एनआरएन अमेरिकाको सदस्यता निर्माण सकियो तर सदस्यता निर्माण प्रक्रियामा भएका चलखेलको कथा सकिएको छैन। आफ्नो पक्षमा केहि गलत हुँदा जुँगा मुसारेर जाँड खाएर बस्ने तर अरुको पक्षमा प्रक्रिया दुरुपयोग गरिंदा धोती खोलेर बिरोधमा सडकमा उत्रिने दोहोरो चरित्रधारी अगुवाहरु जुन संगठनका नेता हुन्छन, त्यहाँ गतिलो अपेक्षा गर्न सक्ने कुरै भएन। त्यसैले यहाँ लफ़डै लफडा छ। सदस्यता […]
डालस, टेक्सास, अप्रिल २६ । युनाइटेड नेपालीज एसोसिएसन आफ्नो दोश्रो अधिबेशन डालसमा गर्दैछ । त्यसको लागि बिभिन्न चरणमा कामहरु भैरहेका छन् । यसै क्रममा १५ बर्ष माथिका बालबालिकाहरुको लागि समर्पित एउटा अत्यन्त महत्वपूर्ण कार्यक्रम “युएनए ट्यालेन्ट हन्ट” भनिएको प्रतिभा प्रदर्शन गर्ने कार्यक्रमको तालिका प्रकाशित गरिएको छ । यो कार्यक्रममा भाग लिन चाहने वा यसमा आफ्नो […]
अमेरिकामा २०१६ मा स्थापित नेपाली युबाहरुको लागि लक्षित एक मात्र संगठन युएनए का अध्यक्ष पासांग लामाले एक बिज्ञप्ति मार्फत सबैलाई सहयोगको लागि अपिल गर्नु भएको छ । आगामी मे महिनाको २६ देखि २८ सम्म डालसमा हुन लागेको उक्त सम्मेलनले नेपाली युबाहरुलाई एक कदम अगाडी बढाउने विश्वास राखिएको छ । लामा द्वारा प्रकाशित बिज्ञप्ति जस्ताको तस्तै: […]
अप्रिल २३, डालस, टेक्सास। अर्भिंग स्थित रमाइलो रेस्टुरेन्ट। झिलिमिली बत्ति, उज्याला र हँसिला मानिसहरु, उत्प्रेरक बक्ताहरु। आफु बाँचेको समाजलाई केहि दिनु पर्छ भन्नेहरुको सानो समूह को बिचमा भर्खरका कल्कलाउँदा बालिकाहरु। मानिस भन्छन केहि गर्न केहि हुनु पर्छ, तर केहि नभए पनि दिन सकिन्छ भन्ने संदेश दिने यो कार्यक्रमको मुख्य उद्देस्य। “नेपालको लागि साँझ” अर्थात् Night […]
अप्रिल १५, डालस, टेक्सास। नेपालीहरुको नयाँ बर्ष २०७४ युलेस स्थित बियर क्रिक पार्कमा सम्पन्न भएको छ। नेपाली समाज टेक्सासको आयोजनामा भएको कार्यक्रममा डालस वरपरका सयौं नेपालीहरुको सहभागिता थियो। नयाँ बर्ष कार्यक्रममा बिभिन्न खाले कार्यक्रमहरु भए। बिहान सबेरै देखि साना साना नानीबाबुहरुका खेलहरु सम्पन्न भए। नेपाली समाज टेक्सासद्वारा संचालित नेपाली पाठशालाका बिद्यार्थीहरुले बिभिन्न खाले खेलकुदमा भाग […]
अप्रिल १४, लवक। टेक्सास राज्यको लवकमा रहेका नेपालीहरूको प्रतिनिधिमुलक संस्था लवक नेपाली समाजमा सुरेन्द्र गौतमको नेतृतमा नयॉ कार्यसमिति चयन भएको छ । समाजका अगुवा प्राध्यापक डाक्टर मेघनाथ पराजुली र शर्मिला पराजुलीको निवासमा भर्खरै सम्पन्न दोस्रो अधिवेशनले निवर्तमान उपाध्यक्ष समेत रहेका गौतमको नेतृत्वमा नयॉ कार्यसमिति चयन गरेको हो । प्रा डा पराजुलीको अध्यक्षतामा सम्पन्न अधिवेशनबाट सर्वसम्मतरूपमा […]
लामो समयदेखी क्यानडामा वस्दै आएका समाजसेवी मित्र काफ्लेले काठमाण्डौंको सतुगंलमा वन्न लागेको विन्धवासिनी मन्दिर तथा पहिलो आध्यात्मिक बिस्सो बिद्यालय का लागी भुमिदान गरेका छन् । उनले मन्दिर निर्माणका लागी राखियको सन्कल्प अनुसारको भुमी दान गरेका हुन । केही समय अघि क्यानडा भर्मण् मा गएका आध्यात्मीक विश्वविद्यालयका अभियान-कर्ता ” नेपाली बबा ” जगताचार्यले काफ्लेसँग राखेको प्रस्तावलाई […]
अप्रिल १३, डालस, टेक्सास । युनाइटेड नेपालीज एसोसिएसनको दोश्रो बार्षिक सम्मेलन आउन करिब ६ हप्ता बाँकी छ । सम्मेलनको दिन नजिकिंदै जाँदा त्यसको लागि आबस्यक तयारी पनि तिब्र गतिमा भैरहेको छ । बिभिन्न खाले कार्यक्रमहरुका समय तालिका प्रकाशित भैसकेका छन् । हरेक दिन डिजे हुँदैछ जसमा डिजे प्रशान्त र डिजे ममले सहभागी दर्शकहरुलाई भरपुर मनोरंजन […]
अप्रिल ११, डालस, टेक्सास। मे महिनाको अन्तिम साता अर्थात् मेमोरियल विकेन्ड (मे २६-२८) मा डालस मा हुन लागेको युनाइटेड नेपालीज एसोसिएसनको दोश्रो साधारण सभामा प्रस्तुत हुने विभिन्न कार्यक्रमहरु मध्ये फेसन शो पनि एक महत्वपूर्ण कार्यक्रम हो। सोहि फेसन शो मा मिस नेपाल अर्थ/इन्टरनेसनल (२०१४)सोनी राजभण्डारी आफ्नो विद्वता, सुन्दरता र क्षमता प्रदर्शन गर्न र फेसन शोमा […]
डालस, अप्रिल ९। युनाइटेड नेपालिज एसोसिएसनको डालसमा हुने दोश्रो सम्मेलनको तिथि नजिक आउंदै गर्दा यसको तयारी तिब्र रुपमा चलिरहेको छ। सम्मेलन भनिए पनि यसको मुख्य उद्देश्य नेपाली युबाहरुलाई अमेरिकी मुलधारमा स्थापित गर्न सहयोग गर्नु हो। मुलधारमा स्थापित गर्न के के कुराहरु आबस्यक छन् भन्ने कुराको पहिचान गर्नु सबभन्दा पहिलो खुड्किलो हो। युनाइटेड नेपालिज एसोसियसन दोश्रो […]