नेपाली समाज टेक्सासको निर्बाचन डिसेम्बर २८ मा हुने: सदस्यता लिन अपिल
डालस, टेक्सास । नेपाली समाज टेक्सासको ११औं कार्यकारी समितिको चुनाव डिसेम्बर २८ मा हुने भएको छ । सदस्यता समितिका प्रमुख विजयराज भट्टराईद्वारा प्रेस बिज्ञप्ति जारी गर्दै उक्त जानकारी गराउनु भएको हो । साथै त्यसको लागि सदस्यता शुल्क र सदस्यता लिनको लागि आबस्यक योग्यता एबम कागजातको पनि उल्लेख गरिएको छ । १८ बर्ष पुगेको र टेक्सासको स्थायी बासिन्दा भएको प्रमाण एबम बिद्यार्थीहरुको हकमा टेक्सासका कुनै पनि कलेजहरुमा भर्ना भएको प्रमाण आबस्यक पर्नेछ ।
साधारण सदस्यले मतदान गर्न, उम्मेदवार हुन र अन्य उपलब्ध सुविधाहरु उपभोग गर्न पाउनेछन भने त्यसको लागि $२० तिर्नु पर्नेछ जसको अबधि २ बर्षको हुनेछ । दुइ बर्ष पछि फेरी नविकरण गर्नु पर्नेछ ।
त्यस्तै आजीवन सदस्य बन्न $५०० तिर्नु पर्नेछ । आजीवन सदस्यहरुले पनि साधारण सदस्य सरह सुविधाहरु पाउनेछन भने उनीहरुले फेरी नविकरण गर्नु पर्ने छैन ।
त्यस्तै $५००० बोर्ड अफ ट्रस्टीको सदस्य हुन शुल्क तोकिएको छ । ट्रस्टीहरुले साधारण सदस्यहरुले पाउने सम्पूर्ण सुविधाहरु पाउनुको साथै नेपाली समाज टेक्सासको अभिभावकत्व ग्रहण गर्नेछन ।
विजयराज भट्टराई संयोजक रहेको सदस्यता समितिका सदस्यहरु ज्ञानेन्द्र कार्की, केशव लामिछाने, सिता सापकोटा र प्रयास बाँस्तोला छन् । जारी बिज्ञप्तिमा नेपाली समाज टेक्सासको सदस्य बनी हाम्रो समाजलाई अझै बिस्तृत र सक्रिय बनाउन अनुरोध गरिएको छ ।
बिगतमा नेपाली समाज टेक्सासको निर्बाचन तिक्ततापूर्ण हुने गरेको सन्दर्भमा यसपाली बास्तविक समाजसेवीहरु यसमा आउने र निस्वार्थ सेवा गर्ने बाताबरण निर्माण गर्नु हाम्रो दायित्व हो । एक सदस्यको रुपमा सम्पूर्ण टेक्सासबासी नेपालीहरु यसमा सदस्य बन्नु जसरी महत्वपूर्ण छ त्यसरी नै यो संस्थाका हरेक गतिविधिमा सकारात्मक चासो र बिकृतिमाथिको रचनात्मक हस्तक्षेप आबस्यक भैसकेको छ । नेपालीहरुका हरेक संस्थाहरुमा देखिएका विसंगति कुनै अमुक व्यक्तिले अन्त्य गरिदेला भनेर बस्नु भन्दा हरेक सदस्यहरुले निस्वार्थ तरिकाले सोंचेर अलिकति मात्र काम गर्ने हो भने यी कुरा स्वतः समाधान भएर जानेछन ।
सदस्यता समितिको बिज्ञप्ति जस्ताको तस्तै :
सम्पूर्ण टेक्सासबासी नेपालीहरु, नेपाली समाज टेक्सास (NST) को ११ औ कार्यकारी समितिको निर्वाचन आगामी डिसेम्बर २८ शनिवार हुदैछ। सो निर्वाचनमा उमेद्वार तथा भोटरका रुपमा सहभागी हुन यस संस्थाको सदस्यता लिएको हुनुपर्नेछ। तलका तीन प्रकारका सदस्यहरु निर्वाचन प्रक्रियामा सहभागी हुन् सक्नेछन।सदस्यता लिने अन्तिम मिति: डिसेम्बर २१, राती ११:५९ बजे सम्म ।
साधारण सदस्यता शुल्क: $२०.०० प्रति व्यक्ति आजीवन सदस्यता शुल्क: $५००.०० प्रति व्यक्ति ट्रष्टी सदस्यता शुल्क: $५,०००.०० प्रति व्यक्ति ।
सदस्यता लिन योग्यता : साधारण सदस्य:
१. सदस्यता लिने समयमा १८ बर्ष पुगेको हुनुपर्नेछ।
२. टेक्सास राज्यमा बसोबास गर्ने हुनुपर्नेछ।
३. यो सदस्यता २ बर्षको निमित्त मात्र उपयोगी हुनेछ।
४. यी सदस्यहरु निर्वाचनको भोटर्स तथा उमेदवार तथा अन्य जुनसुकै कमिटीको निमित्त उपयोगी हुनेछन् ।
५. विद्यार्थीको हकमा टेक्सास राज्यको कलेजमा अध्ययनरत हुनुपर्नेछ।
६. साधारण सदस्यता शुल्क $२०.०० रहेको छ। आजीवन सदस्य: १.साधारण सदस्यका सम्पूर्ण प्रक्रिया पूरा गरेको हुनुपर्नेछ। २. आजीवन सदस्यता शुल्क $५००.०० रहेको छ। ३. साधारण सदस्यका सम्पूर्ण अधिकारहरु प्राप्त हुनेछ । बोर्ड अफ ट्रष्टी सदस्य : १.ट्रष्टी सदस्य बन्नका निमित्त साधारण सदस्य बन्ने सम्पूर्ण प्रक्रिया पूरा गरेको हुनुपर्नेछ। २. ट्रष्टी सदस्यता शुल्क $५,०००.०० रहेको छ। ३. ट्रष्टी सदस्यहरुलाई साधारण सदस्यका सम्पूर्ण अधिकारहरु प्राप्त हुनेछ । ४. ट्रष्टी, नेपाली समाज (NST) को अभिभावक भूमिका रहनेछ।
धन्यवाद , विजयराज भट्टराई प्रमुख, सदस्यता कमिटी तथा सदस्यहरु – ज्ञानेन्द्र कार्की, केशव लामिछाने, सीता सपकोटा, प्रयाश बास्तोला