अमेरिकामा हुने बन्दुक काण्डहरु र संविधानको दोश्रो संसोधनको औचित्य

फेब्रुअरी १४, २०१८ फ्लोरिडाको स्थानीय समय अनुसार करिब साढे दुइ बजे दिउसो पार्कल्याण्ड सिटीस्थित स्टोनम्यान डग्लस हाइ स्कूलमा गोली चलन शुरु गर्यो। आगलागीको संकेत गर्ने अलार्म बजे पछि बिद्यार्थी र शिक्षकहरु बाहिर निस्किन खोजे। १९ बर्षीय सोहि स्कूलमा पढ्ने तर समस्याको कारक बनेपछि स्कुलबाट निष्काशन गरिएको निकोलस क्रुजले एआर-१५ नामक अत्यन्त शक्तिशाली हतियारबाट गोलीको वर्षा गरिरहेको थियो ती कलिला बिद्यार्थीहरु माथि।
गोली सक्किए पछि भाग्दै गरेका बिद्यार्थीहरुको हुलमा मिस्सिएर त्यो स्कुलबाट सकुसल बाहिर निस्कियो। त्यहाँबाट म्याक डोनाल्डमा पसेर केहि खानेकुरा किन्यो र वालमार्टमा समान किन्न गयो। त्यत्रो नरसंहार मच्चाएको त्यो मानिस त्यति सामान्य गतिबिधि गर्दै थियो, मानौं उसलाई केहि भएकै छैन। यता स्कुलमा शिक्षक र बिद्यार्थीहरु गरी उसको स्वचालित बन्दुकले १७ जनाको हत्या गरिसकेको थियो भने धेरै घाइते अस्पतालमा छटपटाइ रहेका थिए।
यो घटना पछि फ्लोरिडा र पुरै अमेरिका स्तब्ध छ। शोक मन्तब्य र बिज्ञप्तिको ओइरो लागेको छ। यो लहर पहिले पहिले पनि चलेको थियो। स्याण्डी हुक प्राथमिक बिद्यालयमा भएको यस्तै जघन्य हत्याकाण्डमा २० जना ससाना बालबालिका र ६ जना शिक्षकहरुको कत्लेआम गरेपछि शुरु भएको शोक मन्तब्य दिने र भगवानसंग पिडितहरुको नाममा प्रार्थना गर्ने क्रम अहिले पनि जारी छ।
अमेरिकाको इतिहास बन्दुकद्वारा हत्या गरिएका मानिसहरुको रगतले भरिएको छ। अमेरिकाको रोग नियन्त्रण तथा निवारण विभागको तथ्यांक अनुसार सन् १९६८ देखि यता बन्दुकको प्रयोगबाट पन्ध्र लाख भन्दा बढी अमेरिकीहरु मारिएका छन्। तथ्यांक हेर्दा हरेक दिन ९६ जना अमेरिकीहरु बन्दुकको शिकार हुने गर्छन। वास्तबमा भन्ने हो भने अमेरिकामा बन्दुकले एक दुइ जना मारिंदा समाचार बन्दैन। दर्जनौ व्यक्ति एकै ठाउँमा मारिए पछि बल्ल त्यो समाचार बन्छ। बिशेष गरी स्कुलमा गरिएका यस्ता हत्याकाण्डहरु संबेदनसिल तरिकाले हेर्ने गरिन्छ।

(Photo by Joe Raedle/Getty Images)

स्कुलहरुको कुरा गर्दा बीसौं शताब्दिमा पनि धेरै साना ठुला हत्याकाण्डहरु भएका थिए । तर एक्काइसौँ शताब्दिको शुरुमा २००७ मा भर्जिनिया राज्यको भर्जिनिया टेक बिस्व बिद्यालयमा भएको हत्याकाण्डमा ३३ जना मारिए पछि यसको लामो शृंखला शुरु भयो। त्यसपछि पनि विभिन्न स्कुल कलेजहरुमा हत्याकाण्डहरु भए तर २०१२ मा कनेक्टिकट राज्यको न्यु टाउन सिटी स्थित स्याण्डी हुक प्रार्थमिक बिद्यालयमा २६ जनाको हत्याले बढी चर्चा पायो। अमेरिकी संबिधानमा दोश्रो संसोधन मार्फत हतियार बोक्ने स्वतन्त्रता प्रदान गरे पछि र बन्दुकद्वारा गरिएका थुप्रै हत्याहरुमा चुपचाप अमेरिकी समाजमा बिस्तारै बन्दुक बिरोधी भावना बढ्न थाल्यो।

