दिबंगत युबाहरु हिकारू गौतम र त्रिशरण खत्रीको ४५औ पुण्य तिथिको अबसरमा रक्तदान सम्पन्न

डालस, टेक्सास। तालमा डुबेर सहादत प्राप्त गरेका युबाद्वय हिकारू गौतम र त्रिशरण खत्रीको ४५औ पुण्य तिथिको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। केलर सिटिस्थित कार्टर ब्लड केयरको कार्यालमा भएको उक्त रक्तदान कार्यक्रममा ४२ जना उपस्थित भएका थिए भने २७ जनाले रक्तदान गरेका थिए। ब्लड डोनर्स अफ अमेरिका र डालस गुर्खाज फुटबल क्लबको आयोजना र दिबंगत युबाहरुको परिवारको सक्रियतामा उक्त रक्तदान कार्यक्रम सम्पन्न भएको छ।


ब्लड डोनर्स अफ अमेरिका टेक्सास च्याप्टरका अध्यक्ष शिव काफ्ले र डालस गुर्खाज फुटबल क्लबका अध्यक्ष बिनोद बिष्टले रक्तदान सम्पन्न गर्न सहयोग गर्ने स्वयंसेवक, रक्तदाता एबम सम्बद्ध परिवारलाई हार्दिक धन्यवाद व्यक्त गर्नु भएको थियो। बिडिए अध्यक्ष काफ्लेले रक्तदान जस्तो जीवनदान दिने काममा नेपाली समुदायको बढ्दो सहभागिताले आफ्नो कर्मभूमिको ऋण तिर्न सहयोग मिलेको उल्लेख गर्नु भयो। कोभिड-१९ को कारण रगतको माग झन् बढेको सन्दर्भमा आयोजना गरिएको उक्त रक्तदान कार्यक्रममा बिडीएका अध्यक्ष डाक्टर नन्द रेग्मी लगायत समाजका अन्य अगुवाहरुको पनि उपस्थिति रहेको थियो।


दिबंगत युवा हिकारू गौतमका बुवा सुमोद गौतम र आमा सरिता चौलागाईं गौतमको उपस्थितिमा उक्त रक्तदान कार्यक्रम सम्पन्न भएको थियो। ठुलो पिडामा रहेर पनि यस्तो कार्यक्रमले मृत आत्माले शान्ति पाउने बिश्वासका साथ गौतम परिवार उपस्थित हुनुको साथै आफ्ना छोराको नाममा यस्तो पुण्यको काम भएकोमा सन्तोष एबम आयोजक र रक्तदाता प्रति आभार व्यक्त गर्नु भएको थियो।

रक्तदान कार्यक्रममा सामुहिक तस्विर लिंदै ( बिडीए अध्यक्ष नन्द रेग्मी( दायाँ तर्फबाट पहिलो), बिडीए टेक्सास च्याप्टर अध्यक्ष शिव काफ्ले (निलो ज्याकेट) लगायत सहभागीहरु

 

रक्तदाता डोलेन्द्र पौडेल

रक्तदाता मनिस रिजाल

रक्तदान गर्दै म (लेखनाथ गौतम)

 

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज

एआइ इन्फ़्लुएन्सरको बिगबिगी र कन्टेन्ट बनाउनेहरुमाथिको चुनौती

ट्रंपका वकिल र चिफ अफ स्टाफमाथि एरिजोनमा अभियोग

अमेरिकामा टिकटक प्रतिबन्ध हुने लाइनमा अग्रसर




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907