तालमा डुबेर मृत्यु भएका नेपाली युवाको अन्तिम संस्कार भोलि जुलाई १४ मा हुने

डालस, टेक्सास। तालमा डुबेर मृत्यु भएका डालस नजिकै रहेको शहर केलर निवासी एक  नेपाली युवाको दाहसंस्कार भोलि अर्थात् जुलाई १४ गते हुने भएको छ। परिबारका अनुसार डालसमा रहेको वेस्ट च्यापेल संस्कार गृहमा मंगलबार बिहान ९ बजे अन्तिम श्रद्धान्जली अर्पण गरिनेछ। त्यसपछि साढे दस बजे अन्तिम संस्कार सम्पन्न गरिनेछ।
कोरोनाको संक्रमणका कारण दाहसंस्कार गृहमा उपस्थित हुन पाउनेहरुको संख्या निकै न्युन छ। त्यसैले परिवारसंग सम्पर्क गरेर मात्र उपस्थित हुन, उपस्थित हुँदा सामाजिक दुरी कायम राख्न, मास्क र अन्य सुरक्षाका उपायहरु अपनाउन पनि अनुरोध गरिएको छ। सो स्थलमा उपस्थित हुन नसक्ने वा चाहेर पनि जान नसक्नेहरुले श्रद्धान्जली वा समबेदना ब्यक्त गर्न निवासमै  प्रबन्ध मिलाइएको छ।


यो विपदको घडीमा समबेदना व्यक्त गर्ने, सहयोगको बाचा गर्ने सम्पूर्ण इस्टमित्रहरुलाइ धन्यवाद व्यक्त गरिएको छ भने यसलाई अतिरन्जित नगर्न र पिडित परिवारको समबेदनाको ख्याल गरी परिचय सहित कुनै सामग्री सम्प्रेषण नगर्न समेत अनुरोध गरिएको छ। यो शोकको घडीमा युएसएण्ड नेपाल डट कम परिवार शोकसन्तप्त परिवार प्रति हार्दिक समबेदना तथा मृतकको आत्माको चीर शान्तिको कामना गर्दछ।

 

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907