अमेरिकामा रहेका पत्रकारहरुको साझा संगठन नेजाले एनआरएन अमेरिकाको चुनावमा उम्मेदवारहरु बीच बहस संचालन गर्ने भएको छ । नेपाल अमेरिका पत्रकार संगका केन्द्रिय सदस्य तथा बहस आयोजक समितिका संयोजक बाल जोशीद्वारा प्रकाशित बिज्ञप्ति अनुसार उक्त बहसहरु डालस, डिसी मेट्रो क्षेत्र, न्यु योर्क र सानफ्रान्सिस्को शहरमा आयोजना गरिनेछन । त्यसमध्ये पहिलो बहस डालसबाट अप्रिल ८ गते शनिबार […]
डालस, मार्च १९, आइतबार । डालस एभरेस्ट लायन्स क्लबले हिजो शनिबार एक बक्तृत्वकला प्रतियोगिता सफलतापुर्बक सम्पन्न गरेको छ। ७ जना प्रतियोगी रहेको उक्त बक्तृत्वकला प्रतियोगिताको शिर्षक “डाक्टरले लेखेको औषधिको दुरुपयोग” भन्ने थियो। झट्ट सुन्दा यस्तो पनि हुन्छ र भन्ने लागे पनि प्रतियोगी युवाहरुले तथ्यांकद्वारा यो एउटा बिकराल समस्या रहेछ भन्ने स्पस्ट संदेश दिन सफल भएका […]
डालस, टेक्सास, मार्च १७, शुक्रबार। नेपाली उद्यमी ब्यबसायिहरु मिलेर डालसमा स्थापना गरिएको यति च्याप्म्बर्स अफ कमर्सको दोश्रो बार्षिक साधारण सभा आज सम्पन्न भएको छ। बेडफोर्ड स्थित माछापुछ्रे रेस्टुरेण्टमा भएको उक्त साधारण सभामा च्याम्बर्सका पदाधिकारी एबम सदस्यहरुको राम्रो उपस्थिति थियो। साधारण सभा भनेपनि सभा, सभापति, मंच, माला र भाषणको यातना यसपालिको च्याम्बर्सको कार्यक्रममा कसैले पनिभोग्नु परेन। […]
सम्पूर्ण गैर आवासिय नेपाली आमाबुवा दाजुभाइ दिदीबहिनीहरु membar drive को क्रममा विभिन्न किसिमका टिका टिप्पणी सुन्नमा आएकोले हामीसंपूर्ण च्याप्टर को ध्यानाकर्षण भएको छ l यन आर यन यन सी सी अमेरिका को केन्द्रिय समिती वाट membership verification मा च्याप्टर लाइ संलग्न गराउने निर्णय सुन्नमा आएकोले हामि सम्पूर्ण च्याप्टरहरु उक्त निर्णय को स्वागत गर्दै सत्यतत्थताको […]
आइतबार मार्च १२, युलेस, टेक्सास। नेपालीहरुको रमाइलो पर्ब अमेरिकाको डालस नजिकैको युलेस सिटिमा आज भब्य रुपमा मनाइयो। युलेस स्थित एउटा सानो एरियामा करिब ७० घर नेपालीहरु बस्छन। उक्त समुदायको आफ्नै सानो पार्क छ। त्यसमा बर्षेनी त्यहाँका नेपालीहरुले होलीको अबसरमा कार्यक्रम आयोजना गर्दै आएका छन र यसपाली पनि होली आयोजना आज गरेका थिए। सक्रिय नेपालीहरु रहेको […]
डालस, मार्च १० । अघिल्लो बर्ष अर्थात् २०१६ मा नेपालीहरुको एउटा संस्था जन्म्यो अमेरिकामा युनाइटेड नेपाली संघ अर्थात् युएनए। थुप्रै संस्थाहरुको बिचमा फेरी अर्को संस्था जन्मिदा त्यति ठुलो कुरा नभए पनि युएनएले भने अलि ठुलै ज्वारभाटा नेपाली समुदायमा ल्याउन सफल भयो। युबाहरुलाइ सहभागी गराउने र युबाहरुबाटै कार्यक्रम संचालन गर्ने फरक शैली युएनएले अपनायो। लस एञ्जलसमा […]
अहिले अमेरिकामा एनआरएन अमेरिकाको निकै चर्चा छ । सदस्य बन्ने र बनाउने होडबाजी छ । बिभिन्न खाले प्रवृतिका मान्छेहरु मैदानमा उत्रिएका छन् । अघिल्लो चुनाब जितेर पनि राम्रो नतिजा दिन नसकेका देखि पराजित हुँदा पराजय स्वीकार गर्न गाह्रो मान्नेहरु मैदानमा खुलेर उत्रिएका छन् । यहि तरंग र तरलताबीच डालस क्षेत्रमा लामो समय सामाजिक सेवामा सक्रिय […]
मार्च ९, डालस । स्वयंसेवा, दान र संलग्नता भन्ने तीन मूल मन्त्रका साथ स्थापना भएको बिशुद्द समाजसेवी संस्था अनकन (UNCON )ले आफ्नो स्थापनाको दिवस यहि आउँदो शनिबार अर्थात् मार्च ११ मा बिभिन्न कार्यक्रमहरु गरी भब्य रुपमा मनाउने भएको छ । संस्था द्वारा प्रकाशित सूचना अनुसार उक्त कार्यक्रम प्लेनो स्थित ओक पोइन्ट पार्कमा सम्पन्न हुनेछ । […]
डालस, मार्च ५, आइतबार। नेपालका चाडबाड र संस्कृतिको संरक्षण र सम्बर्धन गर्ने एबम नेपाली नेपाली बीच प्रबासमा भाइचारा कायम गर्ने उद्देस्यले २००९ मा गठित इन्द्रेणी सांस्कृतिक संघले आज यहाँ भब्य रुपमा होली सम्पन्न गरेको छ। वास्तविक होलीको तिथि आउन एक हप्ता बाँकी रहे पनि बिभिन्न प्राबिधिक समस्या र अन्य संस्थाहरुसंगका समन्वय गर्नु पर्ने बाध्यताका कारण […]
डालस, मार्च ४, शनिबार। स्वास प्रस्वास र रगत हामी जीवित रहनको लागि आबस्यक पर्ने सबभन्दा महत्वपूर्ण तत्वहरु हुन्। स्वास प्रस्वासमा हाम्रो कुनै नियन्त्रण छैन। रगतमा भने हाम्रो अलिकति नियन्त्रण छ। रगतको अभाव भएका मान्छेहरुलाई अर्को मान्छेको रगत दिन सकिन्छ। त्यसबाट उक्त मान्छेको ज्यान बच्छ। यसलाई रक्तदान भनिन्छ। अहिले संसारमा हरेक दिन करोडौं युनिट रगतको आबस्यकता […]