स्टोनवाल डग्लस स्कुल घटनाका मृतकहरु

लेखनाथ गौतम

गतबर्ष अक्टोबरको पहिलो दिन लस भेगासमा करिव ६० जनाको हत्या हुने गरी गोलीकाण्ड भयो । ठुलो सांगीतिक कार्यक्रममा भएको उक्त हत्याकाण्डले पनि अमेरिकी समाजलाई बन्दुकले मान्छे आफै मार्दैन भन्ने मान्यतामा परिबर्तन ल्याउन थाल्यो। बिशेष गरी हतियार आफ्नो सुरक्षाको लागी हो भने सेना वा सुरक्षाकर्मीहरुले बोक्ने जस्तो अत्यन्त शक्तिशाली हतियार किन चाहियो भन्ने प्रश्न कुनै पनि बन्दुकका पक्षधरहरुले समेत उत्तर दिन नसक्ने गरी सबैका सामु तेर्सिएको छ।
अमेरिकामा धेरै ठुला कम्पनीहरु छन् र तिनीहरु धेरै शक्तिशाली छन्। बिशेष गरी उनीहरुले राजनीतिज्ञहरुलाई प्रभावमा पारेर आफ्नो स्वार्थ अनुकुलका नीति नियम बनाउने वा परिबर्तन गर्ने गर्छन। २०१० मा सिटिजन्स युनाइटेड भनिने कानुनद्वारा निर्बाचनमा व्यक्ति वा कम्पनीहरुले निर्बाचनमा उम्मेदवारहरुलाई दिने चन्दामा सिमा तोक्ने प्राबधान हटाइए पछि निर्बाचनमा ठुला कम्पनी र धनाढ्यहरुको जबर्जस्त प्रभाव बढ्दै गएको छ। निर्बाचनमा हुने खर्च र त्यसको पूर्तिको लागी ठुला कम्पनी र धनीहरुसंग भर पर्नु पर्ने बाध्यताले आम जनताका मुद्धाहरुमा राजनीतिज्ञहरु उदासिन हुने गरेका छन्। यसरी चन्दा द्वारा राजनीतिक पार्टी र नेताहरुलाई प्रभावमा पार्ने काममा अमेरिकाका बन्दुक मालिकहरुको संगठन नेसनल राइफल एसोसिएसन (एनआरए) अग्र पंक्तिमा मानिन्छ। संविधानको दोश्रो संसोधनको हवाला दिंदै आमहत्या गर्न मिल्ने हतियारको बिक्रिमा सक्रिय एनआरएले रिपब्लिकन पार्टी र कतिपय डेमोक्र्याट पार्टीका नेताहरुलाई पनि प्रभावमा पारेर बन्दुकको बिक्रिमा केहि कडाइ गर्ने कुरा छलफलमा ल्याउन समेत नदिने गर्छ। वर्तमान रास्ट्रपति डोनाल्ड ट्रंपको निर्बाचन अभियानको क्रममा एनआरएले करिब २ करोड दस लाख भन्दा बढी आर्थिक सहयोग गरेको थियो।

अहिले फ्लोरिडाको यो घटना पनि केहि दिन पछि सेलाउने र बन्दुकको नियमन माथिको छलफल सुस्ताउने आम अमेरिकीहरुको डर देखिन्छ। तर फ्लोरिडाको उक्त स्कुलका बिद्यार्थीहरुको आवाज र त्यसमाथिको प्रतिक्रिया हेर्दा यसपटक केहि न केहि गर्न राजनीतिक पार्टीलाइ दबाव पर्न सक्ने देखिएको छ। स्कुल, चर्च, मन्दिर, मल वा त्यस्तै सार्बजनिक ठाउंहरुमा जान डराउनु पर्ने अवस्था कति दिन रहन्छ भन्ने कुरामा पनि यिनै राजनीतिक पार्टी र यिनका नेताहरु एनआरए संग कति दिन लम्पसार पर्छन भन्नेमा नै अहिलेको लागी निर्भर छ।

सम्बन्धित समाचार

टिका पौडेलको सहयोगमा एनएसटीले कार्यक्रम आयोजना गर्ने

डालस, टेक्सास। युलेस सिटिको सिटि काउन्सिल पदका उम्मेदवार टिका पौडेलको चुनावी अभियानलाइ सघाउन नेपाली समाज टेक्सासले मार्च २१ आइतबार एक…

एनआरएनमा सहि मान्छे पहिल्याउने समय यहि हो, ढिला गरे पछुताउनु पर्छ

एनआरएन अमेरिकाको २०२१-२३ निर्बाचन संघारमा छ। सदस्य बनाउने अभियान सकिएको छ। यतिबेला सामाजिक संजालमा उम्मेद्वारीको लर्को लागेको छ। कोहि केहि…

बृहद डालस एसियन समुदायमा नेपालको पहिचान प्रस्तुत

बृहद डालस एसियन अमेरिकन च्याम्बर्स अफ कमर्सले आफ्नो बार्षिक एसियन फेस्टिवल सम्पन्न सम्पन्न गरेको छ । एसियन फेस्टिवलमा एसियामा अवस्थित…

एचडीएनपीको “चन्दा संकलन रात्रिभोज” डिसेम्बर १ मा हुने

डालस, टेक्सास। बिगत लामो समय देखि अमेरिकाको डालसमा सक्रिय “अति आबस्यकहरुको लागि सहयोग” अर्थात् एचडीएनपीले आगामी डिसेम्बर १ तारिकमा एक…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

युलेस टेक्सासमा दशैं तिहार मैत्रीपूर्ण भलिबल सम्पन्न

डालसमा अक्टोबर १८ शुक्रबार रिदम नाइट हुँदै

दशैंको सांस्कृतिक महत्व र वर्तमानमा यसको सान्दर्भिकता

मोमो फेस्टिबल २०२४ नोभेम्बर २ मा भव्य रुपमा हुँदै

चाम्स निर्देशित ‘अञ्जिला’का लागि गीतकार अधिकारीले लेखे शब्द




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907