउनेहरुमाथिको चुनौती

ट्रंपका वकिल र चिफ अफ स्टाफमाथि एरिजोनमा अभियोग

अमेरिकामा टिकटक प्रतिबन्ध हुने लाइनमा अग्रसर




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907