एचडीएनपीले घरबारबिहिनहरुलाई ब्ल्यांकेट दियो

डालस, टेक्सास । एचडीएनपी इन्टरनेसनलले घरबारबिहिनहरुलाई ब्ल्यांकेट वितरण कार्यक्रम सम्पन्न गरेको छ । क्रिश्मसको समय पारेर जाडोमा कठ्याङ्ग्रिन बाध्य उनीहरुलाई न्यानो ब्ल्यांकेट वितरण गरिएको हो । बिभिन्न व्यक्ति, संस्थाहरुबाट संकलित ५२३ वटा ब्ल्यांकेट वितरण गरिएको संस्थाका अध्यक्ष देवी आचार्यले जानकारी दिनु भएको छ ।


एचडीएनपी डालस फोर्ट वर्थ क्षेत्रमा सक्रिय सामाजिक संस्था हो । यसले लामो समय देखि घरबारबिहिनहरुलाई खाना खुवाउने कार्यक्रम, रक्तदान कार्यक्रम र ब्ल्यांकेट बितरण कार्य गर्दै आएको छ । यसपटक पनि क्रिश्मसमा उपहार स्वरुप उनीहरुलाई ब्ल्यांकेट वितरण गरियो । ब्ल्यांकेट संकलन गर्न यसपटक नयाँ तरिका अपनाइएको थियो । नयाँ पुस्तामा समाजको लागि केहि दिनु पर्छ भन्ने भावना जगाउंदै सामाजिक कार्यमा सक्रिय बनाउन ६ जना युवाहरुलाई संयोजक बनाएर ब्ल्यांकेट संकलन शुरु गरिएको थियो ।


भर्खरका कलिला ती संयोजकहरुले सक्रियातापुर्बक काम गरे । स्कुल, घर र छिमेकमा आफुले गर्न लागेको कामको प्रचार गरे । साथीभाईहरुलाई सहयोग गर्न प्रेरित गरे । सबैजना मिलेर करिव तेइस सय डलर रकम पनि संकलन गरे । त्यसबाट ब्ल्यांकेट किने र घरबारबिहिनहरुलाई वितरण गर्न सहायोग गरे । मुख्य संयोजक श्रियम जोशीले आफु यो कार्यबाट उत्साहित बनेको बताइन अन्य संयोजकहरुले पनि केहि नभएकाहरुलाई केहि दिन पाउँदा खुसि लागेको कुरा व्यक्त गरे ।


ब्ल्यांकेट वितरण साढे दस बजे शुरु भएको थियो । ब्ल्यांकेट लिन फोर्ट वर्थ वरपरका सडक पेटीमा सुत्ने घरबारबिहिनहरु लाइन लागेका थिए भने यो कामलाई सफल तुल्याउन थुप्रै स्वयंसेवकहरुको उपस्थिति थियो ।

 

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

युलेस टेक्सासमा दशैं तिहार मैत्रीपूर्ण भलिबल सम्पन्न

डालसमा अक्टोबर १८ शुक्रबार रिदम नाइट हुँदै

दशैंको सांस्कृतिक महत्व र वर्तमानमा यसको सान्दर्भिकता

मोमो फेस्टिबल २०२४ नोभेम्बर २ मा भव्य रुपमा हुँदै

चाम्स निर्देशित ‘अञ्जिला’का लागि गीतकार अधिकारीले लेखे शब्द




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907